चार देशसँग हवाई सम्झौता हुने
०९ चैत्र २०७१
•
८ मिनेट पाठ
चार देशसँग हवाई सम्झौता हुने
काठमाडौं-सरकारले चार देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ। ती सबैले नेपालसम्म हवाई सेवा विस्तार गर्ने प्रस्ताव गरेपछि सम्झौताको तयारी भएको हो। मलेसियासँग भने आगामी बिहीबार सम्झौता पुनरावलोकन हुने तय भएको छ।सरकारले दक्षिण अफ्रिका, अस्ट्रेलिया, भियतनाम र कम्बोडियासँग पहिलो पटक हवाई सेवा सम्झौता गर्न लागेको हो। यी कुनै पनि देशबाट र यहाँबाट पनि हालसम्म उडान सञ्चालन भएका छैनन्। मलेसियासँग बिहीबार र शुक्रबार काठमाडौंमा सम्झौता पुनरावलोकन हुने भएको हो।   

‘नयाँ देशसँग हवाई सम्झौता गर्ने मिति तोक्न बाँकी भए पनि छिटोभन्दा छिटो काम सक्ने गरी आन्तरिक तयारी भइरहेको छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले सोमबार नागरिकसँग भने, ‘पर्यटन प्रवर्द्धनसहित हवाई उद्योगमा नयाँ सम्भावनाका लागि नयाँ चार देशसँग पहिलो पटक सम्झौता गर्ने द्विपक्षीय चाहना हो।'

नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या तथा उताबाट नेपाल भ्रमणमा आउने पर्यटक बढिरहेको लगायत कारण नयाँ हवाई सम्झौता गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। भियतनाम र कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै भएकालाई तिनलाई बुद्ध जन्मनस्थल लुम्बिनीसम्म ल्याउन सकिने र त्यसका लागि हवाई सेवा आवश्यक रहेको उनले बताए।

सन् २०१२ मा अस्ट्रेलियाबाट हवाई मार्ग हुँदै आएका १८ हजार ७ सय ५६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो २०११ को दाँजोमा साढे १६ प्रतिशतले बढी हो।

‘द्विपक्षीय हित हुने भएका कारण सकेसम्म चाँडै काम सक्ने लक्ष्य छ,' उपसचिव नेपालले भने, ‘चारवटै देश हाम्रा लागि महत्वपूर्ण छन्। त्यहाँबाट बढीभन्दा बढी पर्यटक ल्याउन सके हाम्रो पर्यटन उद्योगमा उल्लेख्य योगदान पुग्ने छ। नयाँ सम्झौता हुन लागेका देशबाट भने हालसम्म कुनै पनि वायुसेवाले नेपाल उडान गरेका छैनन् र यताबाट पनि कुनै गएका छैनन्।'

त्यसैगरी पुरानो सम्झौता खारेज भएपछि मलेसियासँग यसअघि सन् २००७ मा नयाँ सम्झौता भएको थियो। सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा २१ वटासम्म उडान गर्न पाउँछन्। मलेसियातर्फबाट यो संख्या पूरा भइसकेको छ भने यताबाट अझै १४ उडान संख्या बाँकी छ।

‘मलेसियाले उडान संख्या बढाएर सातामा ४२ सम्म पुर्याेउने प्रस्ताव गरेको छ,' उपसचिव नेपालले भने, ‘उनीहरूले मागेजति सबै संख्या उपलब्ध गराउन सकिन्छ कि सकिँदैन, त्यसमा के कति गर्न सकिन्छ छलफल गर्छौं।'

यताबाट भने काठमाडौं बाहेक मुलुकका अन्य विमानस्थललाई पनि प्रवेश विन्दु बनाउनुपर्ने, तेस्रो देशसँग ‘कोड सेयर' गर्नुपर्ने लगायत प्रस्ताव गरिएको उनले जानकारी दिए। मलेसियाबाट आउने वायुसेवाले भविष्यमा भैरहवा, पोखरा वा अन्य जहाँ अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुनेछन्, त्यहाँ पनि सिधै अवतरण गर्न पाउने प्रस्ताव गरिएको छ।

पछिल्लो पटक ‘अस्थायी सञ्चालन अनुमति' अनुसार मलेसियाले थप सात गरी सातामा २८ उडान गर्दै आएको छ। हवाई सम्झौतामा उल्लेख भएको भन्दा सातवटासम्म बढी उडान गर्न दिन पाउने व्यवस्था गर्न पर्यटन मन्त्रालयले लगेको प्रस्ताव हालै मन्त्रिपरिषदले अनुमोदन गरेको थियो। त्यसैलाई आधार बनाएर मलेसियालाई थप सात उडान गर्न दिइएको थियो।

मलेसियाको सरकारी वायुसेवा कम्पनी मलेसिया एयरलाइन्सले सातामा सात, सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर एसिया एक्सले सातामा सात १४ र मालिन्दोले सातामा सात गरी २८ उडान गरिरहेका छन्। मालिन्दोले अस्थायी सञ्चालन अनुमतिअनुसार सात उडान गरिरहेको हो। यताबाट नेपाल वायुसेवा निगमले दैनिक एक उडान गरिरहेको छ।

‘हवाई सेवा सम्झौता भइसकेका देशसँग सम्झौतामा उल्लेख भएको सिट संख्या सम्बद्ध देशबाट आउने तोकिएका सबै वायुसेवाले बाँडेर लिने हो,' पर्यटन मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन्।'

लामो दुरी पार गर्दै काठमाडौं आउनुपर्ने वायुसेवा कम्पनीले भने नेपाल हुँदै अन्य देशका गन्तव्यमा पनि उडान अनुमति माग्न सक्छन्। यसका लागि नेपालको हवाई नीतिमा ‘फिफ्थ फ्रिडम राइट' बारे थप संशोधन गर्नुपर्ने हुन्छ। फिफ्थ फ्रिडम राइट भनेको एउटा वायुसेवा कम्पनीलाई नेपाल हुँदै उसको देशबाहेक अन्य देशका गन्तव्यमा उडान गर्न दिने अधिकार हो।

हाल फिफ्थ फ्रिडम राइटसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ‘यस्तो अधिकार नदिने हो भने लामो दुरीबाट आउने वायुसेवालाई मात्र नभई हाम्रै हवाई उद्योगलाई पनि ठूलो घाटा लाग्ने छ,' नेपाल उडान गरिरहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिले भने, ‘सर्वोच्चबाट बाटो खुले हवाई बजार र पर्यटक आगमन वृद्धि हुनेछ भने यात्रुले सस्तो र सरल भाडामा उडान गर्न पाउँनेछन्।'

नेपालले हालसम्म विश्वका ३६ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।
अर्को समाचार
पाँच देशसँग हवाई सम्झौता, तीनवटाको पुनरावलोकन तयारी
२४ मंसिर २०७१
•
९ मिनेट पाठ
पाँच देशसँग हवाई सम्झौता, तीनवटाको पुनरावलोकन तयारी
काठमाडौं-सरकारले पाँच देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता र तीन देशसँग सम्झौता पुनरावलोकन गर्ने भएको छ। सरकारले अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, न्युजिल्यान्ड र आइसल्यान्डसँग पहिलो पटक हवाई सेवा सम्झौता गर्न लागेको हो भने ओमान, साउदी अरेबिया र मलेसियासँग सम्झौता पुनरावलोकन गर्न लागेको हो। ओमानसँग १५ वर्षपछि, साउदी अरबसँग १७ वर्षपछि र मलेसियासँग सात वर्षपछि सम्झौता पुनरावलोकन हुन लागेको हो।‘विगतमा भएको सम्झौताबाट नयाँ आउन चाहनेका लागि र आइरहेका वायुसेवाले उडान र सिट संख्या थप्न कठिन भएका कारण पुनरावलोकन गर्न लागेका हौं,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले नागरिकसँग भने, ‘पर्यटन प्रवर्द्धनसहित हवाई उद्योगमा नयाँ सम्भावनका लागि नयाँ पाँच देशसँग नयाँ सम्झौता गर्ने द्विपक्षीय चाहना हो।'

नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या तथा उताबाट नेपाल भ्रमणमा आउने पर्यटक बढिरहेको लगायत कारण नयाँ हवाई सम्झौता गर्ने तयारी गरिएको हो। भियतनाम र कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै भएकालाई तिनलाई बुद्ध जम्नस्थल लुम्बिनीसम्म ल्याउन सकिने र त्यसका लागि हवाई सेवा आवश्यक रहेको उनले बताए। 

सन् २०१२ मा अस्ट्रेलियाबाट हवाई मार्ग हुँदै आएका १८ हजार ७ सय ५६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो २०११ को दाँजोमा साढे १६ प्रतिशतले बढी हो। 

‘द्विपक्षीय हित हुने भएका कारण सकेसम्म चाँडै काम सक्ने लक्ष्य छ,' उनले भने, ‘न्युजिल्यान्ड र आइसल्यान्डसँग पनि सम्झौता हुन सक्यो भने हाम्रो पर्यटन उद्योगमा उल्लेख्य योगदान पुग्ने छ। नयाँ सम्झौता हुन लागेका देशबाट भने हालसम्म कुनै पनि वायुसेवाले नेपाल उडान गरेका छैनन् र यताबाट पनि कुनै गएका छैनन्।'

उपसचिव नेपालका अनुसार खाडी मुलुक ओमानसँग यसअघि सन् १९९९ मा पहिलो पटक हवाई सेवा सम्झौता भएको थियो। त्यसयता हालसम्म सम्झौता पुनरावलोकन हुन सकेको छैन। त्यहाँबाट उसको सरकारी वायुसेवा कम्पनी ओमान एयरले काठमाडौंसम्म दैनिक एक उडान गरिरहेको छ। यताबाट भने हालसम्म कुनै पनि वायुसेवाले हालसम्म ओमान उडान गरेका छैनन्। 

‘ओमानले काठमाडौंका लागि उडान थप्न खोजेको छ, तर अहिलेको सम्झौतामा दुवै देशले तोकेका वायुसेवा कम्पनीले प्रतिसाता सातवटा उडानमात्र गर्न पाउने उल्लेख छ,' नेपालले भने, ‘यसमा सिट संख्या तोकिएको छैन, जत्रो आकारको जहाज ल्याए पनि सातामा सातभन्दा बढी उडान गर्न पाइँदैन।'

नेपालबाट रोजगारीका लागि ओमान जानेको संख्या पनि बढ्दै जान थालेपछि ओमान एयरले उडान थप्ने तयारी गरेको हो। वैदेशिक रोजगार विभागका अनुसार हाल ओमानमा काम गरिरहेका नेपालीको संख्या करिब १ लाख ५० हजार छ। त्यसबाहेक ओमान हुँदै र त्यहीँबाट पनि उल्लेख्य संख्यामा पर्यटक यहाँ आइरहेका छन्। 

सन् १९९७ मा सम्झौता पुनरावलोकन भएको साउदी अरेबियाले सातामा ४ सय सिट प्रयोग गर्न पाउने सम्झौता छ। तर, त्यहाँबाट हालसम्म कुनै पनि वायुसेवा कम्पनीले नेपालमा उडान गरेका छैनन्। यताबाट भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्यहाँको दम्माम सहरमा उडान गर्न बजार अध्ययनसमेत गरिसकेको छ। निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान बन्द गरेपछि साउदीको दम्माम उडान गर्न खोजे पनि विविध कारण हालसम्म हुन सकेको छैन।

साउदी अरेबियाबाट त्यहाँको सरकारले तोकेको कुनै पनि वायुसेवा कम्पनीलाई नेपाल ल्याउन सके ठूलो फाइदा पुग्ने सरकारी अधिकारी तथा पर्यटन व्यवसायीको भनाइ छ। उताबाट विदेशी पर्यटकमात्र नभई यताबाट मुसलमानको पवित्र तीर्थस्थल मक्कामा हज गर्न जाने तीर्थयात्री पनि बर्सेनि बढिरहेका कारण दुवै देशलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ। 

मलेसियासँग यसअघि २००७ मा सम्झौता पुनरावलोकन भएको थियो। सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा २१ वटासम्म उडान गर्न पाउँछन्। मलेसियातर्फबाट यो संख्या पूरा भइसकेको छ भने यताबाट अझै १४ उडान संख्या बाँकी छ। 

मलेसियाको सरकारी वायुसेवा मलेसिया एयरलाइन्स र सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर एसिया एक्सले सातामा २१ उडान गरिरहेका छन्। यताबाट नेपाल वायुसेवा निगमले दैनिक एक उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि मलेसियाकै अर्को बजेट एयरलाइन्स मालिन्दो एयरलाई पनि सातामा सात उडान गर्ने अनुमति दिएको थियो। 

‘अस्थायी सञ्चालन अनुमति' अन्तर्गत मालिन्दोलाई उडान अनुमति दिइएको प्राधिकरणको भनाइ छ। हवाई सम्झौतामा उल्लेख भएको भन्दा सातवटासम्म बढी उडान गर्न दिन पाउने व्यवस्था गर्न पर्यटन मन्त्रालयले लगेको प्रस्ताव हालै मन्त्रिपरिषदले अनुमोदन गरेको थियो। त्यसैलाई आधार बनाएर मालिन्दोलाई अनुमति दिइएको थियो। 

‘हवाई सेवा सम्झौता भइसकेका देशसँग सम्झौतामा उल्लेख भएको सिट संख्या सम्बद्ध देशबाट आउने तोकिएका सबै वायुसेवाले बाँडेर लिने हो,' पर्यटन मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन्।' 

न्युजिल्यान्ड र आइसल्यान्डबाट आउँदा लामो दुरी पर्ने भएका कारण उताका वायुसेवाले नेपाल हुँदै अन्य देशका गन्तव्यमा पनि उडान अनुमति माग्न सक्छन्। यसका लागि नेपालको हवाई नीतिमा ‘फिफ्थ फ्रिडम राइट' बारे थप संशोधन गर्नुपर्ने हुन्छ। फिफ्थ फ्रिडम राइट भनेको एउटा वायुसेवा कम्पनीलाई नेपाल हुँदै उसको देशबाहेक अन्य देशका गन्तव्यमा उडान गर्न दिने अधिकार हो। 

हाल फिफ्थ फ्रिडम राइटसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ‘यस्तो अधिकार नदिने हो भने लामो दुरीबाट आउने वायुसेवालाई मात्र नभई हाम्रै हवाई उद्योगलाई पनि ठूलो घाटा लाग्ने छ,' नेपाल उडान गरिरहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिले भने, ‘सर्वोच्चबाट बाटो खुले हवाई बजार र पर्यटक आगमन वृद्धि हुनेछ भने यात्रुले सस्तो र सलर भाडामा उडान गर्न पाउँनेछन्।'

नेपालले हालसम्म विश्वका ३६ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस