पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।
इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन्। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।
इलाममा एक सय १० वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्।
सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरामा पाइला टेकेकी छिन्। सम्भवतः उनी सगरमाथा शिखरमा पाइला टेक्ने इलामको पहिलो महिलासमेत बनेकी छिन्।
इलामको रोङ गाउँपालिकाका केही मतदान केन्द्रमा दलहरूले मतदाताका लागि भोजभतेर गरिरहेका छन्। निर्वाचन चलिरहेका बेला मतदाता प्रभावित गर्न भोजभतेर गराइएको छ।