नियुक्त एउटा कृष्णप्रसाद, जागिरमा अर्को कृष्णप्रसाद
२० साउन २०८२
•
३ मिनेट पाठ
नियुक्त एउटा कृष्णप्रसाद, जागिरमा अर्को कृष्णप्रसाद
तस्बिर: बायाँ भाषा आयोगकाे सदस्यमा नियुक्त हुने कृष्णप्रसाद न्यौपाने, दायाँ भाषा आयोगकाे सदस्यमा जागिर खाने कृष्णप्रसाद न्यौपाने ।
भाषा आयोगका सदस्य कृष्णप्रसाद न्यौपानेले तीन वर्ष देखि भाषा आयोगका सदस्यको रूपमा मासिक, तलब,भत्ता तथा अन्य सुविधा बुझिरहेका छन्, आयोगको कार्यालयमा उनकै नेम प्लेट छ । आयोगको वेबसाइडमा पनि उनकै नाम र फोटो राखिएको छ ।




आयोगका सदस्यको रूपमा आयोगले सम्पादन गर्ने काम उनले गर्छन् । तर भाषा आयोगको सदस्यको रुपमा मन्त्रिपरिषद्ले निर्णय गरेको कृष्णप्रसाद उनी होइनन् । २०७९ असार २१ गते मन्त्रिपरिषद्ले भाषाका आयोगमा पदाधिकारीहरू नियुक्त  ग¥यो  । सदस्यमा प्रा.डा. कृष्णप्रसाद न्यौपाने भनेर  नियुक्ति गरियो । तर त्यसको एक हप्ता पछि अर्को कृष्णप्रसाद न्यौपानेले आयोगमा जागिर खान सुरु गरे ।

मन्त्रिपरिषद्ले निर्णय गरेको एक हप्ता पछि आयोगले निर्णय गरेको ‘कृष्णप्रसाद न्यौपाने’ मै हुँ भनेर उनी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पुगे । उनले ओर्जिनले नागरिकता लिएर मन्त्रालयमा पुगेका थिए । मन्त्रालयका कर्मचारीहरूले नाम र ठेगाना हेरे । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नाम  मिल्यो, ठेगान पनि मिल्यो। किनभने दुबै कृष्ण प्रसादको ठेगाना स्याङ्जा, कालिगण्डकी, ५ राखिएको थियो ।  त्यसपछि मन्त्रालयका कर्मचारीहरूले यस विषयमा अरु खोजीनिती गरेनन् । खुरुक्कै  नियुक्त पत्र हातमै राखिदिए ।  नियुक्ति पत्र लिएर उनी सरासर भाषा आयोग पुगे । शपथ ग्रहण गरे । तलब भत्ता बुझ्न सुरु गरे ।

तर जुन व्यक्तिलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो, ती कृष्णप्रसाद भने मन्त्रालयले कहिले बोलाउँछन् भनेर पर्खेर बसिरहे । उनी मन्त्रालय पुगेनन् । कसैसँग  सोधपुछ पनि गरेनन् । ‘भाषा आयोगको सदस्यको रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको कृष्ण प्रसाद म नै हुँ । किनभने स्याङ्जा कालीगण्डकी ५ ठेगाना रहेको प्रा।डा। कृष्ण प्रसाद न्यौपाने त्यस ठाउँमा अर्को व्यक्ति नै छैन । स्याङ्जा कालीगण्डकी ५ मा अर्को कृष्ण प्रसाद न्यौपाने हुन सक्छ तर प्रा।डा। कृष्णप्रसाद न्यौपाने म मात्र हुँ’ प्रा‍.डा. कृष्ण प्रसाद न्यौपानेले भने । हाल उनी त्रिभुवन विश्वविद्यालयको नेपाली संकायका प्रमुख हुन ।

उनले भने जस्तै मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रा।डा। कृष्ण प्रसाद न्यौपाने भनेर प्रष्टसँग लेखिएको छ । नियुक्ति पत्र दिने बेलामा भने मन्त्रालयका कर्मचारीहरूले यो कुरा बुझेनन् । या सोधखोज गरेनन् । मन्त्रिपरिषद्ले निर्णय गर्ने बेला प्रा।डा। कृष्णप्रसाद त्रिविमै कार्यरत थिए भने भने अर्का कृष्णप्रसाद स्याङ्जाको भगवती मा।वि।मा शिक्षक थिए । त्यतिबेला  उनी प्रा।डा। थिएनन् । अहिले पनि होइनन् । त्यसैले मन्त्रिपरिषद्ले गरेको निर्णय प्रा।डा।कृष्ण प्रसादको लागि थियो भनेर प्रष्ट बुझ्न सकिन्छ । यद्यपि, मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार वास्तविक कृष्ण प्रसाद आफू नै भएको र मन्त्रिपरिषद्कै निर्णय अनुसार आफूले भाषा आयोगको सदस्यमा नियुक्ति लिएको पूर्व शिक्षक कृष्णप्रसादले दाबी गरे ।

उनले भने,‘ मन्त्रिपरिषद्ले गरेको निर्णयमा भाषा आयोगको सदस्य कृष्ण प्रसाद न्यौपाने भनेको म नै हुँ । अर्को व्यक्ति हुँदै होइन । अर्कै कृष्ण प्रसाद भनेर प्रचार गर्न खोजियो । मेरो बदनाम गर्न खोजियो ।’ पर्यटन मन्त्रालयबाट नियुक्ति लिँदा नागरिकता देखाएर नियुक्ति लिएको उनको भनाइ छ । ‘मन्त्रिपरिषद्ले निर्णय गरे पछि नागरिकता देखाएर मैले नियुक्ति लिएको हुँ । यसमा शङ्का गर्ने र अनावश्यक टिका टिप्पणी गर्ने ठाउँ छैन’ उनले भने ।

तर प्रा.डा. कृष्ण प्रसाद भने यो कुरा मान्दैनन् । उनले भने,‘मन्त्रिपरिषद्ले निर्णय गरे पछि तत्कालीन मन्त्रिपरिषद्का प्रवक्ता ज्ञानेन्द्र कार्कीले भाषा आयोगका सदस्य प्रा।डा। कृष्ण प्रसाद न्यौपाने भनेर  भन्नु भएको छ । त्यसैले मन्त्रिपरिषद्ले निर्णय गरेको कृष्णप्रसाद म हुँ ।’ पूर्व शिक्षक कृष्ण प्रसाद भने मन्त्रिपरिषद्को निर्णयमा प्रा।डा। कृष्ण प्रसाद नभएको दाबी गरे ।

स्रोतका अनुसार एमालेको कोटाबाट न्यौपानेलाई भाषा आयोगको  सदस्यमा नियुक्ति गरिएको थियो । अर्को कृष्ण प्रसादले नियुक्त बुझेको र जागिर खान सुरु गरेको एमालेका केही नेताहरूलाई थाहा पनि भयो । ‘तर उनीहरूले यो विषय बाहिर उठाउन  र विवादमा ल्याउन चाहेनन्’–स्रोत भन्छ । त्यसपछि प्रा।डा।न्यौपानेले पनि यो विषयमा खोजीनिती गरेनन् । उनी चुप लागेर बसे । त्यसपछि अर्को कृष्ण प्रसाद न्यौपानेले जागिर खाइरहे । भाषा आयोगका सदस्यको तलब महिनामा झण्डै ७० हजार हुन्छ । अहिलेसम्म झण्डै ३० लाख रुपैयाँ पूर्व शिक्षक कृष्णप्रसादले बुझिसकेका छन् ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस