१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रविधि

‘वर्डक्याम्प काठमाडौं २०२३’ हुँदै

नेपालका वर्डप्रेस प्रयोगकर्ताहरूलाई लक्षित गरी राजधानीमा ‘वर्डक्याम्प काठमाडौँ २०२३’ हुने भएको छ।

वर्डप्रेस नेपाल कम्युनिटीको आयोजनामा हुने लागेको यस कार्यक्रम भाद्र २२ र २३ गते दुई दिन सम्म चल्नेछ। सोमबार राजधानीको ठमेल स्थित होटल ठमेल पार्कमा पत्रकार सम्मेलन आयोजन गरी कार्यक्रमबारे जनकारी गराइएको थियो।

वर्डप्रेस एक बहुमुखी प्लेटफर्म हो जुन कुनै पनि प्रकारको वेबसाइट निर्माण गर्न प्रयोग गरिन्छ। साधारण ब्लगदेखि जटिल ई-कमर्स वेबसाइट निर्माणमा यसको प्रयोग हुने गरेको छ। वोर्डप्रेस एक नि:शुल्क र खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली (सी.एम.एस) हो।

वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु देखि वर्डप्रेस विशेषज्ञहरू तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई ध्यानमा राखी काठमाडौँको एलिस रिसेप्सन्स गैरीधारामा बृहत् दुई दिने कार्यशाला आयोजना गरिएको वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खड़कीले जानकारी दिए।

वर्ड क्याम्पमा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहको उपस्थिति रहने छ। ‘वर्डक्याम्प काठमाडौं २०२३’ ले सम्पूर्ण सहभागीहरुलाई खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली (सी.एम.एस) मा जोडिन र अनुभव साट्न विशेष अवसर प्रदान गर्ने बताइएको छ। 

कार्यक्रमको पहिलो दिन भाद्र २२ गतेलाई ‘कन्ट्रीबुसन डे’ का रूपमा तालिकामा समावेश गरिएको छ जसमा वर्डप्रेस ‘इको सिस्टम’ मा आफूलाई कसरी स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्ने जस्ता विषय सिकाइने छ। सहभागीहरुले आफ्ना अनुभव साटफेर गर्ने सक्नेछन्। 

सम्मेलनको दोस्रो दिनमा भाद्र २३ गते सिकारु र अनुभवी डेभलपरहरुका लागि अनुकूल शैलीका सत्रहरू राखिएका छन्।

‘वर्डक्याम्प काठमाडौं २०२३’ ले सिक्न र नेटवर्किङका संवादको अवसर बाहेक गैर नाफा मूलक संस्थाहरूको नि: शुल्क वेबसाइट बनाउँदै आएको छ।

कार्यक्रममा वर्डप्रेससँग सम्बन्धित दुई ओटा प्यानल छलफल हुनेछन्। आयोजकका अनुसार यस कार्यक्रममा ४५० भन्दा बढी सहभागीहरू हुनेछन्। कार्यक्रममा सहभागी हुन आयोजकले दर्ता गर्ने समय भने बन्द गरिसकेको छ।

नेपालमा वर्डप्रेस कम्युनिटीले २०१२ देखि निरन्तर वर्डक्याम्प गर्दै आएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App