दुई देशसँग हवाई सम्झौता, तीनसँग पुनरावलोकन
१० कार्तिक २०७२
•
८ मिनेट पाठ
दुई देशसँग हवाई सम्झौता, तीनसँग पुनरावलोकन
काठमाडौं- नेपालले दुई देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता र तीन देशसँग सम्झौता पुनरावलोकन गरेको छ। टर्कीको एन्टाल्यामा कात्तिक २ देखि ६ सम्म भएको 'आइकाओ एयर सर्भिसेस निगोसिएसन इभेन्ट' मा उक्त सम्झौता भएको हो। नेपालले भियतनाम र न्युजिल्यान्डसँग पहिलो पटक हवाई सम्झौता गरेको हो। योसँगै अब नेपालले हवाई सम्झौता गरेका देशको संख्या ३८ पुगेको छ।




त्यसैगरी साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई) र पाकिस्तानसँग भने हवाई सम्झौता पुनरावलोकन भएको छ भने अफगानिस्तानसँग ६ महिनाभित्र सम्झौता गर्ने तथा कम्बोडियासँग एक वर्षभित्र वार्ता गर्ने समझदारी पनि भएको छ।

'नयाँ देशसँग भएको सम्झौता र पुनरावलोकनपछि मुलुकको उड्डयन क्षेत्रमा उल्लेख्य योगदान पुग्ने विश्वास छ,' हवाई सेवा सम्झौता र पुनरावलोकन वार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता प्रमोद नेपालले मंगलबार नागरिकसँग भने, 'हाम्रो अर्थतन्त्रमा पनि यसबाट सकारात्मक प्रभाव पर्ने छ।'

उनका अनुसार भियतनाम र न्युजिल्यान्डसँग भएको सम्झौतामा दुवै देशका तोकिएका वायुसेवा कम्पनीले सातामा १४/१४ उडान गर्न पाउने उल्ल्ेख छ। यताबाट पनि त्यति नै संख्यामा उडान गर्न पाइन्छ। यसमा सिट संख्या तोकिएको छैन। कार्गो उडान भने असीमित गर्न पाइने छ।

भियतनाम बौद्ध धर्मावलम्बी देश भएका कारण बुद्ध जन्मस्थल नेपालसम्म उडान गर्ने सम्भावना बलियो रहेको उनको भनाइ छ। न्युजिल्यान्डबाट सिधा उडान गर्न सम्भव नहुने भए पनि त्यहाँको सरकारी कम्पनी एयर न्युजिल्यान्डले सिंगापुरको सिल्क एयरसँग 'कोड सेयर' सम्झौता गरेर नेपाल आउने सम्भावना रहेको उनले बताए।

सन् १९९७ मा सम्झौता पुनरावलोकन भएको साउदी अरेबियाले सातामा ४ सय सिट प्रयोग गर्न पाउने सम्झौता थियो। यो भनेको सातामा दुई उडानबराबर हो। अब भएको पुनरावलोकन सम्झौताअनुसार साताको दुईबाट एकैचोटि बढाएर २८ उडान संख्या बनाइएको छ। साउदीका जुनसुकै विमानस्थल तथा नेपालका पनि काठमाडौं तथा निर्माणाधीन भैरहवा र पोखरा विमानस्थलमा पनि जुनुसुकै प्रकारको जहाज प्रयोग गरी सिधै उडान गर्न पाउने सम्झौता भएको हो।

तर, त्यहाँबाट हालसम्म कुनै पनि वायुसेवा कम्पनीले नेपालमा उडान गरेका छैनन्। यताबाट भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्यहाँको दम्माम सहरमा उडान गर्न बजार अध्ययनसमेत गरिसकेको छ। निगमले युएईको दुबई उडान बन्द गरेपछि साउदीको दम्माम उडान गर्न खोजे पनि विविध कारण हालसम्म हुन सकेको छैन।

सम्झौतामा साउदीले दम्मामका लागि भने असीमित संख्यामा उडान गर्न दिन हस्ताक्षर गरेको सहप्रवक्ता नेपालले जानकारी दिए। साउदीबाट त्यहाँको सरकारले तोकेको कुनै पनि वायुसेवा कम्पनीलाई नेपाल ल्याउन सके ठूलो फाइदा पुग्ने सरकारी अधिकारी तथा पर्यटन व्यवसायीको भनाइ छ। उताबाट विदेशी पर्यटकमात्र नभई यताबाट मुसलमानको पवित्र तीर्थस्थल मक्कामा हज गर्न जाने तीर्थयात्री पनि बर्सेनि बढिरहेका कारण दुवै देशलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ।

सन् १९९९ मा पहिलोपल्ट हवाई सेवा सम्झौता भएको युएईसँग पछिल्लो पटक २००२, २००७ र २०१३ मा सम्झौता पुनरावलोकन भएको थियो। उसले काठमाडौंका लागि प्रतिसाता २८ उडान गर्न पाइरहेको थियो। सिट संख्या भने तोकिएको थिएन। २००७ मा उसले सातामा ५६ उडान मागे पनि नेपालले आधामात्र दिएको थियो। हाल युएईबाट एयर अरेबिया, इतिहाद एयरवेज र फ्लाई दुबईले नेपाल उडान गरिरहेका छन्।

२०१३ मा काठमाडौंमा भएको सम्झौता पुनरावलोकनपछि दुवै देशका तोकिएका वायुसेवाले जुनसुकै प्रकारको जहाज प्रयोग गरी प्रतिसाता ७० वटासम्म नियमित उडान गर्न पाइरहेका छन्। अब भएको पुनरावलोकन सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा १ सय ४० उडान गर्न पाउनेछन्। हालको ७० काठमाडौंका लागि हो भने युएईले नयाँ १ सय ४० भैरहवा र पोखरा विमानस्थलमा सिधै आधा–आधा उडान गर्न पाउने छ।

१९९५ मा सम्झौता पुनरावलोकन भएको पाकिस्तानले सातामा ८ सय सिट उपयोग गर्न पाइरहेको थियो। यो भनेको सातामा चार उडानबराबर हो। त्यस्तै उताबाट एउटामात्र गन्तव्य (इस्लामावाद) बाट त्यहाँको सरकारी कम्पनी पाकिस्तान इन्टरनेसनल एयरवेज (पिआइए) ले काठमाडौंका लागि सातामा चार उडान गरिरहेको थियो र हाल बन्द गरेको छ। यताबाट भने हालसम्म सरकारी वा निजी कुनै पनि वायुुसेवाले पाकिस्तान उडान गरेका छैनन्।

नयाँ पुनरावलोकन सम्झौताअनुसार पाकिस्तान र नेपाल दुवैका सरकारले तोकेका वायुसेवाले सातामा १९/१९ उडान गर्न पाउँनेछन्। पाकिस्तानका इस्लामावाद, कराँची, शैलकोट र फैजलबाद उडान गर्न पाइने छ भने यहाँ काठमाडौं, पोखरा र भैरहवा जुनमा उडान गरे पनि पाइने छ।

नेपालले हालसम्म विश्वका ३८ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस