कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?
२५ माघ २०७३
•
६ मिनेट पाठ
कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?
चितवन- नेपालकै सर्वाधिक ठूलो चोरी मानिएको नारायणगढ बजारको मुख्य क्षेत्र सहिदचोक नजिकको सुन पसलबाट तीन किलो सुन र १० किलो चाँदीसहित नगद हराएको चार दिन पूरा हुँदा पनि चितवन प्रहरीले घटनाको सत्यतथ्य के हो मेसो पाउन सकेको छैन। बिहीबार साँझ बन्द गरेको पसल शुक्रबार बिहान सबेरै खोलेर हेर्दा सुन, चाँदी र नगद गायब थिए। यो चोरी नै हो या अन्य केही भएको हो चितवन प्रहरी रहस्य खोतल्न जुटिरहेको छ।




भरतपुर उपमहानगरपालिका वडा नं. ३ सहिदचोक हङकङ बजारमा रहेको आधुनिक सुन चाँदी पसल ४० वर्ष पुरानो पसल हो। दुई वर्षअघि हङ्कङ बजारमा सरेको सो पसल त्यसअघि त्योभन्दा केही पर बालकुमारी स्कुल चोकमा थियो। नौं वर्षअघि पसल बन्द गर्ने बेलामा आक्रमणको प्रयास भए पनि अरु बेला कुनै खालका घटना नभएको सञ्चालक विकास बर्माले बताए।

बिहीबार बिहे भोजको निम्ता मान्न जानुपर्ने भएका कारण विकासले साँझ पौने सात बजे पसल बन्द गरेका थिए। पसलका अरु सटर भित्रबाट बन्द गरे पनि भित्र बाहिर गर्ने सानो सटरको दुवैतिर बाहिरबाटै ताला लगाउने विकासले बताए। शुक्रबार बिहान विकासका भाइ गोविन्द बर्मा पसल खोल्न आएका थिए। सटरमा एकातर्फ मात्रै ताला लगाएको थियो।

'त्यो ताला पनि हाम्रो नभएर अर्कै थियो। भाइले दौडिदै गएर बताएपछि आएर पसल खोलेर हेर्दा गहना राखेका सेफ र पैसा राख्ने काउण्टर तोडफोड गरेको भेटियो,' विकासले भने। साँझ प्राय सात सवा सातभित्र पसल बन्द गर्ने चलन थियो। त्यस्तै बिहान खोल्ने बेलामा पनि प्राय भाइ गोविन्द जाने गरेको विकासले बताए।

चितवन प्रहरीले दिएको जानकारीअनुसार सो पसलबाट सुन र सुनका गहना ३०५ तोला हराएको छ। त्यस्तै चाँदी र चाँदीका गहनाहरु १० किलो हराएको छ। काउन्टरमा राखेको साढे सात लाख रुपैयाँ पनि हराएको चितवन प्रहरीले दिएको विवरणमा उल्लेख छ। सुन जोख्ने इलेक्ट्रिक तराजु पनि गायब छ।

प्रहरीको विवरणलाई आधार मान्दा पनि एक करोड ७० लाख रुपैयाँको सुन चोरी भएको छ। चाँदी र थप नगदसमेत गर्दा दुई करोड रुपैयाँको हाराहारीमा चोरी भएको देखिन्छ। 'सुन पसलमा यसरी यति धेरै परिमाणमा चोरी भएको चितवनमा मात्रै नभएर सायद नेपालकै पहिलो घटना हो,' नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष तथा महासंघका उपाध्यक्ष विपिन रामुदामुले भने।

पसलले बिक्रीका लागि देखाएर शो केशमा राख्ने गहनाहरु ठूलो शेफमा राख्ने गरेको थियो। बिहेका लागि अर्डर लिएर तयार बनाएका गहनाहरु र ग्राहकबाट किनेका पुराना गहनाहरु र चाँदी सानो शेफमा राख्ने गरेको सञ्चालक विकास बर्माले बताए।

ठूलो शेफ र त्यसमा भएका सबै गहना सुरक्षित रहेका छन्। पसलेले प्रहरीलाई टिपाएको विवरणमा भन्दा पनि धेरै परिणाममा गहनाहरु हराएको हुनसक्ने व्यवसायीहरुको अनुमान छ। चार किलोसम्म सुनका गहनाहरु चोरी भएको हुनसक्ने अवस्था देखिएको व्यवसायीहरु बताउँछन्। बिहेको सिजन भएका कारण खरिद गर्नेहरुको चाप अत्याधिक रहने बेलामा चोरी भएको छ।

चितवन प्रहरीले प्रहरी उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठको नेतृत्वमा अनुशन्धान टोली खटाएको छ। 'यति धेरै सुन चाँदी चोरी भएको घटना सामान्य होइन। यो घटना के हो हामी अनुशन्धानमै छौं। सबै कुरा चाँडै बाहिर ल्याउने छौं,' चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक थापाले भने।

सुन पसलमा १६ जना कालिगढ र आठजना सेल्सम्यानहरु रहेका छन्। कारोबार ठूलो हुने भएका कारण पसलमा १२ वटा सीसी क्यामेराहरु पनि छन्। तर गहनासँगै सीसी क्यामेराले खिचेको दृश्य रेकर्ड भएर बस्ने उपकरण डीबीआर बक्ससमेत गायब छ। पसलका सबै विषयमा जानकार भएकाहरुले नै यस्तो काम गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

'घटना के हो चोरेको कस्ले हो प्रहरीले चाडोभन्दा चाडो सत्यतथ्य सार्वजनिक गरे व्यपारीहरुले केही सुरक्षित अनुभव गर्ने थिए। यति ठूलो घटनामा सत्य कुरा सार्वजनिक हुन बिलम्ब भए व्यपारीहरुमा असुरक्षाको भावना बढ्न सक्छ,' व्यवसायी विपिन रामुदामुले भने। घटनापछि प्रहरीसँग आफूहरु नियमित सम्पर्कमा रहेको र प्रहरीको भूमिका सहयोगी र सन्तोषजनक नै रहेको पनि उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस