‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण
१० मंसिर २०८३
•
३ मिनेट पाठ
‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण
लेखक एवं अनुसन्धानकर्ता तथा मानवशात्री खेमराज नेपालकाे ‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण गरिएको छ।




इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् एवम् पूर्वराजदूत केदारभक्त माथेमा, कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापा, सांसद निश्कल राई, वरिष्ठ इतिहासविद प्राडा सुरेन्द्र केसी, पूर्व सचिव लिलामणि पोखरेल, लेखक एवं चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, लेखक एवं समाजसेवी शम्भु श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वले कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि सभाध्यक्ष थापा र प्रमुख अतिथि माथेमा तथा सांसद् निश्कल राईले गमलामा पानी हाली कार्यक्रमकाे उद्घाटन गरेका थिए।

इलाम विकास समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेकाे कार्यक्रममा सभाध्यक्ष एवम् इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले उपस्थितजनलाई शब्दिक स्वागत गरेका थिए। साेही क्रममा उनले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए। उक्त कार्यक्रममा अनुसन्धानकर्ता नेपाललाई सम्मानपत्रसमेत अर्पिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले कृतिकार नेपाललाई बधाई ज्ञापन गर्दै नेपालको चियामध्ये इलामको चिया विश्वमै उत्कृष्ट रहेको बताए।

सेवानिवृत्त जीवनपछि पनि समाजलाई उत्प्रेरणा दिने खोजमूलक कार्यमा संलग्न भएकोमा लेखकलाई धन्यवाद दिँदै नगरप्रमुख थापाले ‘इलामको नालीबेली’ को अपनत्व ग्रहण गरी नगरपालिकाले प्रकाशनको जिम्मेवारी लिएको बताए। सोही क्रममा उनले इलाममा मेडिकल कलेजको आवश्यकता महसुस गरिएको समेत उल्लेख गरे।

कृतिकार नेपालले इलामको समग्र पक्ष समेटिएको यस्तो पुस्तक यसअघि प्रकाशन नभएको महसुस गरी आफूले ‘इलामको नालीबेली’ तयार पारेको बताए।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा प्रेमसागर चापागाईले यो कृति इलामको एक दुर्लभ दस्तावेज भएको बताए। पुस्तकमा इलामको नामाकरण, इतिहास, लिम्बू जातिको विस्तृत चर्चा, जमिनको वर्गीकरण र भूउपयोगका साथै तत्कालीन समाज, संस्कृति, धर्म, सतीप्रथा, कमाराकमारी राख्ने व्यवस्था, छुवाछुतको भेदभाव र कामको बाँडफाँड जस्ता ऐतिहासिक प्रसङ्ग समेटिएको उनले बताए।

यसैगरी अर्का समीक्षक वरिष्ठ पत्रकार एवं लेखक धर्म गौतमले ग्रन्थको विविध समीक्षा गरेका थिए।

समारोहमा इतिहासविद् प्राडा सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुख भएर काम गर्दाको अनुभव स्मरण गरे। मन्तव्यका क्रममा उनले ‘टिको लगाएर’ प्राध्यापक बन्ने प्रवृत्ति र विद्वानहरूले चलाएको प्रशासनमा समेत शिर निहुराउनुपर्ने वर्तमान अवस्थाप्रति तिखो व्यङ्ग्य प्रहार गरेका थिए।

कार्यक्रममा इलामका सांसद निश्कल राईले शुभकामना मन्तव्य राख्दै लेखकलाई बधाई ज्ञापन गरेका थिए।

स्रष्टा ध्रुवराज थापाकाे अनुसार कार्यक्रममा पूर्वसचिवहरु दिनेश थपलिया, भोजराज पोखरेल, दिनेश थपलिया, लिलामणि पोखरेल, डी बी भट्टराई, विमल वाग्ले, केदार ञौपाने, पूर्व राजदुत डा. मदनकुमार भट्टराई, साहित्यकारहरु डा. तुलसीप्रसास भट्टराई, धरणीप्रसाद गौतम, डा. शैलेन्दुप्रकाश नेपाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

उक्त कार्यक्रममा इलामको वनस्पति तथा विविध सम्पदाका विषयमा समेत चर्चा गरिएको थियो। इलामको इतिहास, समाज, संस्कृति तथा आर्थिक जीवनका विविध पक्ष समेटेर इलामको नालीबेली ग्रन्थ तयार गरिएको छ।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस