अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविले बैंक ग्यारेन्टी बुझाउने तयारी गरेका छन्। ५४ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको उल्लेख गरेको छ।
वादी र जाहेर वालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन्।
बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ। बुधबार कुमरोज सामुदायिक वनकाे लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाकाे मृत्यु भएको निकुञ्जले जानकारी दिएक...