पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन। गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ।
नेपालकै पुरानो कारखाना रहेको इलाम चिया उद्योगको उचित संरक्षण र प्रचार हुन सकेको छैन। देशकै ऐतिहासिक र पुरातात्विक सम्पदा रहेको यो उद्योगको इतिहाससमेत नामेट हुँदा संरक्षणमा चिन्ता थपिएको छ।
सहकारी कार्यालयमा बुधबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठले प्रेमप्रसादकी पत्नी नानुका अधिकारीलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।
माइजोगमाई गाउँपालिकाको पर्यटकीयस्थल थुम्केरानीमा आयोजना गरिएको महोत्सव १४ हजारभन्दा बढीले अवलोकन गरेका छन्। महोत्सवमा सहभागी हुन पूर्वी जिल्लासहित भारतीय पर्यटकसमेत आइपुगेका छन्।
देशका विभिन्न जिल्लामा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले इलामले विभिन्न जिल्लामा यसको अध्ययन गर्ने भएको हो।