वर्षाका कारण सात राजमार्ग अवरुद्ध, के छ सरकारको तयारी?
२० साउन २०८२
•
४ मिनेट पाठ
वर्षाका कारण सात राजमार्ग अवरुद्ध, के छ सरकारको तयारी?
केही दिन यता देशभरि मनसुन सक्रिय छ। मनसुन सक्रिय भएसँगै देशभर राष्ट्रिय राजमार्ग र स्थानीय सडक अवरुद्ध हुन थालेका छन्। नेपाल प्रहरीले सोमबार साँझ निकालेको बुलेटिन अनुसार हाल देशभरि सात राजमार्ग अवरुद्ध भएका छन्। आइतबारदेखि अरनिको राजमार्ग ठप्प छ। अविरल वर्षाका कारण सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकु पहिरो सडकमा खसेकाले उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ। 




यसैगरी जाजरकोट–डोल्पा सडक खण्ड (भेरी करिडोर) केही दिन यता बन्द छ। विभागका अनुसार असार ९ गते जाजरकोट–डोल्पा सडक खण्डको रिजिगार खोलामा पानीको बहाव बढेकाले जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडक मनसुन अवधिभर सञ्चालन नहुने भएको छ। गत जेठ ६ गते संखुवासभा भोटखोला गाउँपालिका ४ स्थित बरुणखोलामा बाढी आएर ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुरसम्म कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सो सडक तत्काल खुल्ने अवस्था छैन। वर्षायामभरि उक्त सडक अवरुद्ध हुन सक्ने सडक विभागका उच्च कर्मचारीहरू बताउँछन्।

विपी राजमार्गमा राती सवारी नचलाउने नियम कायमै राखिएको छ। मनसुन सक्रिय भएकाले वर्षाका कारण विपद्का घटना हुन नदिन गत साउन १ गतेबाट मनसुन अवधिभर प्रत्येक दिन साँझ ५ देखि बिहान पाँच बजेसम्म १२ घण्टा विपी राजमार्गमा सवारी साधन आवागमनमा रोक लगाइएको सडक विभागको भनाइ छ।

गत असार २४ गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ स्थित रसुवागढी नाका हुँदै बहने भोटेकोसीमा बाढी आएकाले नेपाल–चीन नाका जोड्ने पुलमा क्षति पुगेको थियो। उक्त क्षेत्रमा सवारी साधन आवत–जावत बन्द गरिएको छ। रसुवाकै गोसाइँकुण्ड गाउँपालिका– २ र ३ का विभिन्न खोलामा बाढी आएकाले पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको विभागको भनाइ छ । 

गत साउन १४ गते रसुवा गोसाइँकुण्ड गाउँपालिका २ स्थित मित्रराष्ट्र चीनबाट नेपालतर्फ बग्ने केरुङ खोला र ल्हेन्दे खोला मिसिएर रसुवागढी नाका हुँदै बग्ने भोटेकोसी खोलामा बाढी आएकाले रसुवाको गोसाइँकुण्ड, २ स्याउँ पार्किङस्थित पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ। उक्त क्षेत्रमा खोलाले १५ मिटर बाटो कटान गरेको हुँदा हाल उक्त सडक पनि अवरुद्ध हुन पुगेको छ। त्यस सडक खण्डमा यतिबेला मोटरसाइकल मात्र चल्ने गरेको छ। 

यसैगरी रसुवाकै गोसाइँकुण्ड ३ मा मेदामुदुङस्थित पासङल्हामु सडक खण्ड बाढीले सात मिटर कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडक खण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाइ तथा १५ मिटर लम्बाइ बाटो कटान गरेपछि हाल उक्त सडक अवरुद्ध भएको छ। 

ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथमा गत असार १० गतेदेखि अर्को सूचना नआएसम्म साँझ ५ देखि बिहान ६ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन आवत–जावतमा रोक लगाइएको विभागको भनाइ छ।

के छ सरकारको तयारी? 
वर्षा याममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरिएको दाबी सरकारले गरेको छ। बाढी पहिरोले हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले गत वर्षको असोजमा आएजस्तो अविरल वर्षा भएबाहेक अन्य अवस्थामा यस वर्षको वर्षायाममा राष्ट्रिय राजमार्गहरू चार घण्टाभन्दा बढी अवरोध हुन नदिने गरी तयारी गरिएको दाबी गरे। उनका अनुसार विभागका कर्मचारीले सडक अवरुद्ध भए तत्कालै अवरोध हटाउन ठाउँ ठाउँमा मेसिन राखिएको छ। त्यसैगरी ढुंगा र जालीलगायत आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको छ। 

मन्त्रालयले वर्षा याममा राष्ट्रिय राजमार्गहरूको अवस्थाबारे जानकारी दिने गरी एउटा मोबाइल एप बनाएको छ। उक्त एपमा मन्त्रालयका सबै प्राविधिक तथा कर्मचारीहरू जोडिएका छन्। सो मोबाइल एपमा देशभरिका राष्ट्रिय राजमार्गहरूको तत्कालीन विवरण राखिने भएको छ। मन्त्रालयका अनुसार वर्षा याममा कुनै ठाउँमा अवरोध आए आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको छ। यसले वर्षाको कारण सडकमा अवरोध आए तत्कालै अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ। 

राष्ट्रिय राजमार्ग अवरुद्ध भए सडक विभाग मातहतको सम्भार महाशाखाले पुनर्निर्माणको काम तत्काल गर्ने भएको छ। यस कामका लागि यस वर्ष मात्र सम्भार महाशाखालाई नौ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ। पोहर साल असोज ११ र १२ गते आएको वर्षाले ४२ वटा राजमार्गको आठ सय तीन स्थानमा अवरोध सिर्जना गरेको थियो। सडक विभागका अनुसार वर्षाका कारण त्यतिबेला देशभरि २१ हजार मिटर बाटो भत्किएको थियो।

यसैगरी वर्षाले पाँच वटा पुलमा क्षति पुर्‍याएको थियो, जसमा दुईवटा बेलिब्रिजसमेत परेका थिए। ती पुल मर्मत तथा पुनर्निर्माण गर्न तत्कालै साढे दुई अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। विभागका अनुसार त्यतिबेला अरनिको राजमार्ग, कान्ति राजमार्ग र बिपी राजमार्गमा गम्भीर क्षति पुगेको थियो। बिपी राजमार्गको एक हजार पाँच सय ५० मिटर सडकको जगसमेत बिग्रिएको थियो। यसबाहेक अन्य थुप्रै ठाउँमा सानातिना क्षति भएका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस