रुकुमपश्चिम चौरजहारी–८, सोती घटनाका पीडित परिवारले सरकारले दिन लागेको राहत रकम प्रति शंका व्यक्त गरेका छन् । राहतका नाममा पैसा दिँदा न्यायमा चलखेल हुन सक्ने उनीहरुले शंका व्यक्त गरेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सोती घटनामा ज्यान गुमाएका जाजरकोटस्थित नवराज विकसहित ६ जना मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय पीडित परिवारले बुधबार बिहान मात्र थाहा पाएका थिए । राहत रकम लिँदा न्यायमा प्रभाव पर्न सक्ने भन्दै राहत लिने विषयमा पीडित परिवार अन्योलमा छन् । राहत नभई न्याय चाहिएको पीडित परिवारको भनाइ छ । ‘हामीलाई पैसा चाहिएको छैन,’ मृतक नवराजकी आमा उर्मिलाले भनिन्, ‘न्याय चाहिएको छ ।’
राहतका नाममा पैसा दिएर न्याय कमजोर गराउन खोजेको उनको आरोप छ । नवराजका बुवा मोहनले पीडित परिवार सबै बसेर सल्लाह गर्ने बताए । राहत स्वरुप १० लाख रुपैयाँ दिने भन्ने सुनेको भन्दै उनले भने, ‘यो राहतले अदालती प्रक्रिया फितलो गराउँछ कि भन्नेमा शंका छ ।’ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दाजस्तै फितलो भएमा राहतले न्याय मार्ने उनको भनाइ छ ।
मृतक सञ्जु विककी आमा सविताले पनि न्याय भन्दा ठूलो पैसा नहुने बताइन् । ‘न्यायका अगाडि हामीलाई राहतको आशा छैन,’उनले भनिन्, ‘हामीलाई राहत भन्दा न्याय चाहिएको छ ।’ सरकारले मुद्दा कमजोर गराउन राहत दिन लागेको उनले आरोप लगाइन् । मुद्दा प्रक्रिया जारी भएकाले राहत रकम बुझ्दा न्याय मर्न सक्ने पीडित परिवारको भनाइ छ । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म राहत रकम लिँदा न्याय कमजोर हुने उनले बताइन् ।
‘राहत होइन हामलाई न्याय देऊ सरकार,’ उनले भनिन्, ‘खोसिएको काख राहतले होइन न्यायले पूर्ति गर्छ ।’ यता सोती हत्या काण्ड संघर्ष समितिले सरकारको निर्णय स्वागत योग्य भएको बताएको छ । न्यायलय र सरकार फरक फरक पाटा भएकाले यो निर्णय स्वागत योग्य भएको सोती हत्या काण्ड संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए । ‘पीडित परिवारले केही शंका गर्नु भएको छ,’उनले भने, ‘राहत लिँदा न्यायलयलाई प्रभाव नपार्ने हुँदा सरकारको निर्णय सकारात्मक छ ।’ सांस्कृतिक रुपान्तरमा बलिदानी दिएका प्रति सरकारले सम्बोधन गर्नुमा शंका नगर्नु पर्ने उनको भनाइ छ ।
गत जेठ १० गते सोतीस्थित मल्ल थरकी प्रेमिका लिन जाँदा नवराजसहित ६ जनाको मृत्यु भएको थियो । अन्तरजातीय विवाहका लागि उनी साथीहरुसहित प्रेमिकाको घर पुगेका थिए । अहिले उक्त मुद्दा अदालती पक्रियामा छ । अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने दुईजना सुधार गृहमा छन् । त्यस्तै एकजना धरौटीमा रिहा भएको र तीनजनालाई सामान्यता रेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीले बताए । उनका अनुसार निष्पक्ष छानबिनपछि सपुथ प्रमाणसहित अदालतमा मुद्दा दर्ता भएको छ ।
मृतक ६ जनाको शव भेरी नदीमा फरकफरक मितिमा भेटिएको थियो ।