सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला।
नेपालका माओवादी कतिसम्म बिग्रिसके भने त्यसैका अध्यक्ष अहिले नयाँ नयाँ प्याकेज बनाएर उपभोक्तासामु आइरहेका छन्। उपभोक्तालाई चाहिने सामान पनि भिडाएका छन्, नचाहिने सामान पनि भिडाएका छन्।
फिल्ममा खेल्ने अभिनेता धमाधम राजनीतिमा खेल्न आइरहेका छन्। भर्खरै रेखा थापा आइन्। त्यसअघि करिश्मा मानन्धर आएकी थिइन्। भुवन केसी पहिल्यै आइसकेका छन्। (खोइ यतिबेलासम्म गई पनि सकेका हुन् कि!) यसरी फिल्मका...
'खै गएर के गर्नु, मेरो जन्मपछि आमा/बाउमै झगडा शुरु भएको रहेछ। संसद् पठाउन जन्माएको हो, अब संसद्मै राख्नुपर्छ, घर फिर्ता लान्न भन्नुहुन्छ उहाँहरू।' उनको आँखामा आँशु टिलपिल देखियो।
यो उतिबेलाको कुरा हो जतिबेला काठमाडौंमा लोडसेडिङ कायमै थियो। यो अब कति वर्ष कायम हुने हो थाहा थिएन। त्यसैले म एउटा राम्रो खाले इन्भर्टर किन्न गइरहेको थिएँ, हाकु साउको विद्युत पसलमा।
बाबा रामदेव यसपालि नेपालीलाई व्यापार सिकाउन आउनुभएको छ। पहिले-पहिले उहाँ योग सिकाउन आउनुहुन्थ्यो। यसपाली व्यापार सिकाउन आउनुभयो। अस्ति नेपाली व्यापारीहरूका माझ उहाँले व्यापारका विभिन्न आसन सिकाउनुभयो।
'हजुरले भन्नुभयो कि यो राज्य बनाउन हजुरका पुर्खाले रगत बगाएका छन्। यदि उहाँहरूले रगत बगाउनुभएको भए हजुरलाई दूधको क्यान्सर किन भयो त? क्यान्सर पनि रगतकै हुनुपर्ने होइन र?'
नेपालका प्रधान मन्त्रीहरूलाई बालुवाटारको भन्दा दिल्लीकै चिया मीठो लाग्छ। नलाग्नु पनि कसरी, आखिर त्यो बनाउने अरु कोही नभएर चायवाला श्री नरेन्द्र मोदी जो हुनुहुन्छ।
विमानस्थलमा महामहिमको भव्य स्वागत भयो। त्यो तय नै थियो। त्यसपछि सलामी। अनि विमानस्थलदेखि होटलसम्म सवारी। अगाडि पछाडि सुरक्षाको गाडी। दायाँ बायाँ कारगेट गाडी । बडा आरामको सवारी थियो । सवारीको सबैभन्दा...