गएको वर्षाले पक्की पुल बगाएपछि उदयपुर र खोटाङ जोड्ने तीन महिना यातायात सम्बन्ध विच्छेद हुन पुगेको फोक्सिन्टारस्थित सुन नदीमा नयाँ पक्की पुल बन्ने आसा पलाएको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा प्रतियोगिता आयोजक श्रीपुर (ए) ले डिएमगेट फुटबल क्लब, त्रियुगा नगरपालिका–१२ लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
झण्डै ४ महिनादेखि पूर्णरुपमा बन्द रहेको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनः सञ्चालनको तयारीमा छ । ५३ ग्रेडको गैँडाछाप ओपिसी सिमेन्ट उद्योग मर्मत सम्भारपछि पुनः सञ्चालन गर्न लागिएको हो ।
पछिल्लो समय उच्च कोटीको लागू पदार्थ खैरो हेरोइन (ब्राउन सुगर) प्रयोग र कारोबार ह्वात्तै बढेको पाइएको छ । प्रहरीले दिनहुँ जस्तो संलग्नहरूलाई पक्राउ गरिरहेको छ।
उदयपुरका साइकल धावक निमा शेर्पा साइक्लोथन उपाधि हात पार्न सफल भएका छन्। विराटनगरमा सम्पन्न 'साइक्लोधन सिक्स प्वाईन्ट प्रतियोगिता ०८१' को छैठौं संस्करणमा शेर्पा प्रथम हुन सफल भएका हुन्।
सोमबार बिहान बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मकवानपुरमा निधन भएको छ। बिहान २:३० बजे भएको दुर्घटनामा त्रियुगा नगरपालिका-२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको निधन भएको हो।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन जारी शिक्षक आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन महासङ्घले आम शैक्षिक हडताल आह्वान गरेको जनाएको छ ।