काठमाडौं- दसैंको मुखमा व्यापारीले आफूखुसी कुखुराको मासुको मूल्य बढाएका छन्। मासुको माग बढिरहेको बेला व्यापारीले एक हप्तामै दुईपटकसम्म मूल्य बढाएका हुन्। एक साताअघि ठूला कोल्ड स्टोरमा तयारी कुखुरा मासु किलोको २ सय १० रुपैयाँ पर्थ्यो। अहिले २ सय ८० पुगेको छ। साताअघि ठूला कोल्ड स्टोरमा २ सय १० हुँदा साना व्यवसायीले किलोको २ सय ४० सम्ममा बिक्री गर्थे। अहिले ठूला कोल्ड स्टोरमै २ सय ८० पुगेपछि सानाले किलोको ३ सय १० रुपैयाँ सम्ममा बिक्री गरिरहेका छन्।'एक साताको अवधिमै दुईपटकसम्म मूल्य बढ्यो,' सोह्रखुट्टे नयाँ बजारकी सम्झना केसीले भनिन्, 'पसलअनुसार फरक मूल्य छ। २१० बाट एकैचोटि ३ सय १० पुग्यो। खसीको मासु छोइनसक्नु छ, कुखुरामा पनि बढ्यो।'
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर पिसी भने कुखुराको मासुको मूल्य नबढेको बताउँछन्। 'केही साना व्यवसायीले आफूखुसी मूल्य लिएका छन्। तर मासुको मूल्य अहिले बढेको छैन,' उनले भने। एक साताअघि २ सय ४० बाट २ सय ८० सम्म पुगेको र अहिले पनि सोही मूल्य रहेको उनले बताए। पिसी दसैंसम्मलाई कुखुराको मासु पुग्ने बताउँछन्।
बर्डफ्लुको समयमा मासु मूल्य २ सय १० सम्म झरेको थियो। त्यसपछि विस्तारै माग बढ्न थालेपछि २ सय ४० पुर्याइएको र एक साताअघि २ सय ८० सम्म पुगेको पिसीले बताए। बर्डफ्लु लाग्नुअघि पनि २ सय ८० रहेको मासु अहिले पनि उही मूल्यमा पाइने भएकोले बढेको भन्न नमिल्ने उनले बताए।
बर्डफ्लुका कारण २० लाख कुखुरा मारिएको छ। बर्डफ्लुको चर्चा सकिएपछि बजारमा एकैचोटि कुखुरा आउँदा मूल्य सस्तो भए पनि अहिले विस्तारै कुखुरा सकिदै गएकाले मूल्य २ सय ८० रुपैयाँ पर्याइएको व्यवसायी बताउँछन्।
नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले अहिले बजारमा बढेको मूल्य कालोबजारी भएको बताए। 'कुनै क्षेत्रमा मात्र मूल्य बढेको छ, त्यो कालोबजारी हो, प्रसासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ,' खत्रीले भने, 'कोल्डस्टोरबाट किनेर साना व्यवसायीले ३०/४० सम्म मार्जिन राख्छन्, सायद त्यसले पनि मूल्य बढी भएको होला।'
दसैंमा कुखुराको माग बढी भएका कारण दसैंपछि तिहारसम्म कुखुराको मासुको अभाव हुने व्यवसायी बताउँछन्। 'अहिले एकैचोटि धेरै कुखुरा आएका छन्, धेरै फार्म खालि भइसके तिहारसम्मका लागि कुखुराको अभाव देखिन सक्छ,' पिसीले बताए।
अहिले नेपालभर दैनिक ४ लाख किलो कुखुरा मासुको माग रहेको व्यवसायी बताउँछन्। दसैंका कारण एक लाख किलो बढी माग छ। 'उपत्यकामा बसोबास गर्ने मान्छे बाहिरिएर व्यापार घटे पनि बाहिर माग बढी रहेकोले समग्र माग बढी देखिन्छ,' खत्रीले भने।