अवैध बन्दुक र जगंली जनावरको अंग सहित प्रहरीले नियन्त्रणमा लिएका एक युवकलाई स्थानीयले मंगलबार भगाएका छन्।
प्रहरी माथि आक्रमण गरेर जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका स्थानीयले सोही वडाका सागर लामालाई भगाएका हुन्।
प्रहरीको नियन्त्रणबाट लामालाई छुटाउने क्रममा स्थानीयहरूले गरेको आक्रमणबाट ज्यान जोगाउन प्रहरीले ५ राउन्ड हवाई फायर गर्नु परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
स्थानीयको समूहले प्रहरी माथि गरेको ढुंगा प्रहारबाट प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीको बायाँ हात र प्रहरी सहायक निरीक्षक बालराज गिरीको बायाँ कुममा चोट लागेर सामान्य घाइते भएको उपरीक्षक बोगटीले सुनाए।
उनका अनुसार इलाका प्रहरी कार्यालय निजगढका इन्चार्ज प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले लामालाई नियन्त्रणमा लिएर आउँदै गर्दा दुई तीन सयको संख्यामा रहेका स्थानीयले प्रहरी माथि आक्रमण गर्दै आरोपित सिकारी लामालाई छुटाएका थिए।
टाँगिया बस्तीमा अपरिचित व्यक्ति हतियार सहित प्रवेश गरेर लामाको घरमा बसेको स्थानीयको सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का वडा सदस्य प्रेम बहादुर गोलेको रोहबरमा लामाको घर खानतलासी गर्दा ‘लोडेड’ भरुवा बन्दुक, बारुद १ पाउ, भरुवा छर्रा २ डब्बा, जंगली जनावरको दाँत २, खुट्टाको नाङग्रा ३ र जुंगा १३ थान बरामद पछि सागरलाई नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय निजगढका इन्चार्ज प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए।
गाडीमा राखेर टाँगियाबस्तीबाट निजगढ इलाका प्रहरी कार्यालय तर्फ ल्याउँदै गर्दा स्थानीयहरूले जंगलकै बिच बाटोमा आक्रमण गरेर लामालाई आफूबाट छुटाएर लगेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। लामाको घरबाट बरामद गरिएको जनावरका ती अङ्गहरू बाघको रहेको आशङ्का गरिएको छ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको जंगलमा पर्ने त्यस क्षेत्रमा सिकारीले जंगली जनावरको सिकार गर्दै आएका छन् भने पटक/पटक त्यस क्षेत्रमा मरेका जंगली जनावरहरु फेला पर्दै आएका छन्।