एक्कासि शीर उज्यालो बनाउँदै अभिषेकले भन्यो, ‘फरक यत्ति छ कि पहिले कडा देसान मेरो जीवनमा आयो । तर, अहिले विश्वका धेरै ठाउँमा कोरोना आएको छ । यो विश्वका मान्छेले थाहा पाएको नयाँ देसान हो ।’
म एकनासले हिमालका रङ हेरिरहेथेँ । आफूले हिमालमा भारी बोक्दाका कहरहरू दिमागभरि आएर भावुक भएँछु । आँखाबाट अरुण उर्लिदै थियो । छोरीले भनिन्, ‘बाबा, तपाई सधैं भावुक हुनुहुन्छ ? भावुक भएर बाँच्न कति गारो ह...
‘बाबु सारा दुनियाँलाई दुःख दिने धनी हुनुपर्दैन । सकिन्छ भने अरूको उद्धार गर्नु, नसके अरूलाई दुःखचाहिँ नदिनु । आफूलाई खान लाउन पुगोस्, त्योभन्दा बढी धन किन चाहियो । पढेर विद्वान् बन्नुपर्छ र अरूको भलो...