लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दुई र शंकास्पद हिँडिरहेकालाई चेकजाँच गर्दा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
दाङको लहमी नगरपालिका वडा नम्बर ५ का सोनु श्रेष्ठ र सोही ठाउँका विशाल कुँवरलाई प्रहरी पक्राउ गरेको छ। त्यस्तै सोही ठाउँका दिवस डाँगी र दुईजना १७ वर्षीय बालकलाई पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ।
सोनु र विशाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोनुले बोकेको गुडियाको भित्र लुकाइ ल्याएको सात ग्राम ब्राउन सुगर फेला परेको थियो। त्यस्तै दिवसले कालो झोलामा लुकाइछिपाई राखेको सेतो प्लास्टिकको पोकामा १८ वटा पुडिया तौल गर्दा १७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) भेटिएको थियो।
अहिले उनीहरु र लागूऔषध ब्राउन सुगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।