कोरोना भाइरसः ६ महिनासम्म निको नभएकी संक्रमित भन्छिन्, 'कसरी निको हुने थाहा छैन'
१९ भदौ २०७७
•
५ मिनेट पाठ
कोरोना भाइरसः ६ महिनासम्म निको नभएकी संक्रमित भन्छिन्, 'कसरी निको हुने थाहा छैन'
मोनीक ज्याकसनलाई महामारी सुरु भएकै समयमा कोभिड १९ संक्रमण भयो र झण्डै ६ महिनापछि अझै पनि उनी बिरामी नै छन्।




यस्तो अवस्थामा रहेका हजारौँमध्ये एक उनले आफूलाई देखिएका लक्षण र निको हुने असफल प्रयासका चित्र कोर्दै सङ्कलन गरेर राखिरहेकी छन्।

एक वर्षअघि ज्याकसनले च्याउबारे एउटा प्रवचन हेरेकी थिइन् र त्यसबाट उत्साहित भएकी थिइन्।

वक्ताले भनेका थिए कि ढुसी वास्तविक विश्वव्यापी सञ्जाल हुन् किनभने ती रूखको मुन्तिर फैलिन्छन् र रूखहरूलाई समस्या पर्दा सहयोग पुर्‍याउँछन्।

अहिले कोरोना भाइरस सङ्क्रमणसँग लगातार २४औँ हप्तामा सङ्घर्ष गरिरहँदा उनले त्यो कुरा बारम्बार सम्झिरहेकी छन्।  

भर्खरै अध्ययन भइरहेको लामो समयसम्म रहने कोभिड १९ आफूलाई भएको उनलाई शङ्का छ।

उनी मार्चमा बिरामी भइन् र सुरुमा मध्यम रोग देखियो तर उनको लक्षण कहिले समाप्त भएको छैन। पाँच महिनापछि पनि उनले आफ्नो शरीरमा के भइरहेको छ भनेर बुझ्ने कोशिस गरिरहेकी छन्।

ज्याक्सन उनकै शब्दमा निरन्तर सक्रिय रहने व्यक्ति हुन्। साधारण अवस्थामा उनी थाइ बक्सिङ अभ्यास गर्थिन् र लन्डनमा रहेको आर्ट ग्यालरी पुग्न र फर्कन प्रतिदिन १२ माइलसम्म साइकल चलाउँथिन्।

तर पछिल्लो केही महिना उनको जीवन बदलिएको छ। अहिले उनको शयनकक्षको भित्तामा दैनिक अत्यावश्यक काम पूरा गर्न चाहिने शक्ति जोहो गर्न सम्झाउने एउटा सूची टाँसिएको छ।

'म अल्छी होइन,' उनले भनिन्। तर कतिपय दिन यस्ता छन् जुन दिन उनलाई शरीरले साथ दिएको छैन। त्यस्तो अवस्थामा उनले आफूलाई पोख्ने माध्यम समाजिक सञ्जाल इन्स्टाग्रामलाई बनाएकी छन्।

त्यहाँ उनले आफूलाई देखिएका लक्षणका विस्तृत सङ्केतको दैनिकी नै तयार पारेकी छन्। उनले त्यहाँ आफ्नो नयाँ अवस्थाबारे मानिसहरूलाई जानकारी दिने र त्यस्तै अवस्थामा 'लामो समयसम्म' बिरामी रहेका अरूसँग जोडिने माध्यम बनाएकी छन्।

कोरोना भाइरस बारेको धेरै कुरा जटिल छ तर लामो समयसम्म कोभिड देखिएको अवस्था यो महामारीको बुझ्न नसकिएको पक्ष हो।

किन केही मानिसहरूलाई यस्तो खालको सङ्क्रमण देखा परिरहेको छ जुन निको नै भइरहेको छैन ?

आफ्नो साथीसँग रेलमा यात्रा गर्दा ज्याकसन पहिलोपटक बिरामी भइन्। सुरुमा उनीहरू सम्पर्कमा थिए र दुवैमा देखिएको लक्षण पनि उस्तै थियो।

सुरुको दुई हप्ता रुघाखोकीको सङ्क्रमण देखिए पनि उनलाई जीउ गल्ने भएपछि ओछ्यान छाड्न एकदमै गाह्रो भएको थियो।

दोस्रो हप्तापछि उनलाई श्वासप्रश्वासमा समस्या भयो तर एउटा एम्बुलेन्स आएर उनको शरीरमा अक्सिजनको तह ठीक भएको जवाफ दिएर फर्कियो।

लक्षण र अप्ठेरो

मार्चमा परीक्षण गर्ने किटहरूको यूकेमा अभाव भएको र ती कडा लक्षण भएकाहरूका लागि राखिएकाले उनको परीक्षण गरिएन। उनले घरेलु उपचारमा ध्यान दिँदै काँचो लसुन खाइन्। त्यसबेला स्वाद थाहा नपाएको र गलेको अनुभव गरेको उनी सम्झिन्छिन्।

त्यसको दुई हप्तापछि ती लक्षणहरू हराए पनि नयाँ लक्षणहरू देखिएको र छातीको मध्यभागमा दुख्न थालेको उनले बताइन्। उनले ९११ मा फोन गर्दा चिकित्सकहरूले पारासिटामोल लिन सुझाएका थिए।

परासिटामोलले काम गरेपनि उनलाई पेट र घाँटीमा पीडा हुन थाल्यो।

चिकित्सकहरूले उनलाई अल्सर भएको आशङ्का गरे तर पछि आएर भाइरसले पनि ग्यास्ट्रिकसँग मिल्दोजुल्दो लक्षण निम्त्याउन सक्ने कुरा मान्न थालियो।

६ हप्तापछि उनलाई पिसाब पोल्ने र ढाडको मुन्तिर दुख्ने हुन थाल्यो। चिकित्सकहरूले विभिन्न किसिमका एन्टीबायोटिक दिएपछि मात्रै उनलाई ब्याक्टेरियाको सङ्क्रमण नभएको निष्कर्ष निकाले।

त्यो पछि त्यसै निको भएर गयो।

यो अवधिमा उनी सामाजिक सञ्जालबाट अलग्गै बसिन्। किनभने उनलाई त्यहाँ मृत शरीरसम्बन्धी पोस्ट हेर्नुपर्छ भनेर डर लाग्यो। उनमा विभिन्न लक्षणहरू देखापर्ने क्रम जारी रह्यो।

अप्ठेरोका माझ अन्ततः यूके सरकारले कोभिड १९ का लक्षण रहेका सबैले परीक्षण गराउन सक्ने बतायो। एक जना साथीको मद्दतले परीक्षण केन्द्रमा पुगेपनि उनले त्यहाँ सैनिकहरू तैनाथ रहेको देखिन्।

परीक्षणको नतिजा नेगेटिभ आयो।

त्यसबाट उनले सन्तोषको अनुभव गरिन किनभने उनलाई भनिएको थियो कि उनीबाट साथी तथा परिवारका सदस्यमा सङ्क्रमण सर्न सक्छ।

उनले आफ्नो डायरीमा लेखेकी छन् सङ्क्रामक बन्ने अनुभूति मनोवैज्ञानिक रूपमा गरेर अघि बढ्न गाह्रो हुने रहेछ।

आराम महसुस नगरेकाले पनि उनी थप अन्योलमा थिइन्। पहिलोपटक बिरामी भएको चार महिनापछि उनी बाहिर निस्किइन्।  

पूर्वी लन्डनको घरबाट उनी सरसफाइ जस्ता साधारण कामहरू गर्न अप्ठेरो भएपछि आफूलाई मद्दत गर्ने परिवारसँग नजिक बस्न इच्छुक पनि भएकी थिइन्। उनको श्वासप्रश्वासमा सुधार भएको थियो। भर्याङ् चढ्दा सास बढेका कारण उक्लन सक्ने अवस्थामा नरहेकी उनी जुलाईमा चढ्न सक्ने भएकी थिइन्।

तर कोठा सफा गर्ने प्रयास गरेको चार मिनेटमा नै उनी सास फेर्न नसकेर अर्धचेत भइन्। त्यसपछि उनी तीन हप्ता ओछ्यानमा परिन्।  

उनलाई कसरी ठिक हुने थाहा थिएन। 'मानिसहरूले मलाई मनिक तिमी फेरि साइकल चलाउँछौ, बक्सिङ खेल्छौ र सञ्चो भएपछि मेरोमा आउ भनिरहेका थिए। तर मलाई त्यसले मद्दत गरिरहेको थिएन।'

चिकित्सकलाई थाहा छैन

चिकित्सकहरूलाई उनीजस्तो लक्षण भएका बिरामीलाई कसरी मद्दत गर्ने भन्ने थाहा छैन। 'म इमेल चलाएर बस्थेँ वा चिकित्सकसँग कुरा गर्थेँ र त्यसपछि आफ्ना साथीहरूसँग कुरा गर्थेँ र गल्थेँ। म आफ्नो दाँत पनि माझिरहेको थिइन।'

उनले मानसिक स्वास्थ्यको थेरापी प्राप्त गरेकी छन् जसले उनलाई आफ्नो नयाँ वास्तविकतालाई स्वीकार गर्न मद्दत गरिरहेको छ। उनले सोचेकी पनि थिइनन् कि आफ्नो रोगका कारण उनी च्याउका पारखीहरूसँग जोडिनेछन्।

च्याउसँग भाइरसविरोधी गुण हुन्छन् एउटा पोस्टमा उनले लेखेकी छन्।

तिनीहरू एउटा वृहत् र सुन्दर वस्तुको हिस्सा हुन्। नजिकैको रूखको जरासँग सम्पर्कमा रहेका माइसेलियम भनिने भूमिगत धागोहरूको सञ्जालले ढुसीलाई खाने गर्छ। ती जराहरूमार्फत माइसेलियमले पोषण तत्व एक अर्कामा पठाउँछन्।

कैयौँ विज्ञले ढुसीले रूखहरूलाई एकआपसमा सम्पर्क गर्न सघाउने क्रममा स्वस्थ्य रूखमा रहेका पोषणतत्वलाई सङ्घर्ष गरिरहेका रूखमा पुर्‍याउने विश्वास गर्छन्। यसले उनलाई आफ्नो ढोकामा महिनौँसम्म खाना ल्याइदिने साथीहरूको सम्झना गराएको छ।

ती मानिसहरू जोसँग उनी बिरामी परेदेखि नै निर्भर रहेकी छन्।  

'म कोठामा एक्लै बसेकी छु तर अरू बेलाभन्दा अझ जोडिएको महसुस गरेकी छु।' बीबीसी
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस