वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको लागि काठमाडौबाट ढुवानी गरिने (स्क्रेप) कवाडी करको नाममा राजमार्ग मै जबरजस्ती रकम असुल्ने गरिएको छ।
कोइलाभार विन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउँका स्थानीय त्रासमा छन्। बाघले गत सातामात्र टाँगिया बस्तीको एकै घरका दशवटा बाख्रा मारेको थियो।
लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।
नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्र कुटेर घाइते बनाउने कार्यमा संलग्न प्रहरीलाई निलम्बनको माग गर्दै छैटौं दिन सोमबार पनि कलैयामा सर्वपक्षीय दलका नेता–का...