काठमाडौं, साउन २२ (नागरिक) - कुखुरा मासुको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। व्बबसायीले विहीबारदेखि लागु हुनेगरि नयाँ मूल्य किलोको २ सय ४२ रुपैयाँ तोकेपछि मासु अहिलेसम्मकै सबैभन्दा महंगो हुने भएको हो।
व्यबसायीले बुधबार बैठक बसेर एकसाताको बीचमा दोस्रो पटक मूल्य बढाएका छन्। व्यबसायीले गत आइतबारदेखि लागु हुनेगरि कुखुराको मूल्य बढाएका थिए। बुधबार कुखुरापालक किसान, दाना उद्योगी र कोल्ड स्टोरेजको संयुक्त बैठकले जिउँदो कुखुरा र मासुको मूल्य किलोमा पाँच रुपैयाँ बढाउने निर्णय गरेका छन्। नयाँ मूल्य अनुसार कुखुराको मासुको मूल्य दुईसय ४२ रुपैयाँ पर्ने राष्ट्रिय कुखुरा विक्री व्यबसायी संघका महासचिव जंगबहादुर बिसीले वताए।
अब उपभोक्ताले जिउँदो कुखुरालाई किलोको एकसय ७० रुपैयाँ तिर्नुपर्नेछ। कुखुरापालक किसानले भने बिक्री गर्दा जिउँदो कुखुरा प्रतिकिलोको एकसय ६० रुपैयाँ पाउनेछन्।
व्यबसायीले माग अनुसार कुखुराको आपूर्ति नभएकोले मूल्य बढाउनु परेको वताएका छन्। 'बर्षाको समयमा कुखुराको उत्पादननै घटेको छ, तर मासुको माग भने उस्तै भएकोले मूल्य बढाउनु परेको हो,' कुखुरा व्यबसायी गोकर्ण घिमिरेले भने।
अहिले काठमाडौंमा दैनिक एकलाख ५० हजार किलो मासु खपत हुन्छ। उत्पादन घटेको तर खपत भने उही रहेकोले व्यबसायीले मौका छोपेर मूल्य बढाएका हुन्।
जेठ असारको गर्मीमा मासुको माग ३० प्रतिशतले घटेको थियो। त्यसबेला व्यबसायीले मूल्य घटाएका थिए। यस अघि काठमाडौंमा जेठको पहिलो साता मासुको मूल्य बढेर किलोको २ सय ४० रुपैयाँ पुगेको थियो। नेपालमा साताको १८ लाख किलो कुखुराको मासु खपत हुन्छ। गर्मी भन्दा जाडो समयमा मासुको खपत बढी हुन्छ। पाँच महिना अघि बर्डफ्लु रोग आएको समयमा मासु किलोको ९० रूपैयाँमा झरेको थियो।