काठमाडौं-तिहारको मुखमा राजधानीका बासिन्दाको भान्सा महँगिएको छ। एक महिनाको अवधिमा केही तरकारीको भाउ दोब्बरभन्दा माथि पुगेको छ। खुद्रा बजारमा रातो आलुको भाउ प्रतिधार्नी दुई सय रुपैयाँ र गोलभेंडा प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ तोके पनि सानेपा, धोवीघाटलगायत क्षेत्रका खुद्रा पसलमा प्रतिकिलो सय रुपैयाँसम्ममा कारोबार भएको छ। त्यस्तै, कालीमाटीमा रातो आलुको खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिए पनि बाहिरी बजारमा प्रतिकिलो ८० रुपैयाँसम्ममा किनबेच भयो। बुधबार विहान धोवीघाटमा तरकारी किन्दै गरेकी गृहणी समा भण्डारीले तरकारी महँगिएकाले गाह्रो हुँदै गएको बताइन्। ‘तरकारीको भाउ निकै बढेको छ। अब त किन्न पनि हम्मेहम्मे पर्न थालिसक्यो,' उनले भनिन्।
कालीमाटी बजारमा पछिल्लो एक महिनामा अधिकांश तरकारीको थोक मूल्य बढेको छ। भदौ अन्तिम साता प्रतिकिलो ४९ रुपैयाँ रहेको सानो गोलभेंडाको थोक मूल्य असोज अन्तिम साता २७ प्रतिशतले बढेर ६२ रुपैयाँ पुगेको छ। त्यस्तै, रातो आलुको थोक मूल्य एक महिनाको अवधिमा १७ प्रतिशतले बढेर ५४ रुपैयाँ पुगेको छ। सेतो आलुको थोक मूल्य पनि एक महिनामा करिब २६ प्रतिशतले बढेको छ। भदौ अन्तिम साता प्रतिकिलो ३९ रुपैयाँ रहेको सेतो आलु किन्न अहिले ४९ रुपैयाँ तिर्नुपर्छ।
पछिल्लो एक महिनामा मुला सबैभन्दा धेरै महँगिएको छ। सेतो मुलाको मूल्य भदौको तुलनामा अहिले दोब्बरभन्दा माथि पुगेको भएको छ। भदौको अन्तिम साता प्रतिकिलो १६ रुपैयाँ रहेको मुलाको थोक मूल्य अहिले ३८ रुपैयाँ पुगेको छ। हरियो केराउको मूल्य पनि ३६ प्रतिशतले बढेर प्रतिकिलो ७५ पुगेको छ। गत भदौ अन्तिम साता हरियो केराउको मूल्य ५५ रुपैयाँ प्रतिकिलो थियो।
एक महिनामा च्याउ, अदुवा जस्ता तरकारीको मूल्य भने घटेको छ। च्याउको मूल्य भदौको अन्तिम साताको तुलनामा असोज अन्तिम साता २५ प्रतिशतले घटेको छ। एक महिनाअघि प्रतिकिलो एक सय ६० रुपैयाँ रहेको च्याउको थोक मूल्य अहिले एक सय २० रुपैयाँ छ। त्यस्तै, अदुवाको मूल्य एक महिनामा एक सय २३ बाट ८७ रुपैयाँमा झरेको छ।
सामान्य समयको तुलनामा बजारमा ७० प्रतिशत कम तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका योजना अधिकृत विनय श्रेष्ठले बताए। दुईदिने झरीले देशभित्रैबाट आयात हुने तरकारी पनि आउन नसकेकाले उपभोक्ता महँगीको मारमा परेको उनले बताए।
अरु बेला दैनिक सात सय टन आयात भइरहेको तरकारी तथा फलफूल अहिले दैनिक साढे पाँच सय टनमात्र आइरहेको उनले बताए। ‘अहिले उत्पादन पनि घटेको छ,' उनले भने। उत्पादन र आयात घटेका कारण तरकारीको मूल्य अकासिएको उनको भनाइ छ।
तरकारी कम, ग्राहक बढी भएकाले महँगिएको लगनखेलका तरकारी व्यापारी रुपकुमार श्रेष्ठ बताउँछन्। थोक बजारमै महँगो भएकाले खुद्रा बजारमा पुग्दा मूल्य दोब्बरसम्म पुगेको उनले बताए। आपूर्ति कम भएकाले मूल्य वृद्धि भएको उनको भनाइ छ। थोक र खुद्रा बजारबीच सूचना आदानप्रदान नभएकोले पनि खुद्रा बजारमा तरकारी महँगो परेको उनको भनाइ छ। ‘थोक बजारमा तरकारी भाउ घटबढ भइरहेको हुन्छ, तर धेरै खुद्रा व्यापारी यसबारे जानकार हुँदैनन्,' उनले भने।
गत वर्ष काठमाडौंमा खपत भएको दुई लाख ३५ हजार मेटि्रक टन तरकारीमध्ये करिब ५८ हजार टन भारतबाट आयात गरिएको थियो। भारतबाट सबैभन्दा धेरै प्याज, रातो आलु र सेतो आलु आयात गरिएको थियो। सोही अवधिमा चीनबाट करिब एक हजार पाँच सय टन प्याज ल्याइएको थियो।
नेपालमा प्याजको उत्पादन कुल खपतको पाँच प्रतिशतभन्दा कम छ। कालीमाटी तरकारी बजारमा भित्रिएको २१ हजार दुई सय ५० टन प्याजमा स्वदेशी उत्पादन हजार टनमात्र थियो।
आलु, प्याज, लसुनजस्ता तरकारीमा भारतमा आश्रित हुनुपरे पनि साग, मुला, सलगम, च्याउजस्ता तरकारीको माग घरेलु उत्पादनले पूर्ति गरेको छ। गोलभेंडामा आत्मनिर्भर भएको भनिए पनि कालीमाटी तरकारी बजारमा ३५ प्रतिशत ठूलो गोलभेंडा भारतबाट आउने गरेको श्रेष्ठले बताए। सानो भने नेपाली उत्पादनले नै धानेको छ।
‘नेपालले सानो गोलभेंडा भारतसमेत निर्यात गर्छ। सबै कुरा राम्रो भए मध्यपूर्वमा समेत निर्यात गर्न सकिन्छ,' बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक कुँवर भन्छन्। नेपालमा तरकारीको व्यावसायिक उत्पादन हुन नसकेको र बजार संकलन केन्द्र, चिस्यान केन्द्रलगायतका सुविधाको कमी भएकाले पनि उत्पादन भएको तरकारी बजारमा पठाउन गाह्रो भइरहेको उनको ठहर छ। ‘नेपालमा तरकारीको उत्पादन महँगो छ। कृषिमा आकर्षण बढेको छ तर भारतमा जस्तो कृषिमा अनुदान छैन। नेपालमा कृषि उपकरणमा जम्मा ५ प्रतिशत अनुदान छ जबकी भारतमा यो ५५ प्रतिशत छ।'
नेपालभित्रै उत्पादन भई राजधानी भित्रिने तरकारीको अधिकतम हिस्सा धादिङको छ। धादिङ एक्लैले राजधानीको तरकारीको मागको करिब १८ प्रतिशत पूरा गर्छ। गत वर्ष धादिङबाट कालीमाटीमा ४१ हजार पाँच सय टनभन्दा धेरै तरकारी भित्रिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक छ । यसमा धेरै मात्रा स्थानीय काउली, सानो गोलभेंडा, बन्दा, लौका, भान्टा, तिते करेला जस्ता तरकारीको थियो। धादिङबाहेक काभ्रे, मकवानपुर, काठमाडौंलगायत जिल्लाले पनि राजधानीमा धेरै मात्रामा तरकारी पठाउने गरेका छन्।