काठमाडौं, वैशाख ३० (नागरिक) - एकसाता लामो आम हड्तालले कुखुराको मासुको मूल्य घटेको छ।
बजारमा प्रतिकिलो दुईसय ६० रुपैयाँमा रहेको कुखुराको मासु अब २ सय ४५ मा झरेको छ। कुखुरा व्यबसायीको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेका हुन्।
'किसानले पाउने मूल्य किलोमा १० रुपैयाँ घटाउने निर्णय भएको छ,' कुखुरापालक किसान संघका अध्यक्ष गोकर्ण घिमिरेले भने। किसानले विहीबारदेखि जिउँदो कुखुरा बेच्दा किलोको एकसय ७० रुपैयाँ पाउनेछन्। झण्डै साढे तीन महिनादेखि किसानले कुखुराको मूल्य किलोको एकसय ८० रुपैयाँ पाइरहेका थिए।
नयाँ मूल्य अनुसार, उपभोक्ताले एक किलो जिउँदो कुखुरा किन्दा किलोको एकसय ८० रुपैयाँ तिर्नुपर्नेछ। 'उपभोक्ताले सफा गरेको मासु दुईसय ४५ रुपैयाँमा पाउनेछन्,' घिमिरेले भने।
'एक सातासम्म बेच्न नपाएको कुखुराको चाप बजारमा परेकोले मूल्य घटेको हो,' नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने। गर्मीको समयमा मासुको माग केही घट्ने बजारको प्रवृत्ति छ। तर अहिले मासुको मूल्य घट्नुमा एक सातासम्म रहेका कुखुरा एकैपटक बजारमा आउनु रहेको व्यापाले बताएका छन्। 'अब विस्तारै कुखुराको मूल्य हरेक हप्ता जस्तो घट्न सक्छ,' घिमिरेले भने।