निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा सांसदहरुले लगेको पैसाबाट हुने भागबण्डालाई साहित्यिक झटारो हान्दै ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाका सर्जक खगेन्द्रकुमार पोमूले ‘तमोर सुशेली’प्रकाशन गरेका छन्।
निर्वाचन क्षेत्रमा गएको रकम आफ्ना कार्यकर्ताहरुलाई बाँडेर सिध्याउने शंका व्यक्त गर्दै उनले पार्टी पद्धति र आर्थिक अनुशासनलाई ओझेलमा नपार्न चेतावनी पनि दिएका छन्। ‘आफ्ना कार्यकर्ताहरु योजना छनौटमा दौडधुप गर्दा, पार्टी पद्धति र अनुशासन ओझेलमा पर्दा, लोभी पापीको पकड भयो भने पार्टी, जनता र राष्ट्रको सर्वनास हुँदा, गति र मति सकिएर देशमै दुर्भाग्य देखिँदा’कविताका हरफमा उनले नेता र कार्यकर्तालाइ सचेत पार्दै भनेका छन्।
उनले कवितामार्फत जिल्लाको मात्र प्रतिनिधि भएर होइन, देशकै सच्चा अगुवाको रुपमा बुझिदिने हो भने बर्षेनि ल्याइने चार–पाँच करोड रुपैयाँ समृद्धिका लागि खर्च गर्न सकिने आधार पनि देखाएका छन्। ‘सांसद, चार करोड र मेरो देश’शीर्षकमा लेखिएको कविताका हरफले विकासका नाममा कार्यकर्ता खुसी पार्न बाँडिने रकम बरु युवा शक्तिका लागि खर्चिएर बर्षेनि जाने बैदेशिक श्रम रोक्न उपयोगी हुन्छ की भन्ने सुझाव पनि बाँडिएको छ। कविताका शैलीमा उनले जनतालाई विकासको केन्द्रमा राख्नुपर्नेमा कार्यकर्ता रिझाउन बाँडिने बजेट विकास पर्खिरहेकाको हितमा छ/छैन भनेर मापन गर्न समेत जनप्रतिनिधिलाई सुझाइएको छ। तमोर सुशेली भित्र ३६ वटा कविता पस्किइएको छ। शिक्षण पेशाका क्रममा बिभिन्न ठाउँ पुगेका उनले तमोरखोला क्षेत्रको सम्पर्क, कञ्चनजंघाबाट बग्ने तमोर नदी, प्राकृतिक सौन्दर्य र बिद्यमान राजनीतिक परिवेश, जनप्रतिनिधि र उनीहरुका पछिल्ला आचारण, विकास निर्माणमा जनताका अपेक्षासहितलाई आफ्नो सृजनाको मूलपक्षको रुपमा उठाएका छन्।
‘देश विकासको जिम्मेवारी लिएकाहरुबाट गुम्न थालेको अनुशासनको विरुद्धमा सुशासन र समृद्धिको अभियानका पक्षमा र प्राकृतिक धरातल तथा सम्बेदना पोख्ने माध्यमको रुपमा तमोर सुशेलीलाई लिन सकिन्छ’पूर्व प्राज्ञसभा सदस्य रविमान लमजेलले भने। उनले यो सृजनालाई स्वच्छन्दतावादी र प्रगतिवादी अभियानको एउटा सृजना भनेर ब्याख्या गरेका छन्। छोरीलाई बिदा गर्दा, आमा, को हुन् देश खोज्नेहरु, मृत साथीको सम्झना, मेरो देश म र मेरो कर्तव्य, सानो छोरा, उनको बिदाइमा जस्ता देशभाव र करुणाका शब्द बान्कीहरु पनि तमोर सुशेलीमा भेट्न सकिन्छ। म देशको आँखा भित्र हुने छु, फक्ताङ्लुङ(कुम्भकर्ण)को फेदीमा पारिजात, उन्नती तिम्रै हातमा छ’जस्ता कविता भित्रका मर्मस्पर्शी शब्दले धेरैलाई स्तब्ध नाउने अनुभव छ प्रकाशक शेरबहादुर पतङ्वाको। काठमाडौंको बागबजारस्थित आवृति छापाखानामा मुद्रण गरिएको हो।
‘देशभक्ति र मर्दैन चुत्थै देश भएपनि
पतिभक्ति त मर्दैन पापी पति भएपनि’
जस्तै दुःखमा पनि खुसी हुने,सेवामा रमाउने’
बानी थियो जीवन दर्शन हो,अरुलाइ शिक्षा दिने’
धर्मपत्नी सुन्धरा तुम्बाहाम्फे पोमूप्रति सर्मपित तमोर सुशेलीमा पोमूले आफ्नी स्वर्गीय श्रीमतीलाई यसरी सम्झेका छन्।