कुखुरा मासुको मूल्य घट्यो
२१ भदौ २०७१
•
५ मिनेट पाठ
कुखुरा मासुको मूल्य घट्यो
चितवन-कुखुरा मासुको मूल्य लगातार घट्दा ब्रोइलर कुखुरा पाल्ने किसान मर्कामा परेका छन्। चितवनमा कुखुरा व्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैयाँ कामय गरेको छ। किसानहरु योभन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन्।

'किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैयाँसम्म पाएका छन्,' नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने। चितवन नवलपुर कुखुरापालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागतभन्दा कम भन्छन्। किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैयाँमा चल्ला किनेर खोरमा राखेका थिए।

'राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म हुन्छ। समान्यतः दुई किलोभन्दा बढीको हुँदैन। अहिले ७५ देखि ८० रुपैयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैयाँसम्म पाउँछन्,' अध्यक्ष ज्ञवालीले भने। ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० देखि दुई सय ८० रुपैयाँसम्म थप लागत लाग्छ।

'यो पनि हजारभन्दा धेरै चल्ला पाल्दा लाग्ने हो। थोरै पाल्दा खर्च बढी हुन्छ। पालेका सबै हुर्कदैनन्। हिसाब गर्दा घाटाबाहेक केही छैन,' अध्यक्ष पाण्डेले भने। चल्ला हुर्काउन प्रतिदिन सवा ६ रुपैयाँ खर्च हुने उनको भनाइ छ।

'तर हामीले जुन मूल्य पाएका छौं त्यसले प्रतिदिन साढे तीन रुपैयाँ हाराहारी मात्रै खर्च दिन्छ। एउटा कुखुरा पाल्दा हुर्काउन लाग्ने खर्चमा मात्रै प्रतिदिन तीन रुपैयाँ घाटा छ,' पाण्डेले भने। जिउँदो कुखुराको मूल्य दुई सय ४० रुपैयाँसम्म परे केही राहत हुने पाण्डेको भनाइ छ। वर्षेनी दाना र चल्लाको मूल्य बढ्ने तर त्यसको अनुपातमा कुखुराको मूल्य नबढेको किसान बताउँछन्।

अमरापुरीमा २०६१ सालदेखि ब्रोइलर पाल्दै आएका ज्ञवाली भन्छन्, 'मैले सुरु गर्दा दानाको मूल्य १५/१६ रुपैयाँ प्रतिकेजी थियो। चल्लालाई अत्यन्त धेरै परे २० रुपैयाँ पर्थ्यो। मैले कुनै बेला १० रुपैयाँमा चल्ला राखेको छु। यस्तो बेलामा पनि कुखुरा ६०/७० रुपैयाँ किलोमा बिक्थ्यो।' अहिले दाना किलोको ४८ देखि ५१ रुपैयाँ छ। चल्ला ७५ देखि ८० रुपैयाँ गोटा पर्छ।

'यस्तो बेलामा पनि सयदेखि एक सय १५ रुपैयाँसम्ममा कुखुरा बेचेर के पाइदा हुने हो,' ज्ञवालीले भने। २०४८ सालदेखि कुखुरा पाल्दै आएका चितवन दिव्यनगरका बलराम राउत किसानहरु ह्याचरी र दाना उद्योगको नाफा कमाउने माध्यममात्रै भएको टिप्पणी गर्छन्। 'दाना र चल्लाको मूल्य अनियन्त्रित र मनपरी भयो। जस्ले किसानलाई उठिबास लागाउँदै छ,' राउतले भने।

'नाफा हुन्छ भन्ने लोभ देखाएर धेरै चल्ला र दाना बेच्ने अनि कुखुरा बेच्ने समय हुँदा भाउ घटाउने चलन पहिलेदेखिकै छ। ठूलठूला व्यवसायीले कति बेला चल्ला हाल्दा नाफा हुन्छ भन्ने मेसो पाएका हुन्छन्। अरु सानालाई जानकारी हुँदैन,' पाण्डेले भने।

'चितवन र नवलपरासीको नवलपुर क्षेत्रमा मात्रै हजारभन्दा केही धेरै र हजारभन्दा तल कुखुरा पाल्ने किसान सात हजार हाराहारी छन्। यस्ता किसानको मर्कामा कसैको ध्यान जाँदैन। सरकारलाई पनि ठूला फार्मको मात्रै वास्ता छ,' चितवन नवलपुर कुखुरापालक संघका अध्यक्ष दीपक पाण्डेले भने।
अर्को समाचार
कुखुराको मासुको मूल्य घट्यो
२० भदौ २०७७
•
२ मिनेट पाठ
कुखुराको मासुको मूल्य घट्यो
तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो। एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ। कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्।  

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए। “४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन”, उनले भने, “कुखुरा र तरकारी एउटै जस्तै हो। लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन। अहिले मासु खपत हुने ठाँउ बन्द जस्तै छ।”  

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए। समान्यतय ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ। २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ।  

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ। प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ। उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्। बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ। लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन्। एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन्। उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ। यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
कुखुराको भाउ घट्यो
नागरिक नागरिक • · १४ असोज २०६९ · २ मिनेट पाठ
कुखराको मासु किलोमा ५० घट्यो
नागरिक नागरिक • · ०६ कार्तिक २०६७ · ६ मिनेट पाठ
कुखुराको मासुको भाउ घट्यो
कुखुराको मासुको भाउ घट्यो
नागरिक नागरिक • · ३१ भदौ २०६८ · १ मिनेट पाठ
घट्यो कुखुराको मूल्य
नागरिक नागरिक • · २९ वैशाख २०६७ · २ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस