काठमाडौं, कात्तिक २४ (नागरिक) - राजधानीमा कुखुरा मासुको मूल्य किलोको दुई सय रुपैयाँमा झरेको छ। गत सोमबार २० रुपैयाँले घटेको कुखुराको भाउ शुक्रबारदेखि लागु हुनेगरी थप १० रुपैयाँ सस्तिएको छ। बिहीबारसम्म किलोको दुईसय १० रुपैयाँमा कारोबार भएको कुखुराको मासु अब दुई सय रुपैयाँ मात्र पर्ने भएको छ।
'मासुको खपत यस्तो दयनीय रुपमा यो भन्दा पहिले कहिल्यै पुगेको थिएन,' कुखुरा बिक्री व्यबसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने। उनका अनुसार ट्राफिक प्रहरीले सञ्चालन गरेको मादक पदार्थ सेवन (मापसे) कारबाहीले कुखुराको मासुको खपत होटल, रेस्टुरेन्टमा भारीमात्रामा घटेको छ।
त्यस्तै अहिले तराईमा छठको समयमा बिक्री नभएका कुखुराको आपूर्ति राजधानीमा भएकाले पनि कुखुराको भाउ घटाउन दबाब परेको छ। बिहीबार बसेको दाना व्यवसायी, मासु बिक्रेता र कुखुरापालक किसानको संयुक्त बैठकले मासुको भाउ घटाउने निर्णय गरेको हो।
जिउँदो कुखुराको भाउ पनि किलोमा ५ रुपैयाँले घटेको छ। उपभोक्ताले प्रतिकिलो एक सय ५५ रुपैयाँमा जिउँदो कुखुरा किन्न पाउने भएका छन्। किसानले भने साढे दुई किलोभन्दा बढी तौलाको जिउँदो कुखुरा बेच्दा किलोको एक सय ४५ रुपैयाँमात्र पाउनेछन्।
व्यवसायीका अनुसार पिलेट दाना ख्वाएर पाल्ने किसानको लागत प्रतिकिलो एकसय ५० पर्छ भने मास (धुलो) दाना ख्वाउँदा एकसय ६५ पर्छ। नयाँ भाउले कुखुरा पाल्ने किसानलाई घाटा लाग्ने भएको छ। पिलेट दाना ख्वाउँदा ४० दिनमा दुई किलोको कुखुरा तयार हुन्छ भने मास दाना ख्वाउँदा यो तौल हुन ५५ दिनसम्म लाग्छ। दसैंअघि प्रतिकिलो दुई सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
चल्ला पनि सस्तियो
मासुको भाउ घटेसँगै ब्रोइलर चल्लाको भाउ पनि घटेको छ। राजधानीका प्रमुख ह्याचरीले प्रतिगोटा चल्लाको मूल्य पुनः ५ रुपैयाँले घटाएका छन्। सोमबार पनि प्रतिगोटा ५ रुपैयाँले मूल्य घटेको थियो।
'मंगलबारदेखि चल्लाको भाउ ३० रुपैयाँ गरिएको छ,' आशापुरी ह्याचरीका प्रोप्राइटर नारायणहरि खत्रीले भने। भ्याली पोल्ट्री, आशापुरी ह्याचरी लगायत आधा दर्जन ह्याचरीहरुले चल्लाको मूल्य घटाएका हुन्।
अहिले चल्लाको माग निकै घटेको छ। कुखुराको बिक्री ठप्प जस्तै भएकाले किसानले कुखुरा पाल्न छाडेका छन्। 'यतिखेर चल्लाको माग नहुनु भनेको दुई महिनापछि कुखुराको मासुको हाहाकार हुने निश्चित छ,' बिसीले भने। खोरमा चल्ला राखेर पाल्न सुरु गरेपछि ४० दिनमा मात्र बिक्रीयोग्य हुन्छ।