कमजोर पटकथाको नतिजा ‘जलाकी’
०५ मंसिर २०८३
•
४ मिनेट पाठ
कमजोर पटकथाको नतिजा ‘जलाकी’
मगर समुदायमा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकको रूपमा बनाइने ढुङ्गाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ। चलचित्र ‘जलाकी’ को कथा पनि यी नै विषयवस्तु वरपर घुमेको छ। जहाँ त्रिकोणात्मक प्रेम, माया, पर्खाइ, आस्था, सम्झनालाई नै अशोक थापा मगर चलचित्र ‘जलाकी’ मार्फत सिनेमा घरमा पस्केका छन्।




यसको प्रचार शैलीलाई देखेर धेरैलाई कथा कलेज पढिरहेको युवा युवतीहरूको मात्र होला लाग्न सक्छ, तर यहाँ विषय अलि फरक रहेको छ। कथामा देशको त्यो तीतो सत्यलाई पनि समेटिएको छ, जहाँ वर्तमान समयमा यो भाष्य नै बनिसक्यो, ‘आफ्नो आर्थिक स्थिति सुधार्नु छ भने विदेश नै जानु पर्छ यहाँ रहेर केही हुँदैन।’ विदेश पलायन त नेपालीहरूको नियतीनै बनी सक्यो। जसलाई हामीले अस्वीकार गर्न पनि मिल्दैन। युवाहरूको मनोविज्ञान तथा ‘टे«न्ड’ नै आएको छ। केही गर्नु छ, भने विदेश खाडी मुलुक भएपनि जाने तर स्वदेशमा केही गर्न सकिन्न भन्ने भाष्य राष्ट्रको लागि घाटतक बन्दै गएको छ। यही बाट नै सुरु हुन्छ, ‘जलाकी’ को कथा।

घरको आर्थिक स्थिति सुधार्न तथा छोरी लिसारा (उपासना सिंह ठकुरी) को सुन्दर भविष्यको सपना बोकेर विदेश गएकी उषा खड्की केही वर्षमा गर्भवती भएर घर फर्किछिन्। आफूले विदेशमा जुन घरमा हेरचार को काम गरिरहेकी थिइन त्यही घरधनिबाट उनी बलात्कृत हुन्छिन्। स्वदेश फर्किँदा उनको गर्भमा भएका बच्चाका कारण उनीलाई परिवारले अस्वीकार गरेपछि उनी आत्महत्या गर्न बाध्य हुन्छिन्। 

त्यसपछि सुरु हुन्छ लिसाराको कथा आमाको मृत्यु पछि उनी मामाघरमा बस्न थाल्छिन्। कथामा लिसाराको बाल्यकालदेखि युवा अवस्था तथा प्रेम जीवनलाई प्रस्तुत गरिएको छ। 

निर्देशन

मगर तथा गुरुङ समुदायको पृष्ठभूमिमा तयार रहेको ‘जलाकी’ कतिपय चलचित्र समुदायको प्रचारकै लागि बनाइएको हो। तर ‘जलाकी’ विषय भने केही हदसम्म फरक रहेको छ। समुदाय बाहिरको धेरैलाई थाह नहुन सक्छ ‘जलाकी’ को अर्थ। तर जब निर्देशनको कुरा आउँछ, उनी चुकेको कथा देखेर महसुस गर्न सकिन्छ। उदाहरणको लागि पात्रको बलियो प्रस्तुति नहुनु। कथामा हिरोलाई ‘हिरो’ कै पहिरन तथा मेकअप। जस्तै अभिनेता सोनम तोप्देन जब एक वर्षपछि बिरामी भएर स्वदेश फर्कन्छन्। न त उनको त्यस्तो अवस्था देखाइन्छ कि उनी बिरामी भएर फर्केका हुन्। चत्त परेर उनी एक्कासि राम्रो पहिरनमा लिसाराको अगाडी आइपुग्छन्। उनको अनुहार तथा हाउभाउ बिरामी जस्तो नै देखिन्न। जस कारण दर्शक उनको त्यो दुःखमा डुब्न सक्दैनन्। यो नै यसको मुख्य कमजोरीको रूपमा लिन सकिन्छ। जहाँ कथामा हिरोलाई ‘हिरो’ कै पात्रमा देखाइएको छ। कथा अनुसार उसको पहिरन तथा मेकअपमा कुनै काम नै गरिएको छैन। नपत्याए आउनुहोस् अर्को उदाहरण सुनौँ भेडा बाख्रा चराउन गएको व्यक्ति कस्तो देखिन्छन् होला ? सामान्य पहिरन तथा केही फोहोर लुगा तर यहाँ नजीमका बुवाका पात्रमा देखिएका बुद्धि तामाङको लुगाले उनी भेडा गोठालो देखिँदैनन्। अनि कहाँ बाट दर्शकले आफूलाई सिनेमामा बाँध्न सक्नु। यसको अर्को कमजोरीको रूपमा हामीले लिसाराको पात्रलाई  लिन सक्छौँ मुख्य पात्र भनेर चिनाइएको उक्त पात्र पर्दामा फितलो देखिन्छ। उनलाई  चाहिएको कुरा उनले सहजै पाइएकी हुन्छिन्। 

यसमा कथा भन्दा पनि अन्य विषयवस्तुमा बढी केन्द्रित निर्देशक देखिन्छ। यति धेरै स–साना कथाहरू यसमा राखिएको छ, कि दर्शक अलमलमा परेको देखिन्छ। आखिर कसको कथामा डुब्नु पर्ने हो ? अनावश्यक ठाउँमा गीतको प्रयोगले दर्शकलाई झर्को लाग्नु, चोटिलो संवादको कमी, पटकथा कमजोर, अनावश्यक क्लोजसर्ट यहाँ निर्देशकलाई सुधारको आवश्यकता देखिन्छ। 

अभिनय

अब कुरा गरौँ कलाकारको अभिनय तर्फ, लिसाराको पात्रमा देखिएकी उपासना सिंह ठकुरीको अभिनय भने कमजोर देखिन्छ। यद्यपि उनको अभिनयमा सुधारको आवश्यकता स्पष्ट देखिन्छ।

उषा खड्की आर्थिक स्थिति सुधार्नु बिदेसिनु परेको र परिवारको अवहेलना सहनु परेको पात्रमा उनले निकै राम्रो काम गरेकी छन्। उनको अभिनय तथा पात्रले दर्शकको मन छुन सक्छ।

त्यस्तै अभिनेता तथा गायक सोनम तोप्देनले नजीमको पात्रमा देखिएका छन्। पढाई सकेपछि आर्थिक स्थिति सुधारको लागि बिदेसिनु परेको उनको पात्रले देखाउँछ। उनको अभिनय भने नाटकीय देखिन्छ

कुरा गरौँ डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको उनको ‘जलाकी’ पहिलो चलचित्र हो। उनी अस्मिताको पात्रमा देखिएकी छन्। तर अभिनयमा भने सुधारको आवश्यक्ता छ। बाकी कलाकारहरुको अभिनय भने राम्रो देखिन्छ।

निष्कर्षमा भन्नु पर्दा कमजोरीको बाबजुद पनि केही सबल पक्ष पनि छन्। उपासना र सोनामको मायामा गरेका एक अर्काप्रतिको वर्षौँको पर्खाइ र विश्वास हेर्न लायक छ। उषा खड्कीको कथाले यसलाई मजबुत बनाउँछ। बिदेसिनु परेको पिडा यसमा समावेश छन्। यसका दृश्य तथा गीत सङ्गीत राम्रो बनेको छ। त्रिकोणात्मक प्रेम, माया, सम्झना तथा बिछोडको पिडा यसमा समावेश छन्। सामान्य मनोरञ्जनका लागि हेर्न योग्य छ।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस