जिल्ला प्रहरी कार्यालयको टोलीले लागुऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले नेपालगंज गुलरिया सडकखण्ड अन्र्तगत नगरपालिका वडानम्बर-११ गणेशपुर चौकबाट लागुऔषध(ब्राउन सुगर) सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो।
भे५प ३९२३ नम्बरको मोटरसाइकलमा नेपालगन्जबाट गुलरियातर्फ आउने क्रममा पक्राउ गरेको प्रहरीले बताएको छ। भारत उत्तरप्रदेश रामपुर जिल्लाका ४२ वर्षीय ईरसाद अहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। मोटर साइकलको फिल्टर भित्र सेतो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने ९ ग्राम भन्दा बढी धुलो बरामद गरेको प्रहरीले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ।
पक्राउ परेका भारतीय नागरिकलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।