कर्णालीमा (कोभिड–१९) कोरोना भाइरसको परीक्षणका लागि ४६ हजार ६ सय ४३ जनाको स्वाब परीक्षण गरिएको छ । प्रदेश बाहिरबाट आएका र केही समुदायका व्यक्तिको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।
रुकुमपश्चिम चौरजहारी–८, सोती घटनाका पीडित परिवारले सरकारले दिन लागेको राहत रकम प्रति शंका व्यक्त गरेका छन् । राहतका नाममा पैसा दिँदा न्यायमा चलखेल हुन सक्ने उनीहरुले शंका व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना निर्माणमा त्रुटि रहेको बताएका छन् । जनताको आवश्यकताभन्दा टेबुलमा आएका योजनाले प्राथमिकता पाउँदा अधिकांश योजनामा त्रुटि भएको उनले बताए ।