कर्णालीमा ४६ हजार बढीको कोरोना परीक्षण
३० साउन २०७७
•
२ मिनेट पाठ
कर्णालीमा ४६ हजार बढीको कोरोना परीक्षण
कर्णालीमा (कोभिड–१९) कोरोना भाइरसको परीक्षणका लागि ४६ हजार ६ सय ४३ जनाको स्वाब परीक्षण गरिएको छ । प्रदेश बाहिरबाट आएका र केही समुदायका व्यक्तिको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।




सबैभन्दा बढी प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको छ । यहाँ २१ हजार चार सय ८७ जनाको स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ हजार सात सय ५१, दैलेख अस्पतालमा दुई हजार आठ सय ७३ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा दुई हजार पाँच सय ३२ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुई हजार ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

हुम्लामा पाँच, मुगुमा १०, डोल्पामा चार, जुम्लामा ४६, कालीकोटमा ७६, जाजरकोटमा ३२, दैलेखमा नौ सय ६९, सुर्खेतमा पाँच सय ८४, रुकुम पश्चिममा २७ र सल्यानमा दुई सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै प्रदेश बाहिरका ६२ जनामा पनि कोरोना संक्रमण देखिएका स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म एक हजार नौ सय आठ जना उपचारपछि घर फर्किएका छन् । अहिले कर्णालीका आइसोलेसनमा हाल एक सय ४३ जना मात्र सक्रिय बिरामी छन् । रोजगारीका लागि भारत गएका र रोजगारी गुमेपछि ठूलो मात्रामा उनीहरु घर फर्किएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार करिब ५० हजारभन्दा बढी सर्वसाधारण घर फर्किएका छन् ।

रोजगारीका लागि भारत गएका फर्किएपछि कर्णालीमा कोरोना संक्रमण बढी देखिएको छ । पछिल्लो समय बजारमा भीडभाड बढ्दा पनि कोरोना संक्रमण बढेको स्थानीय गीता चपाइँको भनाइ छ । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा आरडीटी परीक्षण गरेको थियो भने हेल्थ डेस्क स्थापना गरेको थियो । ‘सर्वसाधारण कर्णाली भित्रिँदा नै हामी गम्भीरताका साथ स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाएका थियौं,’ कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले भनिन्, ‘प्रदेशमा बन्दाबन्दी (लकडाउन) पनि व्यवस्थित गर्दा कम संख्यामा मात्र कोरोना देखियो ।’ यसलाई प्रदेश सरकारले सामान्यरूपले बुझेको भए भयावहस्थिति हुने भन्दै उनले पहिलो प्राथमिकता कोरोना न्यूनीकरणलाई दिएको बताइन् । प्रदेश सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्सान भत्तासमेत व्यवस्था गरेको उनको भनाइ छ ।

कोरोना न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेको थियो । प्रदेश सरकारले कोरोना रोकथामका लागि चेतनामूलक र उपचारात्मक कार्यक्रम गरेको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले जानकारी दिए । उनका अनुसार सुरक्षा अपनाउने खालका नयाँ कार्यक्रम निर्माण भइरहेका छन् । अहिले क्वारेन्टिनमा रहेको मात्र स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन केएन पौडेलले जनाए । केही उद्योगी व्यवसायी र सांसदलाई देखिँदा मात्र सर्वसाधारणको कोरोना परीक्षण गरिएको उनले बताए ।
अर्को समाचार
कर्णालीमा ९४ हजार बढीको पिसीआर परीक्षण
३० मंसिर २०७७
•
१ मिनेट पाठ
कर्णालीमा ९४ हजार बढीको पिसीआर परीक्षण
कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ।




कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ। तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ। महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ।

महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ। कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो। त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ। कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस