मनोज अधिकारी, पोखरा, कात्तिक ७- कुखुरा मासुको मूल्य ५० रुपैयाँ घटेर शनिबारदेखि २१० रुपैयाँ किलो कायम भएको छ। यो दुई वर्षयताकै सस्तो मूल्य हो।
शुक्रबारसम्म पनि यहाँ २६० रुपैयाँ किलोका दरले कुखुराको मासु बिक्री भइरहेको थियो।
दुई महिनाअघि (भदौभरि) यो मूल्य ३ सय २० रुपैयाँ पुगेको थियो। असोज लागेपछि कुखुराको उत्पादन वृद्धिसँगै घटेको मासुको मूल्य अझै घट्ने सक्ने व्यवसायीले बताएका छन्।
'अहिले देशैभर चल्लाको उत्पादन बढेपछि खतपभन्दा धेरै कुखुरा बजारमा आएको छ,' मासु व्यवसायी संघका अध्यक्ष ठाकुर पौडेलले नागरिकसँग भने।
उनकाअनुसार जताजतै कुखुराको उत्पादन बढेपछि काठमाडौं, नारायणघाट र बुटवलमा समेत मासुको भाउ घटेर प्रतिकेजी २०० रुपैयाँ कायम भएको छ। चिसो मौसम र पर्यटकको आगमनसँगै पोखरामा मासुको खपत बढे पनि उत्पादनलाई धान्न नसक्दा बाध्य भएर मूल्य घटाउनु परेको उनले बताए।
संघकाअनुसार पोखरा नगर क्षेत्रमा करिब चार सय मासु पसल छन्। ती पसलबाट दैनिक २५ हजार केजी कुखुराको मासु खपत भइरहेको छ। त्यसमध्ये दैनिक करिब ४ हजार ५ सय केजी कुखुरा चितवन र नारायणगढबाट आउँछ। पोखरामा अहिले एकैपटकमा ५ हजारभन्दा बढी कुखुरा पाल्ने पोल्ट्री फार्म आधा दर्जन छन्। २-३ हजारभन्दा बढी पाल्नेको संख्या एक दर्जनभन्दा बढी छ।
मासुको अहिलेको बिक्री मूल्यले कुखुरा पालक किसान सबैभन्दा बढी मारमा परेका छन्। महँगो चल्ला र दानाका कारण लागत उठाउन पनि गाह्रो पर्ने कुखुरा पालक किसान संघका अध्यक्ष मधुसूदन कोइरालाले बताए।
'७५ देखि ८० रुपैयाँ पर्ने चल्ला र ३० देखि ३२ रुपैयाँ प्रतिकेजीको दानामा लगानी गरेका किसानले यो मूल्यबाट धेरै घाटा सहनुपर्छ,' उनले भने, 'दुई/चार पैसा फाइदा हुन्छ भनेर गरेको लगानी डुब्न सक्छ।'
कोइरालाकाअनुसार शुक्रबारसम्म जिउँदो कुखुराको प्रतिकेजी १ सय ५० रुपैयाँ पाएका किसानले शनिबारदेखि १ सय ३० मात्र पाएका छन्। कुखुराको मासु अहिले राँगा र भैंसीको भन्दा सस्तो भएको उनको भनाइ छ।
संघकाअनुसार पोखरामा दैनिक १८ देखि २० हजार केजी खुकुरा उत्पादन गर्ने किसानलाई अहिलेको मूल्यले दैनिक ४ लाख रुपैयाँ नोक्सानी पर्ने देखिएको छ। दुई महिनाअघि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकेजी १ सय ८० रुपैयाँ पाएका थिए। त्यो नै किसानले पाएको अहिलेसम्मको उच्च मूल्य थियो।
'यतिबेला हरेक कुखुरा पालक किसानसँग खोरमा भरिभराउ कुखुरा छन्,' कोइरालाले भने, 'त्यत्तिकै मात्रामा चल्ला राखेका किसानले यो मूल्यमा बेचेर फाइदाको सट्टा उल्टै घाटा व्यहोर्नुपर्दा खर्च धान्न पनि सक्दैनन्।'
दसैंका बेला धेरै मासु खपत हुने विगतको अनुभवका आधारमा किसानले यसपटक जतिसक्दो बढी चल्ला राखेका थिए। यो वर्ष पोखरामा मुस्ताङबाट धेरै च्याङ्ग्रा भित्रिएकाले कुखुराको मासु खासै खपत भएन। तिनै कुखुरा अहिले एकैपटक बजारमा निस्किएको कोइरालाले बताए।
न्युरोडस्थित कञ्चन कोल्ड स्टोर्सका सञ्चालक विष्णु बाँस्तोला भने चितवन र बुटवलमा अवैधरुपमा धेरै कुखुरा भित्रिएपछि बजार भाउ प्रभावित भएको बताउँछन्। भारतबाट भित्रिएका अवैध चल्लाका कारण अहिले जाताजतै कुखुरा उत्पादन बढी भएको उनले बताए।
'चितवन र बुटवल क्षेत्रमा बीना प्रमाणितका भारतीय अवैध चल्ला जोकोहीले राखेपछि उत्पादन अनियन्त्रित भएको हो,' उनले भने, 'अहिले तिनै कुखुरा जताजतै ढुवानी भएकाले पोखरालगायत ठाउँमा महँगो चल्ला र दाना किन्ने किसान मारमा परे।'
मासुको भाउ घटेपछि ह्याचरी उद्योगले तत्काल चल्लाको मूल्य घटाएर किसानलाई राहत दिनुपर्ने उनको भनाइ छ। उनकाअनुसार केही महिनाअघिको अवधिमा किसानले ३५ देखि ४० रुपैयाँ पर्ने चल्लालाई अहिले दोब्बर महँगोमा किन्नुपरेको छ।
'महँगो लागत र सस्तो बिक्री मूल्यका कारण किसानले व्यवसाय धान्न नसक्ने अवस्था आउँछ,' बाँस्तोलाले भने, 'किसान बाँच्न सके मात्र अरु बाँच्न सक्छन्।'