पूर्वी चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ। बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरूमा गणना गरिएको थियो।
सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन्। जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यस पटक भेटिएका छन्। बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु विडारीका अनुसार, यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चराहरू यसपालि पनि भेटिएको उनले सुनाए। गत वर्ष ५३ प्रजातिका चराहरू देखिएका थिए।
यस वर्ष लोथरदेखि दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) देखि सौराहाघाट, सौराहाघाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिस हजारी र यससँग सम्बन्धित तालहरू भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताल लगायत पूर्वी चितवनको सिमसारहरुमा गरिएको थियो।
विडारीले दुई दिन भएको गणनामा ७ हजार १५० चराहरू समावेश भएको जानकारी दिए। तीमध्ये ४ हजार १०७ चखेवा चखेवी रहेको उनले बताए। अघिल्लो वर्ष ७ हजार ५१७ चराहरू समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवा चखेवीको संख्या घटेको हो। अघिल्लो वर्ष ४ हजार ३०४ भेटिएको उनले बताए।
सौराहाघाटदेखि कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्। त्यस्तै, लोथरदेखि जिन्दगानी घाटसम्म २, जिन्दगानी घाटदेखि सौराहाघाटसम्म २५, विसहजारी तालमा ३०, बढुराप्तीमा २६, ढुंगरे खोला २४ मत्यविकास केन्द्रमा १८, लामितालमा १६, पटना तालमा १२ र तमोरतालमा ४ प्रजातिका चराहरू भेटिएको उनले बताए। ७ हजार १५० चरा समावेश हुँदा पानी हाँस मात्र ४ हजार १०७ वटा समावेश भएको उनले जनाए। जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन्।
बर्ड एजुकेसन सोसाइटीका पूर्व अध्यक्ष समेत रहेको विडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपंक्षीको संख्या घट्दै गएको बताए।
‘जलेवा चराहरू बढेका छन्। चखेवाको संख्या उस्तै उस्तै छ’–विडारीले भने। प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाई छ।
सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ। नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ। सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो। चितवनमा ६५२ प्रजाति चरा पाइने उनले बताए। त्यसमध्ये यस वर्ष जिल्लामा १५९ प्रजाति भेटिए। पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले जनाए।
पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।
गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए।
यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वी चितवनको सिमसारमा गरिएको थियो। बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए।
अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो। अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए। सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्। यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए।
सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उनले बताए। जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन्। बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए। 'जलेवा चरा बढेका छन्। चखेवाको सङ्ख्या उस्तैउस्तै छ,' बिडारीले भने।
प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ। सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ। नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ। सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो।
चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए। त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए। पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...