पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका हुन्।
कर्णाली नदीमा बिहीबार दिउँसो दाउरा बटुल्न गएका एक जना मृत फेला परेका छन्। दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएका मध्ये भरत रोकाय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।