३३ किलो सुन
२९ पौष २०७३
•
७ मिनेट पाठ
३३ किलो सुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक ३३ किलो सुन भेटियो। तर आश्चर्य, सुनको मालिक भेटिएन। ३३ किलो भनेको सानो कुरा होइन। ३३ किलो त बाटोमा आलुमात्रै भेटिए पनि मानिस 'मेरो! मेरो!' भन्दै हारालुछ गर्न पुग्छन्। तर यति बेला ३३ किलो सुन भेट्दा पनि मेरो हो भन्न कोही पनि आएन।

अब यही विषयलाई लिएर देशमा पूरा हंगामा छ। बाटोमा ३३ किलो सुन भेटियो। तर मालिक नभेटेर प्रहरीलाई टेन्सन छ। सुन भेटेर पनि मालिक नभेटिनु झन् टेन्सन हुँदो रहेछ। त्यही भएर विमानस्थलका प्रहरीहरू अक्सर गरी त्यस्तो सुन भेटिहाल्यो भने पनि नदेखेझैँ गरिदिन्छन्। किनभने मालिक नभएको सुन भेट्टाउनु त बडो डरलाग्दो पो हुने रहेछ। सुन भेट्टायौ, अब मालिक पनि भेट्टाऊ भनेर हैरानै पार्ने रहेछ।

सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्‍यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला।

३३ किलो सुनको मालिकबारे गृह मन्त्रालयमा उधुम मच्चिरहेको थियो। त्यही बेला बैठक कोठामा कसैले ढोका ढकढकाए। सुरुमा त कसैले ध्यान दिएको थिएन। तर लगातार तीन चार पटक नै ढक्ढकाएपछि पालेले ढोका खोले। बाहिर एउटा मरनच्याँसे जिउडाल भएको मानिस खडा थियो। फू गर्दा नि ढल्ला कि जस्तो। यस्तो गोप्य बैठक भइरहेको ठाउँसम्म कसरी पुगेको होला?

उनलाई देख्नेबित्तिकै पालेको नाक खुम्चियो। पालेले घृणापूर्वक सोधे, 'किन? कसलाई भेट्न आउनुभएको?'

मरनच्याँसेले भने, 'म कसैलाई भेट्न आ'को होइन।'

'अनि किन आ'को त?,' पालेको स्वरमा क्रोध पनि मिसियो, 'ल गइहाल।'

'किन जाने?' मरनच्याँसेले आँखा ठूलठूलो पारे, 'पहिले मेरो सुन देउ, अनि जान्छु।'

'सुन देउ रे?,' पाले छक्क परे, 'कुन सुन?'

'उही...' मरनच्याँसेले बैठक भित्रतिर इशारा गर्‍यो, 'अस्ति भेट्टाएको।'

'अस्ति भेट्टाएको?' पाले अहिले छक्क होइन तीन छक्क परे, 'त्यही ३३ किलो?'

'अनि के त?' मरनच्याँसेको आँखा चम्क्यो।

'त्यो ३३ किलो सुन तिम्रो हो?' पालेको आँखा झन् चम्क्यो।

'त्यही त..' पालेले कुरा बुझेजस्तो लागेर होला, मरनच्याँसेको मुहारमा खुशी छायो। दंग पर्दै भने, 'त्यो ३३ केजी सुन मेरै हो। अहिले त्यही लिन आएको। खोइ दिनोस्।'

'३३ किलो सुनको मालिक?' पालेले मरनच्याँसेलाई तलदेखि माथि, माथिदेखि तल यसरी हेरे मानौं उनी मानिस होइन त्यही ३३ किलो सुनले बनाइएको कुनै मूर्ति हो। पालेले सम्झाए, 'हेर दाजु, यति बेला यस्तो मजाक नगर तिमी। सुनको कारणले सरकार त्यसै पनि टेन्सनमा छ। नचाहिने मुद्दामा फसौला।'

'किन फस्छ? आफ्नो सुन माग्न आउँदा फसाउन मिल्छ मलाई? के आफ्नो सुनलाई आफ्नो पनि भन्न  पाउँदिन म?' मरनच्याँसे पनि फन्के।

अबचाहिँ प्ाालेले सम्झाउने शैलीमा भने, 'यो सुन मेरो हो भन्दैमा सरकारले तिमीलाई त्यसै दिएर पठाउँछ? प्रमाण खोइ? सुन किनेको बिल छ? राजश्व तिरेको कागज छ?'

'त्यो त छैन।'

'अनि कसरी तिम्रो भयो त? लगेर जेल हाल्ला, होस गर दाजु।' पालेले सम्झाउन छाडेन।

तर मरनच्याँसे सम्भि्कए पो! झन् उल्टो भने, 'हाले हालोस्। के फरक पर्छ?'

पाले झस्किए। यो सुन काण्डमा जेल पर्नुपर्ने त यसको मालिक हो। तर जेल जान त यो मरनच्याँसे पो तयार भएर आएछ। कतै यो सुन मालिकले नै पठाएको मान्छे त होइन? यसलाई जेल पठाएर आफू बच्न यस्तो उपाय गरेको पनि हुन्छ। तस्करको के भरोसा?

पालेले विस्तारै सम्झाए, 'हेर दाजु, तिमी यो सुनको मालिक त हुँदै होइनौ। त्यो हामीलाई राम्रै थाहा छ। तर तिमीले यो मेरै सुन हो भनेर कतै सुनको मालिकलाई बचाउन खोजेको त होइन?'

अबचाहिँ मरनच्याँसे पनि थोरै गम्भीर भए। शायद चोर पक्राउ हुनै लागे भन्ने ठानेर होला। उनले विस्तारै भने, 'म सुन मालिकलाई बचाउन आएको होइन।'

पालेले सोधिहाले, 'अनि कसलाई बचाउन आएको त?'

मरनच्याँसेले भने, 'म वास्तवमा सरकारलाई बचाउन आएको हुँ।'

'सरकारलाई? कसरी?' पाले दोस्रो तीन छक्कमा परे।

मरनच्याँसे बोले, 'सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। सुन कसरी बाहिर गयो, कसले निकाल्यो, कसलाई निकाल्यो भन्ने सवालको जवाफ दिन नसकेर सरकारको बेहाल भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्‍यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला। त्यही भएर आएको हुँ। सुन मालिकसँग मेरो कुनै लेनादेना छैन। तर एउटा गणतन्त्रवादी भएको नाताले गणतान्त्रिक सरकारलाई सहयोग गर्नु मेरो नागरिक कर्तव्य होइन र?'

सरकारलाई बचाउने यस्ता नागरिक भएपछि सरकारलाई अरु के चाहियो?    
अर्को समाचार
राजधानीमा २५ किलो सुन र २ सय किलो चाँदीको कारोबार
०६ कार्तिक २०७१
•
२ मिनेट पाठ
राजधानीमा २५ किलो सुन र २ सय किलो चाँदीको कारोबार
काठमाडौं—दसैँमा कारोबार हुन नसकेको सुनको व्यवसाय अहिले तिहारमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २०० किलो चाँदीको कारोबार भएको छ। दसैँमा दैनिक १० किलो सुन तथा करिब १०० किलो चाँदी खरिद बिक्री भएको थियो।महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य र नेपाली रुपियाँको क्रय शक्ति घटदै गएका कारण सुनको कारोबारमा कमी आएकाले व्यवसायीलाई काम गर्न कठिन भएको बताए।

लक्ष्मीपूजामा धेरै थोरै सुन किनेर घरमा सङ्ग्रह गर्नुपर्छ भन्ने मान्यताका कारण पनि अहिले सुनको व्यापार बढेको हो। सामान्य दिनमा अहिले दैनिक पाँच-छ किलो पनि सुन तथा गरगहना बिक्री हुन नसकेको अवस्थामा तीन दिनमा करिब ६० किलो सुनको बिक्रीले व्यवसायीलाई आशा पलाएको छ।

मखनमा काँचो सुन व्यापार गर्दै आएका नेभी श्रेष्ठले "मानिसहरुले सुन भनेको नगद नै हो" भनी सकेको सञ्चय गर्ने र अप्ठेरो परेका समयमा बिक्री गरी व्यावहारिक काम चलाउँदै आएको भए पनि अहिले सुनको मूल्य उच्च रहेकाले लुटपाट तथा असुरक्षाको महसुस गरी आवश्यक परेका समय केही किन्ने गरेको अनुभव सुनाए।

नेपाल राष्ट्र बैंकले विगतमा सुनको आयात अत्यधिक भएकाले व्यापार घाटा बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न दैनिक २० किलो मात्र सुन आयात गर्न अनुमति दिएको थियो। सो सीमाअनुसार बजारको माग धान्न नसकिने भन्दै आएका व्यवसायीले पछिल्लो समय सुन बिक्री नभएपछि सुन उठाउन छाडेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस