सडक विभागमा कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेर दिइएको पुरस्कार (प्रशंसापत्र) मा भेदभाव गरिएको भन्दै विभागमा कार्यरत इन्जिनियरहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सडक विभागमातहत विभिन्न सडक डिभिजन कार्यालयहरूमा ६० वर्ष कटेका करिब पाँच सय लेन्थ वर्कर (सडक मजदुर) कार्यरत छन्। तीमध्ये केही ८० वर्ष कटेका पनि छन्। उनीहरू लामो समयदेखि करार सेवामा कार्यरत छन्।
आठौं पटक थपिएको म्यादभित्रसमेत धरहराको सबै काम सकिन्छ भन्ने विषयमा अझै अन्यौल छ। यसपटक थप गरिएको म्यादबाट एक सय ५० दिनभित्र सबै काम सक्ने गरी ठेकेदार कम्पनीलाई समय दिइएको उपमहानिर्देशक श्रेष्ठले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई पनि दिने गरी कार्यविधि बनाएको छ। उक्त कार्यविधि मन्त्रालयले पास गरेको छ।
वर्षा याममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरिएको दाबी सरकारले गरेको छ। बाढी पहिरोले हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छ...