चायवाला
२६ कार्तिक २०७३
•
८ मिनेट पाठ
चायवाला
नेपालकी एक किशोरी एकाएक दक्षिण एशियाकै 'साइबर सुन्दरी' बन्न पुगेको घटनाले सामाजिक सञ्जाल तातिरहेको छ। तरकारी बोकेर पुल तरिरहेकी उक्त किशोरीको तस्बिर 'तरकारीवाली' भन्ने नामले विश्व प्रशिद्ध भएको रहेछ। नेपालको तरकारी विश्व प्रशिद्ध नभए पनि 'तरकारीवाली' विश्व प्रशिद्ध हुनु हाम्रा लागि गौरवकै विषय हो। योभन्दा केही समयअघि पाकिस्तानका एक युवकको तस्बिर पनि 'चायवाला' नामले यसरी नै विश्व प्रशिद्ध भएको थियो। अब केही केही बुद्धिजीवीको अनुमान के छ भने पाकिस्तानको त्यही 'चायवाला' लाई प्रतिउत्तर दिन भारतले हाम्रो 'तरकारीवाली' लाई मैदानमा उतारेको हो। अहिले दक्षिण एशियाको साइबर संसारमा यही 'चायवाला' र 'तरकारीवाली' को सञ्जाल युद्ध चलिरहेको छ।




नेपालका प्रधान मन्त्रीहरूलाई बालुवाटारको भन्दा दिल्लीकै चिया मीठो लाग्छ। नलाग्नु पनि कसरी, आखिर त्यो बनाउने अरु कोही नभएर चायवाला श्री नरेन्द्र मोदी जो हुनुहुन्छ।

बुद्धिजीवीहरूको यो अनुमान सुनेर मेरो मनमा प्रश्न उठिरहेको छ, आखिर पाकिस्तानको उक्त 'चायवाला' सँग भारतको किन यत्रो दुश्मनी? भारतको दुश्मनी त पाकिस्तानको राज्यसँग हुनुपर्ने हो। विचरा एउटा सामान्य चायवालासँग केको दुश्मनी? भारतको यो दुश्मनीबारे मैले धेरैबेर सोचेँ। के होला यो दुश्मनीको सार? के भारतले अब पाकिस्तानी सरकारसँग दुश्मनी गर्न नसकेर एउटा चायवालासँग दुश्मनी गर्न पुगेको हो? सोच्दा सोच्दा म झल्याँस्स भएँ। ठ्याक्कै केही भेटिएजस्तो भयो। वास्तवमा हो नि, पाकिस्तानी 'चायवाला'सँग भारतको दुश्मनी हुनु त स्वाभाविकै हो। त्यो किनभने भारतका वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदी जो हुनुहुन्छ, कुनै बेला उहाँ आफै पनि एक चायवाला नै हुनुहुन्थ्यो। उहाँ आफँैले भन्नुभएको छ, म पनि कुनै बेला ठेलामा राखेर 'चाय' बेच्ने गर्थेँ। उहाँ आफैँले भनेपछि हामीले कसरी नपत्याउने? त्यतिबेला केही भारतीय पत्रिकाले लेखेका पनि याद भयो। कुनै बेला उहाँ भारतको एक नम्बरी चायवाला हुनुहुन्थ्यो। शायद 'चाय' बनाउन उहाँलाई कसैले पनि सक्दैनथ्यो।

मलाई त के लाग्छ भने प्रधान मन्त्री नरेन्द्र मोदी पहिलेमात्र होइन अहिले पनि उत्तिकै तगडा 'चायवाला' हुनुहुन्छ। उहाँको 'चाय' प्रति अझै पनि धेरै मानिस आकर्षित भएको हुनुपर्छ। अरुको त भन्न सक्दिन, हाम्रो नेपालका नेताहरूचाहिँ अहिले पनि उहाँको 'चाय' को अत्यन्त ठूलो फ्यान हुनुहुन्छ। त्यसैले उहाँले बनाएको एक कप चाय खान हाम्रा नेताहरू काठमाडौंदेखि दिल्लीसम्म दौडिरहेका हुन्छन्। एक कप चियाका लागि काठमाडौंदेखि दिल्लीसम्म दौडिनु सानो कुरा हो? नेपालमा जोसुकै नेता आओस्, प्रधान मन्त्री हुनेबित्तिकै सबैभन्दा पहिले उहाँकै 'चाय' खान दिल्ली पुग्छन्। नेपालका प्रधान मन्त्रीहरूलाई बालुवाटारको भन्दा दिल्लीकै चिया मीठो लाग्छ। नलाग्नु पनि कसरी, आखिर त्यो बनाउने अरु कोही नभएर चायवाला श्री नरेन्द्र मोदी जो हुनुहुन्छ।

अरुको के कुरा, बिरामी परेर औषधि गर्न गएका नेताहरूसमेत उहाँको एक कप चाय खान नपाउन्जेल अस्पतालबाटै डिस्चार्ज हुन मान्दैनन्। शायद उहाँहरूलाई यस्तो लाग्दो हो, अस्पतालको औषधिले भन्दा पनि मोदीजीको चायले रोग निको पार्न सक्छ। दिल्लीसम्म गएर चाय खानुपर्छ र भन्ने आलोचना होला भनेर होला, नेताहरू कोही उपचार गर्ने, कोही बजार जाने, कोही ससुराली जाने, कोही भोज खाने, कोही सेमिनारमा भाग लिने त कोही कुतुब मिनार हेर्ने बहानामा सुटुक्क दिल्ली पुगेर उहाँको चिया खाएर खुरुक्क फर्कने गर्छन्। नमीठो चिया भए त्यसरी लुकीलुकी भए पनि सुटुक्क सुटुक्क दिल्ली गएर पिउँछन् होला त? अहिले भर्खरै पनि गोवाको सेमिनारमा भाग लिन गएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि फर्कँदा दिल्ली गएरै मोदीजीको चाय खानुभयो। अहिले त भारतमा पतञ्जली चाय पनि आएको छ। मोदीजीले प्रयोग गर्ने पत्ति पनि शायद पतञ्जली चायकै हुनुपर्छ। त्यसैले अब नेताहरू योगा गर्ने बहानामा पनि एकाबिहानै दिल्ली पुगेर चाय खान बेर छैन।

यसबाट प्रस्टै थाहा हुन्छ, प्रधान मन्त्री नरेन्द्र मोदी अहिले पनि उत्तिकै मीठो चिया पकाउनुहुन्छ। उहाँको चियामा के त्यस्तो शक्ति छ थाहा छैन जसले हाम्रा नेतालाई सधँै त्यही चिया खाउँखाउँ बनाइदिएको छ। चिया त नेपालमा बगानै बगान छ नि। तैपनि नेताहरूलाई मोदीकै हातको चिया चाहिने। मोदीजी राजनीतिकरूपले भलै भारतको प्रधान मन्त्री नै हुनुभए पनि पेशागतरूपले अझै पनि एक पक्का 'चायवाला' नै हुुनुहुन्छ। उहाँको चायवाला क्षमतामा अझै कुनै कमी आएको छैन। हाम्रा नेताहरू नै यसका प्रमाण हुन्। पाकिस्तानी 'चायवाला' सँग भारतको दुश्मनी परेको पनि शायद यही कारणले हुनुपर्छ। आखिर एउटा 'चायवाला' को दुश्मनी अर्को 'चायवाला' सँग नै हुने हो। भारतीय 'चायवाला' को सामु पाकिस्तानले अर्को 'चायवाला' खडा गरेपछि दुश्मनी पर्नु स्वाभाविकै भयो। बरु यी दुई 'चायवाला' हरूको युद्धमा हाम्री 'तरकारीवाली' लाई प्रयोग गरेको पो डरलाग्दो भो।
अर्को समाचार
इन्जिनियर चायवाला
०१ फागुन २०८०
•
५ मिनेट पाठ
इन्जिनियर चायवाला
सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्।




तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन्। सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उनलाई। ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र! त्यस्तै रहर मलाई पनि थियो। तर रहरले मात्रै कहाँ हुँदोरहेछ! त्यसैको उदाहरण हुँ म’, उनले भने। रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भने, ‘खै! नहुँदोरहेछ। मसँग त रहर र सीप दुवै छ। प्रयास पनि कहाँ नगरेको हुँ र...!’

पछाडिबाट आवाज आयो, ‘दाई चिया।’ कुरा छाडेर काममा लागे उनी। ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, ‘तपाईँहरूको नि?’ जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए।

‘मेरो त काम नै यस्तै छ। सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु’, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ। विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु।’

यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट वि.सं. २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढेका छन्। भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेका छन्।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसकेका थिए। तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए।

‘स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो। त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए। एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो। त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो। त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो’, उनले दुःख पोखे।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन। किनकि घरको काम उनले नै गर्नुपर्ने भयो। यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो।  

‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा। त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन। जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो। आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन’, उनले भने।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन्। ‘जागिर पाइएन। खर्च बढ्दै गयो तर आम्दानी  छैन’, एकछिन निःशब्द हुँदै उनले भने, ‘श्रमको मूल्य पाउने जागिर नै पाइँएन। दश–बाह्र हजारमा काम गर्न सकिएन।’

नेपालमा विकल्प नभएपछि उहाँले विदेशिने निधो गर्नुभयो । त्यसबेला स्वास्थ्य बाधक बन्यो। राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ। तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन्। अहिले औषधि सेवन गरिरहेको उनले बताए।

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन्। उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन्। लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले बताए।

आठ हजार तिर्नुपर्ने भएपछि...

आमालाई क्यान्सर भयो। त्यहीबीचमा बुवा बित्नुभयो। परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना। जागिरका लागि गरिएका प्रयास सफल भएनन्। भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो। ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु। रु एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो। ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो’, उनले मलिन मुद्रामा भने।

यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो। चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु आठ हजार तीन सय तिर्नुपर्ने भयो। अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ।

उनी भन्छन्, ‘त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ। एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने। त्यसपछि चियापसल सुरु गरेको हुँ।’ राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन्। उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन्।

‘सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु। आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ’, उनले भने।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गर्छन्। ‘देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन्। युवाहरू विदेश धाइरहेका छन्। यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो। यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ’, उनले भने। टिकाराम सुनार/चन्दन ठाकुर रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस