चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले चितवनमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । निःशुल्क सेवा दिने उद्देश्य सहित डाक्टर केसीले भरतपुर अस्पतालमा बसेर बिरामीको स्वास्थ्य परीक्षण गर...
काउली, बन्दा र फर्सी मूल्य नपाउँदा किसान मर्कामा परेका छन्। वर्षौंदेखि व्यावसायिक खेती गर्दै आएका किसानले मूल्य नपाएको झोकमा काउली, बन्दा र फर्सीलाई बारीमै जोतेका छन्।
भाइरल भिडिओमा आक्रमणमा उत्रिएका प्रहरी ती युवकमाथि ‘माथिको पावर देखाएको’ भन्दै आक्रोशित सुनिन्छन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्।
बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किसानलाई निकै छटपटाहट हुने गरेको छ। तर चितवनका केही किसान भने रासायनिक विषादीको प्रयोग नगरी पनि मनग्गे उत्पादन गर्न सकिन्छ भन्ने प्रमाण बनेर उभिएका छन्।
पूर्वी चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ। बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरूम...