महँगियो कुखुरा
२२ असार २०६७
•
१ मिनेट पाठ
महँगियो कुखुरा
काठमाडौं, असार २३ (नागरिक) - कुखुराको मासुको मूल्य फेरि किलोमा १५ रुपैयाँ बढेको छ।
कुखुरा व्यवसायीको शनिबार बसेको बैठकले मासुको खुद्रा मूल्य किलोको १५ रुपैयाँ बढाएर दुई सय रुपैयाँ गर्ने निर्णय गरेको छ। व्यवसायीले जिउँदो कुखुराको मूल्य भने किलोको एक सय ५० रुपैयाँ तोकेका छन्।




किसानले एक किलो जिउँदो कुखुरा बेच्दा एकसय ४० रुपैयाँ पाउनेछन्। 'गर्मी समय भएकाले धेरै कुखुरा मरेकाले मागअनुसार उत्पादन नभएकोले मूल्य बढाइएको हो,' दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने।
अर्को समाचार
कुखुराको मासु महँगियो
०७ असार २०७१
•
४ मिनेट पाठ
कुखुराको मासु महँगियो
काठमाडौं- मागअनुसार उत्पादन हुन नसकेपछि जिउँदो कुखुरा र मासुको मूल्य बढ्ने छ। कुखुरा बिक्री व्यवसायी संघ र कुखुरापालक किसान संघबीच भएको सहमतिअनुसार साढे दुई केजीभन्दा माथि तौलको जिउँदो कुखुराको प्रतिकिलो मूल्य दुई सय ५० र तयारी मासुको तीन सय ५५ रुपैयाँ पुगेको छ।नयाँ मूल्य आइतबारबाट लागू हुने नेपाल पोल्ट्री व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले जानकारी दिए।
खत्रीका अनुसार यसअघि जिउँदो कुखुराको मूल्य दुई सय ४० र मासुको ३ सय ४० रुपैयाँ प्रतिकिलो थियो। जिउँदो कुखुराको १० रुपैयाँ र मासुको प्रतिकिलो १५ रुपैयाँ मूल्य बढाइएको संघले जनाएको छ।
गत भदौमा काठमाडौं उपत्यकामा महामारीको रुपमा बर्डफ्लु फैलिएको थियो। त्यसबेला धेरै कुखुरा फार्म नष्ट गरिए पनि पीडितलाई पुनर्स्थापना गर्न सरकारले कुनै पहल नगरेको र त्यसैको नतिजा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्। ती व्यवसायीले पुनः कुखुरा नपाल्दा बजारमा अभाव भएर मासुको मूल्य बढाउनु परेको संघको तर्क छ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टका अनुसार सरकारले भनेको पुनर्स्थापना कार्यक्रम नआएर व्यवसायी पेसाबाट पलायन हुनु मूल्यवृद्धिको मुख्य कारण हो।
कृषि विकास मन्त्रालयका अनुसार चितवनपछि सबैभन्दा बढी कुखुरा पालिएको जिल्ला भक्तपुर हो। त्यस जिल्लाका व्यवसायी र किसानलाई धेरै नोक्सान भएको मन्त्रालयको भनाइ छ। सरकारले ठूलो नोक्सानी बेहोरेकालाई उचित क्षतिपूर्ति दिने बताएको थियो। 'सरकारले कुखुरा नष्ट गरिएका जिल्लामा भएको क्षति अध्ययन गर्न कार्यदल पनि गठन गरेको थियो,' मन्त्रालयका एक अधिकारीले भने, 'त्यसले फार्ममा भएको क्षतिको विवरण सरकारलाई बुझाएको छ।'
तर, एक वर्षसम्म क्षतिपूर्ति उपलब्ध नगराउँदा मूल्य बढेको व्यवसायीको भनाइ छ। गत वर्ष भक्तपुरमा करिब सात सय कुखुरा फार्म नष्ट गरिएको थियो। भक्तपुरका ८५ प्रतिशत कुखरा व्यवसायी पलायन भएको व्यवसायीको अनुमान छ। 'न सरकारले ती व्यवसायीलाई पुनर्स्थापित गर्न सक्यो, न उचित क्षतिपूर्ति नै दिन सक्यो,' खत्रीले नागरिकसँग टेलिफोनमा भने, 'यसैको परिमाण हो मूल्यवृद्धि।' 
गत साउनमा मात्रै भक्तपुरमा तीन लाख ४० हजार नौ सय ७८ कुखुरा, एक लाख ७३ हजार चार सय ६८ चल्ला, चार लाख १३ हजार चार सय ५१ अण्डा र २७ हजार दुई सय ८३ केजी दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। त्यसका लागि सरकारले २३ करोड रुपैयाँ क्षतिपूर्तिका लागि छुट्याएको थियो। तर, सो अवधिमा व्यवसायीको करिब सात अर्ब रुपैयाँ बराबर नोक्सान भएको खत्रीले जानकारी दिए।
सरकारले गरेको अध्ययनअनुसार एउटा ह्याचरिङ अण्डा उत्पादन गर्न ३० रुपैयाँ लाग्छ। तर, सरकारले एउटा अण्डा नष्ट गरेबापत तीन रुपैयाँ क्षतिपूर्ति दिने गरेको व्यवसायीको भनाइ छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस