सुशील भट्टराई, काठमाडौं, असार ७ -सरकारले पाँच देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन र दुईसँग नयाँ सम्झौता गर्ने भएको छ।
भुटान, युनाइटेड अबर इमिरेट्स (युएई), साउदी अरब, पाकिस्तान र बेलायतसँग सम्झौता पुनरावलोकन तथा टर्की र अस्ट्रेलियासँग पहिलो पटक सरकारले हवाई सम्झौता गर्न लागेको हो। भुटानसँग छ वर्षपछि, युएईसँग तीन, साउदी अरबसँग ११, पाकिस्तानसँग १५ र बेलायतसँग
१६ वर्षपछि पुनरावलोकन हुन लागेको हो।
'विगतमा भएको सम्झौताबाट नयाँ आउन चाहनेका लागि र आइरहेका वायुसेवाले उडान र सिट संख्या थप्न कठिन भएका कारण पुनरावलोकन गर्न लागेका हौं,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'टर्की र अस्ट्रेलियासँग नयाँ
सम्झौता गर्ने इच्छा सरकारको हो।'
उनका अनुसार भुटानसँग यसअघि सन् २००४ मा सम्झौता पुनरावलोकन भएको थियो। त्यहाँबाट राष्ट्रिय ध्वजावाहक ड्रुक एयरले काठमाडौंसम्म सातामा तीन उडान गरिरहेको छ। यहाँबाट भने निजी क्षेत्रको बुद्ध एयरले आगामी साउन १ बाट भुटानको पारोसम्म उडान गर्ने तयारी गरेको छ। उसले हालै भुटानमा सफल परीक्षण उडान गरेको थियो। भुटानले एकतर्फी सातामा १ हजार ४ सय सिट उपयोग गर्न पाउँछ।
युएईसँग पछिल्लो पटक २००७ मा सम्झौता पुनरावलोकन भएको थियो। उसले काठमाडौंका लागि प्रतिसाता ५ हजार ६ सय सिट उपयोग गर्न
पाउँछ। १९९९ मा सम्झौता पुनरावलोकन भएको साउदी अरेबियाले सातामा ४ सय सिट प्रयोग गर्न पाउने सम्झौता छ। १९९५ मा पुनरावलोकन भएको पाकिस्तानले सातामा ८ सिट उपयोग गर्न पाउँछ।
बेलायतसँग पछिल्लो पटक १९९४ मा सम्झौता पुनरावलोकन भएको थियो। उक्त सम्झौता अनुसार उसले एकतर्फी सातामा ६ सय सिट उपयोग गर्न पाउँछ। 'तर, हालसम्म पनि बेलायतबाट कुनै पनि वायुसेवा कम्पनीले नेपाल उडान गरेका छैनन्,' ती अधिकारीले भने।
नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या बढिरहेको लगायत कारण हवाई सेवा सम्झौता गर्ने तयारी गरिएको उनले बताए। युरोपेली राष्ट्र टर्कीसँग गत माघ दोस्रो साता सरकारले पहिलो पटक हवाई सम्झौता गर्ने निर्णय गरेको थियो। तर, हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन। टर्कीसँग दौत्य सम्बन्ध भने रहेको छ। टर्कीले सरकारी निर्णयहुनु केही महिनाअघि सम्झौताका लागि नेपालसमक्ष प्रस्ताव पेस गरेको थियो।
उनका अनुसार टर्कीको राष्ट्रिय ध्वजावाहक टर्कीस एयरले हाल भारतसम्म उडान गरिरहेको छ। हवाई सेवा सम्झौता भएर उडान सुरु भए उक्त एयरलाइन्सले काठमाडौंसम्म सेवा विस्तार गर्नेछ।
भुटान र युएईसँग चालु आर्थिक वर्षभित्र सम्झौता पुनरावलोकन गर्ने योजना भए पनि प्राविधिक कारण सम्भव नभएको उनले बताए।
'सम्झौतामा उल्लेख भएका सिट संख्या सम्बद्ध देशबाट आउने तोकिएका सबै वायुसेवाले बाँडेर लिने हो,' उनले भने, 'नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन्।'
नेपालले हालसम्म विश्वका ३५ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २४ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।
थप अन्तर्राष्ट्रिय वायुसेवा आउने
नेपाल उडान गर्न केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयमा इजाजत मागेका छन्। तिनमा मलेसियाको एयर एसिया एक्स र भारतको स्पाइस जेट छन्।
'उनीहरूले उडान इजाजत मागेका छन्,' मन्त्रालय सम्बद्ध अधिकारीले भने, 'इजाजत पाउन केही समय लाग्छ।' मलेसियाकै अर्को कम्पनी मलेसिया एयरलाइन्स र ओमानको ओमान एयरले हालै उडान इजाजत पाएका थिए। ओमानले यही असार मसान्तभित्र काठमाडौं उडान गर्ने मन्त्रालयले जनाएको छ।
हाल भारतबाट इन्डियन एयरलाइन्स, जेट एयरवेज, जेटलाइट एयरवेज र किङफिसर एयरलाइन्सले काठमाडौं उडान गरिरहेका छन्।