कोरोना भाइरसको महामारीका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘घर शिक्षा’ अभियान सुरु गरिएको छ।
काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञाको आदेश जारी गर्दै सो जानकारी गराएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका १८ वर्षीया महिलासहित १२ जनाको मृत्यु भएको छ।
काठमाडौंमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ। अस्पातलका चिकित्सकसहित ७९ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेवा बन्द गरिएको अस्पतालका कोभिड चिकित्सक संयोजक विधान निधिले जान...