सुर्खेतका पत्रकार रमेश शाहीले बुबा दलबहादुर शाहको स्मृतिमा विपन्न तथा गरिब परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले तीनजना मृगौला पीडित र साझा घर नेपाललाई आर्थिक सहयोग गरेका हुन् ।
यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ । पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन् । तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो...
सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएपछि कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । कोरोना न्यूनीकरणका लागि प्रशासन...
कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।
जाजरकोटस्थित कुशे गाउँपालिका–५, बाटुलेकी २७ वर्षीया पशुपति पुनले आइतबार दिउँसो छोराको जन्म दिइन् । सन्तानको प्रतीक्षामा रहेको परिवारमा खुसी छायो । तर भित्र पशुपति मृत्युसँग लड्दै थिइन् ।
कोभिड–१९ अर्थात् कोरोना भाइरस न्यूनीकरणका लागि लगाएको बन्दाबन्दी (लकडाउन) का कारण कर्णालीमा मानवअधिकारको अवस्था खस्कँदै गएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । इन्सेक कर्णाली प्रदेशले सुर्खेतको वी...
छुट्टाछुट्टै पहिरोमा परेर कालीकोटमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१, चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।