१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रविधि

आयो ट्विटरको नयाँ प्रतिस्पर्धी: थ्रेड्स

विश्व

ट्विटरको नयाँनयाँ नियमबाट दिक्क भएकाहरू मेटा कम्पनीले हालै जारी गरेको ‘थ्रेड्स’ नामक नयाँ सामाजिक सञ्जालतिर लहसिने सम्भावना बढेको छ। फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालको सञ्चालक मेटाले नयाँ सामाजिक सञ्जाल ‘थ्रेड्स’लाई गत बुधबार जारी गरेको थियो।

अमेरिका र बेलायतमा सार्वजनिक भए लगत्तै यसमा तीन करोड मानिसहरू झुम्मिइसकेका थिए। तीन करोड झुम्मिनु ठुलो कुरा पनि थिएन किनभने जोसँग इन्स्टाग्रामको खाता थियो, उसले सजिलै खाता खोल्न सक्छ। संसारभर इन्स्टाग्राम चलाउनेको संख्या दुई अर्ब छन्। यस हिसाबले यदि थ्रेड्सले लोभ्याउन सक्यो भने ती दुई अर्ब थ्रेड्सतिरै भेटिने सम्भावना बढी छ। साथै, ट्विटर छाडेर यतै लहसिनेहरू पनि बढ्न सक्छन्।

केही सातायता ट्विटरका नयाँ मालिक इलन मस्क र मेटाका मार्क जुकरबर्गले एकअर्कासँग मुक्कामुक्की गर्ने खबर आइरहेको थियो। इलनले मार्कलाई एक्लाएक्लै भिड्ने भए आऊ भनी सन्देश पनि पठाएका थिए। त्यसको जवाफमा मार्कले डिजिटल मुक्का प्रहार गरेका छन् ‘थ्रेड्स’लाई सार्वजनिक गरेर।

केही सातायता ट्विटरका नयाँ मालिक इलन मस्क र मेटाका मार्क जुकरबर्गले एकअर्कासँग मुक्कामुक्की गर्ने खबर आइरहेको थियो।

पछिल्लो समय ‘ट्विटर’को व्यवस्थापन गडबडाएपछि लामो समयदेखि ट्विटरजस्तै सामाजिक सञ्जाल खोल्ने जुकरबर्गको सपनाले मूर्त रूप लिएको हो। ट्विटरमा निलो टिक हटाउने, निलो टिकका लागि पैसा तिर्नुपर्ने, पैसा नतिर्नेहरूले दिनमा एक सयभन्दा बढी संवाद हेर्न नपाउनेजस्ता नियमहरूका कारण ट्विटर प्रयोगकर्ताहरूबीच व्यापक असन्तोष चुलिएको थियो। यही बेला जुकरबर्गले ‘थ्रेड्स’लाई सार्वजनिक गर्नुलाई ट्विटरेहरूको असन्तुष्टिलाई नगदमा परिणत गर्न खोजेको भनी टिप्पणी गरिएको छ।

‘ट्विटर’ र ‘थ्रेड्स’बीच खासै धेरै फरक छैन। यसमा ट्विटरको जस्तो सिधा संवाद (डाइरेक्ट म्यासेज)को सुविधा छैन, न त ह्यासट्यागको सुविधा नै छ। त्यसो त ती सुविधाहरू क्रमशः थपिइहाल्छन्। यो कुनै चिन्ताको विषय होइन।

कुनै पनि सामाजिक सञ्जालको सफलता भन्नु नै त्यहाँ सेलिब्रिटीहरूको भिड जम्मा हुनु र तिनका प्रशंसकहरू उनीहरूका कुरा सुन्न, हेर्न झुम्मिनु हो। त्यसै पनि अहिलेलाई टेलिभिजनकी चर्चित अनुहार ओप्रा विन्फ्रे, पपगायिका साकिरा, चर्चित भान्से (सेफ) गोर्डन रामसे जस्ता व्यक्ति पहिल्यै छिरिसकेका छन्। त्यसमाथि नेटफ्लिक्स, स्पोटिफाई मात्र होइन, वासिंटनपोस्ट, एसोसिएटेड पेस जस्ता मिडिया पनि अड्डा जमाइरहेका छन्। यही गति हेर्ने हो भने यहाँ सेलिब्रिटी थुप्रिन समय लाग्ने छैन।

यसको लोकप्रियतासँगै इलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा किनेको ट्विटरको भविष्य के हुने हो, हाललाई अनुमान मात्र गर्न सकिने अवस्था आएको छ। ट्विटरले आफूलाई कम शब्दमा धेरै बोल्ने भनी कमाएको नाउँलाई ‘थ्रेड्स’ले बेवास्ता गरेको छ। यसमा एक पटकमा ५०० अक्षरसम्म लेख्न सकिन्छ जबकि ट्विटरमा २८० अक्षर मात्र लेख्न सकिन्छ।

‘ट्विटर’ र ‘थ्रेड्स’बीच खासै धेरै फरक छैन। यसमा ट्विटरको जस्तो सिधा संवाद (डाइरेक्ट म्यासेज)को सुविधा छैन, न त ह्यासट्यागको सुविधा नै छ। त्यसो त ती सुविधाहरू क्रमशः थपिइहाल्छन्। यो कुनै चिन्ताको विषय होइन।

फेसबुकको सफलताको एउटा कारण चाहिँ त्यसमा बेवाक् बोल्न सकिने लम्बाइ पनि हो। त्यो कुरा बुझेका जुकरबर्गले यसलाई आफ्ना कुरा लामो लेख्ने सुविधासहित आएका हुन्। उनले धेरैअघिदेखि ट्विटर सफल हुन नसक्नुका पछाडि अक्षरको सीमा हो भन्दै आएका थिए।

कुनै प्रतिस्पर्धी हडबडाएको, गडबडाएको अवधिमा कसरी उसलाई पछार्ने भन्ने एउटा उदाहरणसमेत बन्न पुगेको छ ‘थ्रेड्स’। थ्रेड्समा काम गर्ने केही इन्जिनियरहरू ट्विटरबाट निकालिएकाहरूले काम गरेको र तिनले ट्विटरका गुह्य रहस्य खोतलेका कारण छोटो समयमा नै थ्रेड्स सार्वजनिक गर्न सकिएको आशंका ट्विटरको छ। उसले सोही आशंकाका आधारमा मुद्दा हाल्ने तयारी गरेको भए पनि मेटाका प्रवक्ता एन्डी स्टोनले  ट्विटरका कुनै पूर्व कर्मचारीले थ्रेड्समा काम नगरेको प्रस्टीकरण दिइसकेका छन्। स्वयं इलन मस्कले ट्विट गरेर लेखेका छन्, ‘प्रतिस्पर्धा ठिक छ, चोरी गलत!’

उता ट्विटरकी प्रमुख कार्यकारी लिन्डा याकारिनोले ट्विटरको सशक्त पक्ष यसको समुदाय भएकाले त्यसको नक्कल गर्न नसकिने प्रतिक्रिया ट्विटरमार्फत दिएकी छन्।

फेसबुकको सफलताको एउटा कारण चाहिँ त्यसमा बेवाक् बोल्न सकिने लम्बाइ पनि हो। त्यो कुरा बुझेका जुकरबर्गले यसलाई आफ्ना कुरा लामो लेख्ने सुविधासहित आएका हुन्। उनले धेरैअघिदेखि ट्विटर सफल हुन नसक्नुका पछाडि अक्षरको सीमा हो भन्दै आएका थिए।

यस्तोमा थ्रेड्सको सफलताको आधार के छ भनेर धेरैको दिमाग रन्थनिइरहेको छ। मेरो निजी विचार सुन्नुहुन्छ भने मैले धेरै लामो समय भयो इन्स्टाग्राम नचलाएको। इन्स्टाग्राममा सेलिब्रिटीहरूका नक्कलझक्कल हेर्न रुचाउनेहरूका लागि त्यो ठिक छ तर केही गुदी कुरा खोज्नेका लागि त्यहाँ खास केही छैन।

सोही सफलताको कथा थ्रेड्सले दोहोर्‍याउन सक्यो भने यसको सफलता निश्चित छ नत्र भने गाह्रै! मेटा एउटा अस्थिर कम्पनीका रूपमा पनि दरिएको छ। त्यसैले कुन बेला यसले ‘थ्रेड्स’ बन्द गर्ला भन्न सकिन्न। इन्स्टामा केही वर्षअघि ‘थ्रेड्स’ नाउँबाटै म्यासेज पठाउने सुविधा दिने गरिन्थ्यो। मैले त त्यो प्रयोगसमेत गर्न पाइनँ किनभने सन् २०१९ मा सुरु गरिएको सो सुविधा दुई वर्षमै बन्द भयो। किन सुरु गरिएको थियो, किन बन्द गरियो, कसैले बुझ्न सकेनन्।

फेसबुकले पनि जिमेलको सफलतालाई दोहोर्‍याउन फेसबुकमार्फत इमेल पठाउन मिल्ने सुविधा सुरु गरेको थियो। केही समयपछि त्यो इमेलसेवा उसले बन्द गर्‍यो।

कुनै पनि कुरामा स्थिरता नभएको भन्दै केहीले मेटाको आलोचना गर्ने गरे पनि हाललाई भने इलन मस्क र ट्विटरका लागि टाउको दुखाउने प्रतिस्पर्धीका रूपमा पनि अवश्य पनि यो उदाएको छ।

फेसबुकले पनि जिमेलको सफलतालाई दोहोर्‍ याउन फेसबुकमार्फत इमेल पठाउन मिल्ने सुविधा सुरु गरेको थियो। केही समयपछि त्यो इमेलसेवा उसले बन्द गर्‍यो।

नयाँ के रहेछ भन्ने चासोका कारण अहिले म स्वयम् यसको खाता खोलेर दैनिक भिजिट गरिरहेको छु। त्यति मात्र होइन, इन्स्टामा मेरो गतिविधि नदेखेर दिक्क भएका मेरा ‘प्रशंसक’हरू थ्रेड्समा देखेर साथी बन्न उत्सुक देख्छु।

मैले यसलाई मेरो डेस्कटपमा चलाउन सक्दिनँ। लामो समयसम्म मोबाइलमा स्क्रल डाउन गर्ने धैर्य नहुने म जस्ताका लागि डेस्कटप संस्करण सम्भवतः चाँडै आउला। अनि मात्र यसको सफलता वा असफलताका बारेमा भविष्यवाणी गर्न सकिएला।

बिबिसीका अनुसार मेटाका प्रमुख कार्यकारी जुकरबर्ग कति उत्साही छन् भने अबका केही वर्षमा यो ट्विटरभन्दा ठुलो हुने र यसमा संसारभरका एक अर्बभन्दा बढी मानिसहरू स्वस्थ बहस गर्न ‘थ्रेड्स’मा पुग्ने प्रतिक्रिया दिएका छन्। अब आफ्नो कम्पनीलाई कम्तीमा त्यति त जसले पनि आँक्छ नि, होइन र?

नयाँ के रहेछ भन्ने चासोका कारण अहिले म स्वयम् यसको खाता खोलेर दैनिक भिजिट गरिरहेको छु। त्यति मात्र होइन, इन्स्टामा मेरो गतिविधि नदेखेर दिक्क भएका मेरा ‘प्रशंसक’हरू थ्रेड्समा देखेर साथी बन्न उत्सुक देख्छु।

संसारमा धेरै सामाजिक सञ्जालहरू आउँछन्। ती स्थापित पनि हुन्छन् तर समयक्रममा ती सामाजिक सञ्जालले आफ्नो मुख्य उद्देश्य बिर्सन्छन् र नाफामा केन्द्रित हुन थाल्छन्। नाफाको तनावकै कारण  ट्विटरका अघिल्ला साहुले यसलाई बिक्री गर्नुपरेको थियो।

अहिले पनि ट्विटरलाई नाफा कमाउनुपर्ने बाध्यता छ। त्यसैले त उसले निलो टिक चाहनेहरूसँग पैसा असुलिरहेको छ। पैसा नतिर्नेहरूलाई सीमित पोस्टहरू मात्र हेर्ने गरी घेरोमा राख्न थालेको छ।

थ्रेड्सलाई सोही किसिमको कमाउनुपर्ने दबाब हाललाई छैन तर दबाब बढ्दै गएमा उसले लिने नीतिका कारण उसैलाई अप्ठेरो पार्न सक्छ।

शुक्रबार मैले यसलाई चलाउँदा लामो समयसम्म यसले ‘सरी, समथिङ वेन्ट रङ’ भन्ने सन्देश दिइरह्यो। संसारभरको चासोका कारण बढ्ता ट्राफिकका कारण यस्तो अवस्था आएको हुन सक्छ। थ्रेड्सलाई बहुउपयोगी बनाउने प्रयास भइरहेको भन्ने समाचार पनि आइरहेका छन्।

केही सातायता ट्विटरका नयाँ मालिक इलन मस्क र मेटाका मार्क जुकरबर्गले एकअर्कासँग मुक्कामुक्की गर्ने खबर आइरहेको थियो। इलनले मार्कलाई एक्लाएक्लै भिड्ने भए आऊ भनी सन्देश पनि पठाएका थिए। त्यसको जवाफमा मार्कले डिजिटल मुक्का प्रहार गरेका छन् ‘थ्रेड्स’लाई सार्वजनिक गरेर।

बहुउपयोगी बनाउन नसके, धेरै सामाजिक सञ्जाल चलाइरहेको मेटाले यो नयाँ प्रयोग गर्दा असफल नै भयो भने पनि उसलाई घाटा भने हुनेछैन किनभने यहाँ जति पनि सदस्यहरू आएका छन्, ती सबै इन्स्टाका सदस्य हुन्। यसलाई छाडे पनि उनीहरूले इन्स्टालाई छाड्ने छैनन्। यो अलग कुरा हो कि मजस्तो सदस्य भने थ्रेड्सले लोभ्याउन सकेन भने न त इन्स्टाग्राममा भेटिनेछु, न त थ्रेड्समा नै! तर मलाई फेसबुकमै भने भेट्न कुनै गाह्रो हुने छैन। यस हिसाबले मेटाले कुनै सदस्य गुमाउने छैन। कुनै न कुनै रूपमा संसार मेटाकै सेरोफेरोमा रमाइरहनेछ।

प्रकाशित: २३ असार २०८० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App