ऋषिकेश दाहाल, काठमाडौं, साउन ८,किलोको ४० रुपैयाँभन्दा सस्तो चामल र सय रुपैयाँभन्दा तल दाल किन्न पाइँदैन। प्याजबाहेक सबै तरकारीको भाउ अकासिएको छ। 'बजारमा केही किन्न सकिने स्थिति छैन, किलोमा १५/२० रुपैयाँ नबढेको सामानै पाइन्न,' बुधबार कालीमाटी तरकारी बजारमा भेटिएका ४७ वर्षीय गोविन्द धितालले भने।
दैनिक उपभोग्य खाद्यान्न र तरकारी मूल्य बढेर सहरी क्षेत्रको भान्सा महागो भएको छ। न्यून र मध्यम आम्दानी भएका सहरिया बढ्दो बजारभाउको मारमा परेका छन्।
मागअनुसार खाद्यान्न आपूर्ति नभएपछि महागीले दैनिक जीवन प्रभावित भएको हो। 'पाँच वर्षअघि एउटा परिवारलाई धान्न मासिक ५ हजार रुपैयाँको खाद्यान्न पर्याप्त हुन्थ्यो,' खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, 'यही परिमाणको खाद्यान्न उपभोग गर्ने परिवारको मासिक खर्च अहिले १० हजार रुपैयाँ नाघेको छ। पहिले बोराबोरा चामल किन्ने अहिले किलोमा झरेका छन्।'
बजारमा पैसाको प्रवाह अत्यधिक रहेकाले मूल्य वृद्धि नरोकिएको मौद्रिक अर्थशास्त्रीहरुको धारणा छ। रेमिटेन्स, वितरणमुखी कार्यक्रममा सरकारी खर्च वृद्धि, बजारमा नगद प्रवाह विस्तारले सर्वसाधारणको हातमा धेरै पैसा छ। पैसाको अधिकांश हिस्सा उपभोग्य वस्तु किनमेलमा गएको छ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा उपभोग दोब्बर छ। 'आव २०६४/६५ मा ३ दसमलव ३ प्रतिशत उपभोग वृद्धि भएकोमा आव २०६४/६५ मा ६ प्रतिशतले बढ्यो,' सर्वेक्षणमा भनिएको छ, 'वस्तुको खपत बढी हुन थालेकाले अघिल्लो वर्षभन्दा बचत वृद्धि रोकिएको छ।'
सर्वसाधारणको हातमा पैसा भएकाले बजारमा माग घटेको छैन। यसले मूल्य वृद्धि नियन्त्रणमा समस्या आएको राष्ट्र बैंकका अधिकारीको दाबी छ। रेमिटेन्सका कारण बाहृय अर्थतन्त्रबाट अघिल्लो वर्षभन्दा बढी पैसा आएको छ।
'सरकारले ठूलो आकरको बजेट ल्याए पनि प्रतिफल दिनसक्ने ठाउँमा लगानी गर्न नसक्दा यस्ता क्षेत्रमा बढी खर्च भएको छ,' अर्थशास्त्री विश्वम्भर प्याकुरेलले भने, 'खाद्यवस्तुको मूल्य बढ्नुको एउटा कारण यही हो ।'
प्याकुरेलका अनुसार उपभोग्य वस्तुको मूल्य बढ्नुमा पुँजीको पर्याप्ततासागै गैरआर्थिक गतिविधिको उत्तिकै हात छ। 'थोक बिक्रेताको समूहबाट बजारमा कार्टेलिङ भएको छ,' उनले भने।
कूल गार्हस्थ उत्पादनको २० प्रतिशत रहने रेमिटेन्सको ठूलो हिस्सा आधारभूत उपभोग्य सामान आयातमा खर्च भएको सरकारी तथ्यांक छ।
यसले वस्तुको थप माग बढाएको छ भने त्यस अनुसार आपूर्ति हुन सकेको छैन। 'सहरी क्षेत्रले वित्तीय सहयोग सजिलै पाएकाले वस्तु माग बढाएको छ र आपूर्ति कमजोर बनेको छ,' राष्ट्र बैकका अनुसन्धान निर्देशक रमेशकुमार पोखरेलले भने।
पछिल्लो सरकारी तथ्यांक अनुसार एक नेपालीको वाषिर्क आम्दानी ४ सय ८४ अमेरिकी डलर छ। गत वर्ष यो दर ३ सय ७० डलरमात्र थियो। प्रतिव्यक्ति आय बढ्नुमा रेमिटेन्सको प्रमुख भूमिका छ। 'आम्दानी बढेकाले खर्च गर्ने क्रम बढ्यो,' पोखरेलले भने, 'यसको सोझो असर सरकारले संकलन गर्ने करमा देखा पर्यो।'
उनका अनुसार सरकारले भन्सार, भ्याट र अन्तःशुल्कबाट लक्ष्यभन्दा बढी राजस्व उठाउन सक्नुको पछाडि खर्चालु प्रवृत्ति एक हो। मुलुकमा आन्तरिक उत्पादन नबढी राजस्व बढ्नुले खपतको परिमाण बढाएको प्रस्टिन्छ। यसरी बढेको राजस्वलाई अर्थशास्त्रीहरु पूर्ण रुपमा सही मान्दैनन्।
भारतको मूल्यले नेपालको उपभोक्ता बजार सधै प्रभावित हुँदै आए पनि यसपटक उल्टो परिणाम देखिएको छ। भारतमा मूल्यवृद्धि एक प्रतिशतभन्दा कम रहादा नेपालमा करिब १४ प्रतिशत नाघेको छ। मुलुकमा खपत हुने कूल वस्तुमध्ये ६० दसमलव १ प्रतिशत स्थान खाद्यान्नले लिन्छ।
आर्थिक सर्वेक्षणले खाद्यवस्तुको मूल्यवृद्धि १७ प्रतिशत पुगेको देखाएको छ। सर्वेक्षणले देशव्यापी उपभोक्ता मूल्यवृद्धि १३ दसमलव १ प्रतिशत र सहरी क्षेत्रको मूल्यवृद्धि सबैभन्दा बढी १३ दसमलव ८ प्रतिशत रहेको देखाएको छ।
यो तथ्यांक सार्वजनिक भएयता अति आवश्यकीय वस्तुको बजारमूल्य १० प्रतिशतभन्दा माथि चढिसकेको छ। 'विगतको द्वन्द्वले मानिसलाई सहरमा जान बाध्य पार्यो,' राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पुष्पराज राजकणिर्कारले भने, 'रेमिटेन्न्स भित्र्याउनाले पनि सहरी क्षेत्रमा मात्र लगानी बढायो। यसले सहरमा वस्तुको माग धेरै र आपूर्ति कम हुन पुग्यो।'