२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन्।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव आज बेलुकी अमेरिका प्रस्थान गरेका हुन्।

सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किने कार्यक्रम तय भएको छ। आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका छन्।

प्रकाशित: १५ वैशाख २०८१ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App