लता केसी
हिमालको ताल फेदीमा एउटा सानो बस्ती थियो । नमुना बस्ती नामअनुसार कामले नि नमुनै थियो । प्रकृतिको अनुपम सौन्दर्यमा सजिएको मात्र होइन । सामाजिक वातावरण पनि गजबको थियो । सहयोग , समर्थन , मेलमिलाप र भाइचारा खोज्नु पर्दा सबै नमुना बस्तीको उदाहरण पस्किन्थे । मुस्किलले १५, २० घर थिए होलान् । शान्त र सुन्दर जनजीवन थियो । पर्वतबहादुर त्यो बस्तीको हुकुम थियो । उहिले पल्टनको जागिरे खुब रमाइलो गर्नुपर्ने अवकाश लिएपछि ऊ गाउँकै विकासमा चुर्लुम्म डुबेको थियो । कतै कोहीमाथि नमीठो , नराम्रो नहोस् भनेर हुलाके जस्तै नित्य घरघर डुलेर समस्या टिपी हिडथ्यो । र गाउँबासीबीच भित्रैबाटै समाधान खोज्थ्यो ।उसको एउटी छोरी थिई पार्वती आलु खेती गरेर भए पनि आफ्नो सानो परिवार उसले सुखले पालेको थियो ।
हिमालको काखमा छ, सानो मेरो गाउँ , पर्वतकी छोरी हुँ म, पार्वती हो , नाम भन्दै फुत्रुकफुत्रुक गाउँदै नाच्दै हिँडने पार्वतीले पखेटा हालिसकेकी थिई । प्रकृतिको निश्चलता र सुन्दरता टपक्कै उसमा छाएको थियो ।
कुनै राजकुमारीझैँ देखिन्थी । लाग्छ , प्रकृतिको रमणीय मनोरमताले सजिएको कुनै बगैँचाको सुकुमार फूल हो ।
झट्ट हेर्दा कसैले खोट लगाउने ठाउँ थिएन । सुन्दर फूल देखेर भँवराहरू रसास्वादन हेतु उसका वरिपरि भुनभुनाउँन थालिसकेका थिए । रङ्गले मात्तिएकी तरुनी छोरीलाई राखिँरहदा भवितव्यको सम्भावना प्रबल थियो । छोरीको जात सधैँ माइत राख्न नमिल्ने भन्ने सोच्यो । उनको लागि वरको खोजी हुन थाल्यो ।
आखिर समय न हो , कसलाई पर्खन्छ र भनेजस्तै खोजेजस्तै शहरमा वर भेटियो । शिव नपढेकी भए पनि उसले पार्वतीको सुन्दरतालाई नियाल्यो । राम्री स्वास्नीको चाहना कुन पुरुषलाई हुँदैन र ! एकपटकको हेराइमा नै ऊ लठ्ठ पर्यो । दुवै पक्षको स्वीकृति भयो । ऊसँग गाउँकी सरल , निश्चल सुशील र सुन्दर पार्वतीको लगनगाँठो बाँधियो । अनि मनभरि जन्मस्थललाई सजाएर एउटा बिरानोसँग नातो गाँसेर पछिपछि लागी । सबैको भक्कानो छुट्यो । सिङ्गै गाउँलेले आँखा चिस्यायो उनको बिदाइमा ।
दुई वर्ष बितेछ । सुख र हाँसोका पलहरूले उसलाई माइतीको याद पनि आएनछ । शिवले पनि उसलाई आँखामा राखेको थियो । लोग्नेको मायामा ऊ पनि मदमस्त भइछे संसारै भुलेर । एकदिन शिवले ऊसँग सन्तानको रहर व्यक्त गर्दा अलिकति आत्तिएकी थिई । तर देवताजस्तो पतिको इच्छा शिरोधार्य गरी । सोची – म नारी, जननी । सृष्टिकी मुहान । सन्तानबिना त म अधुरी । पतिको प्रसाद स्वीकारी ।
स्वास्नी गर्भवती भएपछि शिवको भुइँमा खुट्टा थिएन । ससारका सारा खुशी उसले आफ्नो जीवनमा आत्मसात् गरेको अनुभूति गर्थ्यो । हरेक दम्पतिझैँ उनीहरू भावी सन्तानको पर्खाइमा निमग्न भए । पेटमा रहेको गर्भलाई स्पर्श गर्दै स्वास्नीको छेउमा बसेर घन्टौँ रमाउँथ्यो । छोरो भए गणेश र छोरी भए गणेशा नाम राख्ने भनेर एकदिन कुराकानीको क्रममा उनीहरू खुब रमाएका थिए । छोराछोरी , जे भए पनि उचित शिक्षा दिएर डक्टर , पाइलट होइन नि , असल मानिस बनाउनुपर्छ है भनेर उनीहरूले सपना साँचेका थिए । पर्खाइको घडी सकियो । नौ महिनापछि भनेजस्तो घुतुमुने छोरो पाउँदा शिव खुशीले पागल भएको थियो । न्वारानमा नाम गणेश जुर्यो शिवपार्वतीको छोरा ।
जीवन आखिर सुख र हाँसोको नाम मात्र कहाँ हो र भन्ने कुरा उसलाई त्यो बेला अनुभूत भयो जुन बेला अत्याधिक रक्तश्रावको कारणले १५ दिनकी सुत्केरी स्वास्नीको मृत्यु भयो । समय र भाग्यको खेल न हो । उसलाई लाग्यो – उसको संसार सकियो । चिच्यायो तर कालले उसको आवाज सुनेन । हावामा हराए उसका क्रन्दन र आर्तनादहरू । उसको यो दुखद घडीमा आश्वासन र सहानुभूतिको भेल आयो । मानिसको स्वभाव न हो सस्ता शब्दहरू , चिल्लामीठा कुराहरू गरेर दुनियाँको अगाडि ठीक्क बनिदिने । आखिर प्रश्न अघिल्तिर तेर्सियो – अब शिव र नवजात शिशुलाई कसले सँभाल्ने ?
सास रहे आश भनेझैँ छोराको मायाले शिवभित्र शिवत्व जुर्मुरायो । म नै आमा र बुवा बनेर मेरो छोरालाई असल मानिस बनाउँछु भनेर प्रतिज्ञा गर्यो । समय कठिन बन्दै थियो तर उसमा एउटा साहस पलाउँदै थियो । आँटे के हुन्न र भन्ने उक्ति सम्झियो । न त उसले फेरि कुनै महिलालाई महत्व दियो न त छोरोलाई सौतेनी आमाको काखमा सुम्पिने विचार नै गर्यो ।समयको अन्तरालमा ऋतु र मौषम परिवर्तन भए तर उसको विचारमा कुनै बदलाको सोच आएन । छोरो बढ्दै जाँदा उसको अनुहारमा खुशी पलाउँदै थियो । छोरो स्कूलमा पुर्याएर काममा जानु फेरि बेलुका लिन जानु , घरधन्दा , खानपिन , गृहकार्य सबै उसैले भ्याउँथ्यो । पुरुषले एउटी महिलाको दायित्व धान्नु उसलाई नि सहज त कहाँ थियो र ।
एकदिन बेलुका स्कुलबाट घर फर्केपछि छोरोले प्रश्न राख्यो – बाबा , सबैको ममीहरू आउनुहुन्छ । मेरो स्कुलमा , मेरो ममी चै खै त । किन नआउनुनु भएको ? कहाँ हुनुहुन्छ भनेर सोद्धा ऊ अक्क न बक्क भएको थियो । बाबू , टाढा छिन् , तिम्री ममी । तिमी ठूलो मानिस र असल मानिस भएपछि मात्र आउँछु भनेकी छिन् भनेर चपक्कै छातीमा टाँसेर बालकथा सुनाएर भुलाएको थियो ।
गणेश होनहार निस्कियो ।चारैतिर उसको स्वभाव र आचरणबारे गुनगाण गाउन थाले । उसका साथीभाइका आमाबुबाहरूले आफ्ना सन्तानलाई भन्ने गरेका थिए – छोरो होस् त गणेशजस्तो । तारिफ गरेको सुन्दा शिवको नाक गमक्क फुल्थ्यो। गणेश कलेज भर्ना भयो । अब त ठूलो सबै कुरा बुझ्ने भयो । । बुबा र छोरा साथी जस्ता भए । अफिसबाट लखतरान भएर फर्किदा छोरोलाई देखेर सबै दुखपीडा भुल्थ्यो( ऊ । माटोलाई ढुङ्गाको भर , ढुङ्लाई माटोको भर भनेझैँ उनीहरूको सम्बन्ध प्रगाढ बन्दै गयो । बुबाछोरा साँझैदेखि दिनभरिका कुरा आपसमा बाँडेर रमाउन थालेका थिए ।
एकदिन छोराले अचम्म मान्दै सोध्यो – बुवा, गरीबदुखीलाई पढ्ने अधिकार छैन र ।
– छ , किन ? बाबू यस्तो गम्भीर प्रश्न सोधिस् ।
बेलिबिस्तार लाउन थाल्यो, ऊ गाउँ पहाडदेखि आएर पढदै गरेका हाम्रा ५ जना साथीलाई कलेज प्रशासनले नाम दर्ता नगरेको भनेर जाँचको मुखमा आएर निष्काशन गर्यो । बिचराहरू, तिनका बाआमाले कस्ता सपना देखेर सन्तान शहर पठाएका होलान त नि । पैसा नहुनले पढन पाइन्न र । सपना बोक्न पाइन्न र ।
छोराको कुरो सुनेर शिव गमक्क पर्यो । निकै कुरो बुझ्ने भएछ भनेर हातले पिठ्यूँमा धाप मानेर भने – स्याबास् छोरा, तेरो बुवा हुनुको गर्व छ मलाई । अब , तँ सबै बुझ्ने भाको छस् बाबू । फुकीफुकी पाइला चाल्नु नि । समाजमा इज्जत नै ठूलो कुरो हो भनेर बुझ्नू । मानव भएसी मानव सेवामा लागेर मानवीय धर्मको पालना गर्नू सधैं । म तेरो बुवा मात्र होइन , निकटको साथी हो भनेर बुझ्नू । आवश्यकतामा दिएको सल्लाहसुझाव शिरोधार्य गर्नू । यसबेला ऊ आफ्नी दिवंगत पत्नीलाई सम्झिदै थियो । आँखाभरि टिलपिलाएका आँसु पुछेर भन्दै थियो– हेर त पारु, हाम्रो छोरो हामीले सोचैजस्तै असल मानिस बन्दै छ ।
भोलिपल्ट ऊ कलेज गयो । तर मानसपटलमा उहीँ विषय घुमिरह्यो । उसले केही गर्न सकिन्छ कि भनेर तत्कालै हातेमालो मोर्चा गठन गर्यो । निष्काशित विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरेको भन्दै वार्ता आह्वान गर्यो । धेरैले सहमति जनाए ।
उसको अति नजिकको साथी विनयले भनेको थियो – यार, यो झमेलामा नफस् न । तर उसले उल्टै जवाफ दियो – काँतर, अन्याय गर्नु पाप हो भने सहनु महापाप हो बुझिस् ।
यतिञ्जेल पढिरहेका विद्यार्थीलाई निकालेर उनीहरूको १ वर्ष नाश गर्ने अधिकार कसैलाई छैन । सुरुमै कक्षामा प्रवेश निषेध गर्नु पर्थ्यो । उनीहरूले जाँच दिन पाउनुपर्छ बरु परीक्षाफल रोकियोस् , स्वीकार्य छ भन्ने विचार अघि राख्यो । कलेज प्रशाशनले उसलाई राजनीति गरेको आरोप लगायो । कलेजबाटै निष्काशन गर्ने धम्की दियो । तर ऊ डराएन । सत्य र न्यायको पक्षमा अडिग भयो । विद्यार्थी साथीलाई एकजुट हुन अनुरोध गर्यो । एकता नै बल हो भन्ने कुरा सबैलाई बुझायो ।
आखिर विद्यार्थी एकताको प्रभावले गणेशको अपील सफल भयो । प्रशासनले परीक्षाफल निस्किनु अगावै नाम दर्ता र महिना शुल्क बुझाउनुपर्ने अन्यथा मार्कसिट रोक्का गर्ने र नयाँ भर्ना नदिने भन्ने शर्त राख्यो । तत्कालको समस्या टरेकोमा सबै खुशी भए । परीक्षा सकियो । पैसा संकलनका लागि सांस्कृतिक कार्यक्रम र चन्दा संकलनको कार्यक्रम तय गरियो । सबै विद्यार्थी एकजुट भए । ५ जना विद्यार्थीको भविष्य सुरक्षित भयो । सबैका अनुहारमा खुशी र उमङ्ग छायो ।
केही दिनपछिको कुरो हो । सधैझैँ दिनभरिको भागदौडपछि शिव लखतरान परेर घर पुगे । छोरो घरमा थिएन । खाना पकाए । छोरो आएन । न त कुनै खबर नै । मनभरि शङ्का – उपशङ्का मडारिन थाले । छटपटी बड्दै गयो । यता उता , साथीहरुसँग सम्पर्क गर्न खोजे । तर प्रयास शून्य भयो । १० बजिसक्यो । न भोक न निन्द्रा , छोराका आगमनको व्यग्र प्रतिक्षामा टोलाइरहे । अनेकन् तर्कना मडारिन थाले । जुरुक्क उठे । एक गिलास पानी घटाघट पिए ।
बाहिर निकै ठूलो हल्लीखल्ली सुनियो । एउटा गाडीमा केही केटाहरू कराउँदै थिए ,
कलेजका डनहरू , मुर्दावाद !
विद्यार्थी नायक गणेश जिन्दावाद !
हत्यारालाई फाँसी दिनेछौँ, दिनेछौं ।
नायक गणेश – अमर रहून् !
शिव आत्तिएर गाडीमा पुगे । छोराको लाशमा गुजिल्टिएर चिच्याए । दर्दनाक आवाज निकाले ।
राष्ट्रका अति प्रिय राजनेताको अवशानजस्तै शोकाकुल बन्यो गणेशको अन्त्य । शायद यो अकाल मृत्यु भएर होला , रोदन घरीघरी आकाश चुम्थ्यो र फर्किन्थ्यो अनि एउटा कोलाहल बिउँझिन्थ्यो । होरहार दैव नटार भनेझै शिवले उसका साथीहरूको सहयोग जुटाएर राति नै अन्त्येष्टिमा जुटे । एउटा शरीर क्षणभरमै खरानी बन्यो ।
गणेशको साथी विनय र उनको बुवाको अनुरोधमा शिव उनीहरूसँगै एउटै परिवारझैँ भएर बस्न थाले । आखिर मानिस मायाको भोको न हो । उसले स्वास्नी र छोरो त गुमायो । दाजु र भाउजू अनि भतिजो , नयाँ सम्बन्धभित्र मायामा आफूलाई सँभाल्दै गयो । १३ दिनको काम सकियो । विनय अब कलेज जान थाल्यो । केही दिनपछि शिव पनि काममा जान थाले । अलि सहज बन्दै थियो , समय ।
विनयका बाले गणेशको मृत्युको घटनाबारे एक्कासि जिज्ञासा पोखे – भाको के हो ? किन गोली चल्यो ? घाउ कोट्याउने मन त थिएन विनयको । तैपनि त्यो दिनको घटना वर्णन गर्न थाल्यो ।
कलेज सकिँदा ५ बजेको थियो । सबैलाई भोक लागेको हुनाले क्यान्टिनमा भीँड थियो । आाआफ्नो कुपन लिएर हामी लाइनमा पालो पर्खिएर बसेका थियौँ । एउटा डन भनाउँदो विद्यार्थी चुरोटको धूँवा उडाउँदै भित्र प्रवेश गर्यो । सबैले बहिस्कार गर्दै थियौँ । उस्कै अर्को मुन्द्रे साथी एउटी केटी साथीसँग भित्र छिर्यो । नजिक गएर केटीलाई तानेर पाखा लगायो र एक मुक्का हानिहाल्यो । सबै यति छिटो भयो हामी हेरेको हेरै भयौँ । गार्ड दाइलाई खबर गर्न नपाउँदै हानाहान सुरु भयो । युद्धले भीषण रूप लियो । सबै जरयाकजुरुक उठेर रोक्ने प्रयास गर्यौँ । पहिलाले गोजीबाट रिवाल्बर निकालेको देख्नेबित्तिकै गणेशले छेक्न जाँदा गल्तीले उसलाई गोली लाग्यो । गणेशको रगत बढी बगेकोले बचाउन सकिएन । आखिर गणेश ९ बजेतिर भगवानको प्यारो भयो ।
शिवले मनमनै गुन्यो – कस्तो संयोग । दुवै आमाछोराको मृत्यु रगतको अभाव । अब हत्यारा खोजेर नि के गर्नु ! मरेको छोरो फर्किने होइन क्यारे । गलत संस्कारको शिकार भयो मेरो छोरो ।
अतीतले शिवलाई न्याक्दै थियो । परिवार गुमाएर एक्लो बाँच्नुको पीडा उसको जीवनमा अकल्पनीय र असह्रनीय बन्दै थियो । एकदिन खाने समयमा शिव उठेनन् । अब कसको लागि बाँच्नु म ! निराशाका काला बादलहरू उनको सोचमा पौडिरहेका थिए ।
उत्ति नै खेर काकाकाका भन्दै विनय उसको कोठामा पुगेको थियो । ऊ सुतिरहेको देखेर सोध्यो – काकालाई सन्चो भएन र ? निधार छामेर माया वर्षायो ।
विनयको हात समातेर उसले भन्यो – एउटा कुरा भन्छु । नाई नभन है ।
– के कुरो काका ?
– अब उ तिमी मलाई बुवा भन है । आखिर गणेश र तिमी मेरा दुई भाइ छोरा फरक एउटै हो । तिमी बाँचेको छौ, ऊ छैन । शिव भावुक बन्दै थियो गणेशलाई सम्झेर ।
विनय केही नबोली फुत्त बाहिर निस्कियो र एकछिनमै बुवालाई लिएर पस्यो । चिन्ता देखाउँदै बुवाले सोधे – होइन के भो र ! डाक्टर कहाँ जानुपर्ने हो !
जुरुक्क उठ्दै शिवले भने– होइन–होइन, केही खास गम्भीर र डराउनुपर्ने केही होइन । खान मन नलागेको र आलस्य मात्र हो ।
हतारो देखाउँदै फेरि भने उनले – उसो भए तातै खाना खान जाऔँ त । बेलामा खाना नखाए मेरी धर्मपत्नी रमाले धर्काउलिन् नि त ।
– होइन , आज म खान्न । तपाईहरू खानुहोस् न । म आज अफिस नि जान्न । यसै आराम गरेर बस्छु । विनयका बा अलि झस्किए। रमा पनि घरमा एक्ली छिन् । बरु म नि जान्न त भनेर बुवाछोरा बाहिरिए ।
कोठामा ऊ सोच्न थाल्यो – विनयले बुवा भन्न सक्दैन । म र रमा भाउजू घरमा एक्लै हुनेछौ भनेर साथी आत्तिने । के म बोझ त भइन् यो घरमा । धेरैबेर एक्लै घोइरिरह्यो । शंका– उपशंकामा विचारहरू सलबलाइरहे अनि कसैलाई केही नभनी बाहिर हिड्यो , एउटा ठूलो लक्ष्य मनभरि सजाएर ।
कैंयन् दिन र महिना बिते । तर उनी विनयको घर फर्केनन् । सबैले खोजखबर गरेँ । केही अत्तोपत्तो लागेन । केही मानिसले अडकल काटे– आत्महत्या गरे होलान् । केहीले पागल भए होला भने । सोचका आधारमा अडकल र अनुमानहरु समाजमा छरपष्ट छरिंदै थिए।
तीन वर्ष बित्यो । शिवको कुनै खबर आएन । एकदिन बिहानै विनयका बुवा दैनिक पत्रिका पढदै थिए । उनको आँखा एक ठाउँमा टक्क अडियो । शिवको फोटो थियो । लेखिएको थियो – नमुना बस्तीमा गरिब र पीडित युवाहरूको सहयोग लिएर शिव क्षत्रीले चलाउँदै आएको शिक्षा तथा स्वास्थ्यसम्बन्धी संस्थाले प्रशंसनीय काम गरेवापत सरकारले उनलाई सम्मान गरेको छ । रगतको कमीले कोही नमरुन् र गरिबीले पढाइ कसैको नरोकियोस् भनेर अभियान चलाएको सो संस्थाको विस्तारका लागि एक करोड रुपैयाँ नगद र संस्थाका संस्थापकलाई कदरपत्र प्रदान गरेको छ ।
समाचार पढ्दै गर्दा विनयका बुवाको छाती गर्वले ढक्क फुलेर आयो ।