काठमाडौं — सरकारले तीन देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन र दुईसँग नयाँ सम्झौता गर्ने भएको छ। पाकिस्तान, भुटान र साउदी अरबसँग सम्झौता पुनरावलोकन तथा इन्डोनेसिया र अस्ट्रेलियासँग पहिलो पटक सरकारले हवाई सम्झौता गर्न लागेको हो । भुटानसँग नौ वर्षपछि, साउदी अरबसँग १४ र पाकिस्तानसँग १८ वर्षपछि पुनरावलोकन हुन लागेको हो।'विगतमा भएको सम्झौताबाट नयाँ आउन चाहनेका लागि र आइरहेका वायुसेवाले उडान र सिट संख्या थप्न कठिन भएका कारण पुनरावलोकन गर्न लागेका हौं,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले नागरिकसँग भने, 'इन्डोनेसिया र अस्ट्रेलियासँग नयाँ सम्झौता गर्ने इच्छा सरकारको हो ।'
आचार्यका अनुसार भुटानसँग यसअघि सन् २००४ मा सम्झौता पुनरावलोकन भएको थियो । त्यहाँबाट उसको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरले काठमाडौंसम्म सातामा तीन उडान गरिरहेको छ । यहाँबाट भने निजी क्षेत्रको बुद्ध एयरले भुटानको पारोसम्म चार्टर उडान गरिरहेको छ । भुटानले एकतर्फी सातामा १ हजार ४ सय सिट उपयोग गर्न पाउँछ ।
भुटानले पाँचौं स्वतन्त्र अधिकार (फिफ्थ फ्रिडम राइट) लाई अझै सरल बनाइदिन अनरोधसहित वार्ता प्रस्ताव गरेको हो । हाल ड्रुक एयरले भुटानको पारोबाट भारत नयाँदिल्लीमा ओर्लिएर त्यहाँबाट काठमाडौं आइरहेको छ । यो नियममा थप सरल हुनुपर्ने उनीहरूले माग गरेका छन् ।
सन् १९९९ मा सम्झौता पुनरावलोकन भएको साउदी अरेबियाले सातामा ४ सय सिट प्रयोग गर्न पाउने सम्झौता छ । तर, त्यहाँबाट हालसम्म कुनै पनि वायुसेवा कम्पनीले नेपालमा उडान गरेका छैनन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साउदी अरबको दम्माम उडान गर्न बजार अध्ययनसमेत गरिसकेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान बन्द गरेपछि साउदी अरबका दम्माम उडान गर्न खोजे पनि विविध कारण हालसम्म हुन सकेको छैन ।
साउदी अरबबाट त्यहाँको सरकारले तोकेको कुनै पनि वायुसेवा कम्पनीलाई नेपाल ल्याउन सके ठूलो फाइदा पुग्ने आचार्यको भनाइ छ । उताबाट विदेशी पर्यटकमात्र नभई यताबाट मुसलमानको पवित्र तीर्थस्थल मक्कामा हज गर्न जाने तीर्थयात्री पनि वर्सेनि बढिरहेका कारण दुवै देशलाई फाइदा पुग्ने उनले बताए ।
१९९५ मा सम्झौता पुनरावलोकन भएको पाकिस्तानले सातामा ८ सय सिट उपयोग गर्न पाउँछ । उताबाट ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरवेज (पिआइए) ले काठमाडौंका लागि सातामा चार उडान गरिरहेको छ । यताबाट भने हालसम्म सरकारी वा निजी कुनै पनि वायुुसेवाले पाकिस्तान उडान गरेका छैनन् ।
'तीनवटा देशसँग हवाई सम्झौता पुनरावलोकन र दुइटासँग नयाँ सम्झौता गर्न गृहकार्य भइरहेको छ,' सहसचिव आचार्यले भने, 'द्विपक्षीय हित हुने भएका कारण सकेसम्म चाँडै काम सक्ने लक्ष्य छ ।'
भुटान र पाकिस्तानसँग चाँडै सम्झौता पुनरावलोकन हुने उनले बताए । पुनरावलोकन वार्ता स्थल द्विपक्षीय छलफलपछि टुंगो लगाइने उनले जानकारी दिए । आफ्नै मुलुक वा भटान, पाकिस्तान जहाँ पनि वार्ता हुन सक्नेछ ।
नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या बढिरहेको लगायत कारण हवाई सेवा सम्झौता गर्ने तयारी गरिएको आचार्यले बताए । इन्डोनेसियासँग सम्झौत भयो भने त्यहाँको राष्ट्रिय ध्वजावाहक गरुडा इन्डोनेसिया एयरलाइन्सले काठमाडौं उडान गर्न सक्छ । अस्ट्रेलिया र इन्डोनेसिया कुनै पनि देशमा नेपालबाट हालसम्म उडान भएको छैन ।
'हवाई सेवा सम्झौता भइसकेका देशसँग सम्झौतामा उल्लेख भएको सिट संख्या सम्बद्ध देशबाट आउने तोकिएका सबै वायुसेवाले बाँडेर लिने हो,' आचार्यले भने, 'नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन् ।'
नेपालले हालसम्म विश्वका ३६ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ । हाल ती देशका २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् ।