यातायात व्यवस्था विभागले सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गरेपछिको विवाद अहिलेसम्म थामिनसक्नु छ। त्यही विवादको सिलसिलामा चिन्ताको रूपमा उठेको महत्त्वपूर्ण विषय हो–अंग्रेजी भाषाको प्रयोग।
धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘मैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।
वार्ताको टोलीमा संलग्न अभिषेक घिमिरेले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई बाँसको राजधानी तोक्ने विषयमा बेवास्ता गरेकाे तथा ‘हुनेछ, गर्नेछ’ जस्ता अमूर्त कुरामा अलमलाइरहेकाे बताए।
जिल्ला समन्वय समिति खोटाङ र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग गरेका छन्।
सरकारी टोलीले सात बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईसँग भेटवार्ता गरेको छ।