चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको उल्लेख गरेको छ।
बिहीबार अदालतले गरेको आदेशमा लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्न भनेको छ।
आदेशमा भनिएको छ, 'प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुज्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु। ५४,००,०००।( (चौवन्न लाख रुपैयाँ) धरौट वा जमानत वा बैङ्क जमानत लिनु।'
आजको थुनचेक बहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, चितवनका सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा.नारायणदत्त कंडेलले बहस गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित १५ जनाविरुद्ध मङ्गलबार चितवन जिल्ला अदालतमा पुरक मुद्दा दायर गरेको थियो ।