पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवार वियजी भएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिनस्वीप’ गरेको गाउँपालिकामा एमाले विजयी भएको हो।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पाको पूर्वखोला गाउँपालिका एमालेले क्लिन स्वीप गरेको छ। छ वडा रहेको पूर्वखोलाका सबै सदस्य एमालेले क्लिन स्वीप गरेको हो।
रम्भा गाउँपालिका ५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाइ रोक्ने क्रममा झडप भएको हो।
मतगणनाका क्रममा ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपमा नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए।
पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्।
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको ५औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ। रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेविछहरा गाउँपालिका–६ धारापानी भन्ने स्थानमा शुक्रबार बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो।