भगवान्
१५ फागुन २०७८
•
१ मिनेट पाठ
भगवान्
किशोर केसी




हात थापिरहेथ्यो एउटा मान्छे एकान्तमा। ऊ थाप्न चाहन्थ्यो धेरै वस्तु। ईश्वरबाट चाहन्थ्यो तथास्तु। पूजा गर्थ्यो, पुकारा गर्थ्यो। साधना–आराधना गर्थ्यो। पछिसम्म नपाएपछि उसको चेत खुल्यो–माग्नेको अर्को नाम मान्छे हो।

उसलाई अझै शंकै थियो, ‘दिनेको नाम दिनानाथ’ मा। तैपनि अनाथहरूलाई अनाथालय, वृद्धहरूलाई वृद्धाश्रम बनाइदियो र असहायहरूलाई अस्पताल खोलिदियो। त्यसपछि धेरैले उतिर इंगित गरेर भन्न थाले, ‘हाम्रो भगवान् उहाँ नै हो।’
अर्को समाचार
ईश्वरको मृत्यु
२१ फागुन २०७७
•
६ मिनेट पाठ
ईश्वरको मृत्यु

       १) सुनको कोर्रा

मेरी पुरानी साथी रमाले श्रीमान् छोडी । यता आएर फेरि हामी मन मिल्ने साथी भएका छौँ ।




रमाले किन यस्तो कठोर निर्णय गरेकी होली ? कस्तो राम्रो देखिन्थ्यो । कति बुझ्न खोजेँ, सकिनँ ।  

एकदिन मैले मायालु पाराले भनेँ – ‘लोग्ने किन छोड्यौ नि रमा ?’

उसले विस्फारित नेत्रले मलाई हेरी र भनी – ‘जिन्दगीको वर्णन गर्न सकिन्छ र दर्पण ? यो त घनचक्कर जस्तो छ, जताबाट हेरे पनि ठिक । कुन कोणबाट भनूँ कि लोग्ने किन छोडेँ ?’

मैले अर्थ बुझिनँ । फेरि सोध्ने आँट पनि गरिनँ । उसका घाउहरू खोतल्ने म को हुँ र भन्ने लाग्यो ।  

मैले एकदिन त्यसै भनिदिएँ – रमा, आखिर जिन्दगी सङ्घर्ष त हो नि । सम्झौता त हो नि ।’

उसले भनी – ‘त्यो पाल्सी कुरा हो। सङ्घर्ष र सम्झौता मलाई थाहा छैन र ? बरू यसरी भन कि महिलाका लागि जिन्दगी आत्मसमपर्ण हो ।’

हुन पनि हो । उसका जति सङ्घर्ष र सम्झौता मैले कहाँ गरेको छु र ।

अनि उसले मलाई भनी –

‘मलाई पढेर के गछौँ यार ? जिन्दगी अन्धाले छामेको हात्ती हो । अब के बुझ्छौ अरू ?’

मैले डराईडराई भनेँ – ‘रमा, शारीरिक कारण त होला नि ? नत्र त ऊ पढेकै थियो, सम्पत्ति निकै थियो ।  हेर्दा राम्रै जागिर थियो ।’

रमा त एकाएक गर्जिएको भान भो मलाई । ऊ भन्न थाली –  

‘लोग्नेस्वास्नी भनेको शारीरिक सम्बन्धको कुरा मात्र होइन नि दर्पण, भावनात्मक प्रेम महत्वपूर्ण कुरा हो । यो  कुरा किन यी लोग्ने भनिनेहरू बुझ्दैनन् ? किन सुनको कोर्राले हानेर हाम्रा अस्तित्वमा धावा मात्र बोल्छन् ? तिमी त लोग्नेमान्छे हौ, थाहा छ तिमीलाई ?’

            २)  ढाँटको सत्य 

विभिन्न पार्टीका राजनीतिक कार्यकर्ताको समझदारी जलयात्रा मेची टु महाकाली थियो । नयाँ खोलिएको मेची टु महाकालीको रुटमा पानीजहाज चलेको थियो । डुङ्गा थोत्रो थियो । एउटा घाटमा उनीहरूले डुङ्गालाई फलामको किलामा बाँधे । एक अर्को पार्टीको बद्ख्वाइँ नगर्ने सहमति थियो । राति रोड साइड भ्यू रिसोर्टमा बास बसे । खान पनि खाए, पिउन पनि पिए । पिएपछि कुरा सुरु हुन थाल्यो –

क– ‘तेरो पार्टीले सपना बाँडेर मान्छे सिध्यायो । जनतालाई ढाँट्यो ।’

ख – ‘तेरो पार्टीले त २००७ सालदेखि अहिलेसम्म २५ वर्ष शासन गर्यो । सपना पनि बाँड्न सकेन, केही खालो पनि सारेन । ढाँटेको ढाँटै ।’

ग – ‘सिद्धान्त त मेरो पार्टीको राम्रो छ नि, तर भेडा जनताले भोट नदिएर मात्रै हो, नत्र हामी देशको विकास गथ्र्यौँ ।’

घ. –‘तिमीहरु ठूला पार्टीले हामी सानालाई गन्दैनौ । यसको परिणाम थाहा पाउँछौ तिमीहरूले भविष्यमा ।’

उनीहरू चढ्रै आएको थोत्रे डुङ्गाले दिक्क मान्दै भन्यो  –‘तिमीहरू सबै एउटै डुङ्गाका यात्री हौ । याद राख, डुङ्गा डुब्यो भने के होला ? हेक्का छ कि छैन ?’

ड – ‘ए डुङ्गा महाशय, तपाईँलाई राजनीति के थाहा र बकबक गर्नुहुन्छ ?’

डुङ्गा बोल्यो  ‘नेपालमा जताततै तैरिएर शताब्दीहरू बितिसके मेरा । तपाईँ र मैले खाने हावा र पानी एउटै हो ।’

– ल भन्नु न त राजनीति भनेको के हो तपाईँको बुझाइमा ?’

कोत्रिइसकेको सो डुङ्गाले उत्तर दियो – ‘धेरै अहम् नपाल साथी हो । कोत्रिएको डुङ्गालाई मर्मत गर पहिले । नत्र डुबेका जति सबै तलतिर बग्छन् । र त्यो ठाउँमा भाषा, भेष र पहिचान अलग हुनेछ ।’

छ.  ‘पहिले राजनीति के हो भन्नु न डुङ्गा महाशय ?’

डुङ्गा कड्किएर बोल्यो – ढाँटहरुले नै ढाँटहरूलार्ई ‘ढाँट्नु हुन्न’ भन्दै आएको ढाँट कथन हो राजनीति । अब त भयो ?’

           ३)  ईश्वरको मृत्यु 

मन्दिर उकालोमा थियो । मजस्तै मान्छेहरूका झुण्डहरू पनि सकीनसकी सकसले उकालो चढ्दै थिए । कोही भरियामा बोकिएका थिए । बाटोको भन्ज्याङमा होटल थियो । म चिया खान सुस्ताएँ । त्यहाँ चिया खाँदै गरेका मान्छेहरू थिए । एउटा मान्छेले मलाई गौर गरेर हेर्यो अनि सोध्यो – ‘तपाई पनि माथि भगवान् थान जान आउनुभएको ?’

मैले सही थापेँ – ‘हो, भाकल छ ।’

उसले फेरि विश्वासका साथ भन्यो – ‘धेरै प्रख्यात छ यो भगवान् थान, पत्यक्ष छ ।’

मैले ‘हो’ मा टाउको हल्लाएँ ।  

त्यहीँ बसेको अर्को मान्छेले हाँस्दै भन्यो – ‘हाहाहा, त्यहाँ त ढुङ्गा माटो मात्र छ । भगवान् त मरिसकेको छ ।’

के बोल्नु, म चुप लागेँ ।

अर्को पीडितले थप्यो – ‘होहो, सही भन्नुभयो । भगवानको मृत्यु भइसकेको छ । नत्र त यत्रो विधि अन्याय, अत्याचार, दूराचार छ । पापी घुमिरहेका छन् मस्तले । धेरै दान दिएकाले उही नै पो धर्मात्मा कहलिन थालेको छ ।’  

अर्को मान्छे बोल्यो – ‘न जन्मिएको कुरा कसरी मर्छ हौ ? भगवान् अहिलेसम्म जन्मिएकै छैन । जन्मिने पनि छैन । काल्पनिक कुरा गर्नु आत्मरति मात्र हो । भुलभुलैया हो ।’

म के भनूँ –भनूँ भएको थिएँ ।  

अर्को मान्छे बोल्यो – ‘हो मलाई पनि लाग्छ कि भगवान् जन्मेको छैन । तर भगवान् छछैन, मर्यो मरेन भनेर त फुर्सदमा सोच्ने कुरा हो । अघाएको बेला फुर्ने कुरा हो । हातमुख जोर्नका लागि एमानको मोटा मान्छे बोकेर भगवान् थानतिर उकालो चढदै गरेको त्यो फुच्चे भरियालाई हेर्नु त, उसको भगवान् कहाँ मरेको छ ? उसले तपाईँलाई भन्ने छ – ‘ए विद्वान महाशयहरू, ईश्वर जन्मेको छैन भने जन्माउनुपर्छ ।  मरेको छ भने पनि बिउँत्याउनुपर्छ ।’

              ४)  सागरजस्तो माया

घरायसी कारणले हामी बुढाबुढी रिसिएका थियौँ । विद्वताको घोल मिसाएर सोच्थेँ, नरिसाए पनि हुने हो, व्यर्थमा । हजारौँपल्ट यस्तो भएको छ विगतमा ।  

हिजो पैंत्तालीसौं विवाहोत्सव थियो । धुमधाम मनाइयो । फेसबुकमा स्टाटस हालेँ – ‘सागरजस्तो गम्भिर हाम्रो माया, ...’ आदिआदि।

घर खाएकी छोरीले कमेन्ट लेखी –‘साँच्चि हो र ?’

मैले प्रत्युत्तर हालेँ – ‘अफ कोर्स !’

प्रत्युत्तर त लेखेँ तर मेरो मन एकतमासको भयो । के साँच्चि प्रसान्त महासागरजस्तै छ त हाम्रो माया ?’

भित्री मनले मलाई नै भन्यो – ‘झूट कुरा नगर न यार, तँ जसलाई माया भन्छस् त्यो सम्झौता हो । स्वार्थ हो । बाध्यात्मक दायित्व हो ।’

मनले भनेपछि मेरो तीन त्रिलोक धुँवा छुट्यो । जीवनका सम्बन्धहरू देखेर स्तब्ध भएँ । निद लागेन । बरन्डामा निस्केर हावा खाँदै थिएँ । छटपटीे चलिरहेकै थियो । 

म छटपटिएको देखेर मनोविज्ञानकी विज्ञ बुहारीले सोधिन् – ‘के भयो बुवा ? छटपटाउनुभएको छ ।’

मैले टार्न खोजेँ । उनले ढिपी गरिन् । अनि मैले भनेँ – ‘साँच्चि भन त, मैले तिम्री सासूलाई ४५ वर्षदेखि अविच्छिन्न गरेको माया सागरजस्तै गहिरो हो ?’

बुहारीले सहज जवाफ दिइन् – ‘होइन ।’

‘अनि, अनि के हो त ?’ म हडबडाएँ ।  

‘जुन चिज छँदै छैन, त्यो खोजेर पाइन्छ र बाबा ?’

‘मतलब ?’

‘मतलब साफ छ बाबा । हाम्रा सम्बन्धहरू स्वार्थका परिपुरकका रूपमा टिकेका छन् । त्यसलाई जबजस्र्ती माया हो भन्न खोज्नुहुन्छ हजुर । अनि हजुरलाई छटपटी नभए के हुने र ? सुत्नुस् अब ।’

           ५)  भारा 

वरिष्ठ कवि कविकेशरले आफ्नो सम्पत्ति सबै साहित्य साधनामै सके । कहिले कार्यक्रमका लागि कता जानु कहिले कता । प्रकाशकलाई दिएको पुस्तकको रोयल्टी प्रकाशककै झोँजमा फसेको थियो । उनी भौतिक सम्पत्तिका हकमा भने निकै कमजोर थिए । नातामा मेरो दाजु पर्नुहुन्थ्यो।

हो अहिले उनै कविज्यूको भर्खर मृत्यु भएको खबर पाएँ । दगुरेर पुगेँ । तुलसाको मठअगाडि लासलाई राखिएको थियो । रामनामी ओढाइएको थियो । पन्द्रबीस जना मान्छे भेला भइसकेका थिए । सानो घर थियो । मान्छे उभिएका थिए । मृत्युको खबर हावाझैँ फैलिँदै थियो ।

त्यहाँ उपस्थित मान्छेहरूमा कोही भन्दै थिए – ‘जताततै खबर गर्नु पर्छ ।’

कोही भन्दै थिए – ‘जे गरे पनि मान्छे फर्कँने होइन, घाट लगिहाल्नु पर्छ ।’

मान्छे मेरो मुख ताकिरहेका थिए । भाउजू रोइरहनुभएको थियो । मैले त्यही पनि उहाँलाई नै सोध्नुपथ्र्यो । सोधँे – ‘मान्छे मलाम जान आउँदै छन्, के गर्नु, पर्खनु कि लानू ?’

परम्परावादी भाउजूले रुँदै भन्नुभएथ्यो –‘मलामी धेरै भए भने केले खुवाउनु बाबु ? भारा लाग्छ ।’

( ईश्वरको मृत्यृ’ लघुकथा संग्रहबाट ! )

कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस