इलाममा करिब ६९ प्रतिशत मत खसेको छ। १ लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।
उनले दिएको मतदानको अन्तिम विवरणअनुसार ७९ हजार ८ सय ४ पुरुष र ७५ हजार १ सय ५१ महिलाले मतदान गरेका छन्। जिल्लामा कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ। जिल्लाका २ सय ८५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले जनाए।
पालिकाका केन्द्रहरूमा मतपेटिका ल्याउनेक्रम जारी छ। इलाम नगरपालिकामा भरे राति ११ बजे मतगणना सुरु हुँदैछ। अन्य पालिकामा पनि आजै गणना सुरु हुने सिडिओ ढुंगानाले जानकारी दिए।